Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा १३ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार टिकापुर नगरपालिका–९ खक्रौलामा ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले १३ ग्राम १६० मिलीग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सिर्जना कुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनकाअनुसार शंकाका आधारमा चेकजाँच गर्दा सिर्जना चौधरीको साथबाट १३ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको हो। उनीहरु दुवैलाई ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

Read More

धनगढीः धनगढीस्थित पूर्वप्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ परेका छन्। बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्। २०८१ भदौ ९ गते राणाको घर अगाडि बम फेला परेको थियो। हाल पूर्वमन्त्री प्रकाश देउवा बस्ने सो घरमा शेरबहादुर देउवा र आरजू धनगढी आउँदा त्यहीँ बस्छन्। सोही घरमा विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए। उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने…

Read More

धनगढी: कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ स्थित धनगढी रोडमा ३५ वर्षीय तेज रैकाल मृत फेला परेका हुन्।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार मृतकको घर गोदावरी नगरपालिका–४ बसन्तपुर हो। ‘बनदेवी जंगलको छेउमा रैकाल मृत फेला परेका छन्,’ उनले भने, ‘घटनाको अनुसन्धान थालिएको छ।’  भारतमा मजदुरी गर्दै आएका मृतक रैकाल केही समयअघि मात्रै घर आएका थिए। 

Read More

काठमाडौं: अमेरिकामा भएको बहुचर्चित ममता काफ्ले प्रकरणमा त्यहाँको प्रहरीले उनका पतिमाथि हत्याको अभियोग लगाएको छ। यस अगाडि ममता बेपत्ता भएको भन्दै खोजतलास तथा अनुसन्धान गरिरहेकोमा प्रहरीले उनको हत्या भएको भन्दै १२५ औं दिनपछि उनका पति नरेश भट्टमाथि प्रहरीले हत्याको अभियोग लगाएको हो। यसअघि शव लुकाएको आरोपमा अगस्त २२ मा पक्राउ परेका नरेशमाथि हत्याको अभियोग लाग्ने वा नलाग्ने अन्यौल थियो। तर अब प्रहरीले हत्याको अभियोग लगाएपछि भने उनी हिरासतमुक्त हुने संभावना समाप्त भएको छ। २९ जुलाई (साउन १६ गते) अमेरिकाको भर्जिनियाको मनसासस्थित घरबाट बेपत्ता भएकी काफ्लेको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई गत सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको जनाएको…

Read More

काठमाडौं: चीन र नेपालवीच लामो समयदेखि रोकिएर रहेकोे बेल्ट एण्ड रोड सहायता परियोजनाको कार्यान्वयन सम्झौतामा दुई देशका परराष्ट्र सचिवहरुले हस्ताक्षर गरेका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई)बाट नेपालले लाभ लिने बताएका थिए। बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको उल्लेख गरेलगत्तै सम्झौताका कतिपय अस्पष्ट बुँदामा सहमति जुटेर सम्झौतामा हस्ताक्षर हुन सकेको हो।  राष्ट्रपति सि चिनफिङको दूरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास प्रधानमन्त्री ओलीले लिए। उनले आगामी वर्ष सन् २०२५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा…

Read More

काठमाडौं: प्रहरीले श्रृंखलाबद्ध रुपमा होस्टेल, कार्यालय, घरबाट ल्यापटप चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ घर भई भोटेबाहल बस्ने हिमाल रसाईली, डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ बस्ने भोज बहादुर थलाल छन्। उनीहरुले ललितपुर महानगरपालिका–३, ४, १० र १५ मा विभिन्न मितिमा गरेर २६ थान ल्यापटप चोरी गरेको खुल्न आएको छ। प्रहरीका अनुसार रसाईली यस भन्दा पहिला चोरी मुद्दामा ८ पटक र अभद्र व्यवहार मुद्दामा ५ पटक र थलाल १ पटक चोरी मुद्दामा कारवाहीमा परिसकेका हुन्। दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट निर्वाचित कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा माननीय एवं सरकारका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको मुद्दाको आज सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गठन गरेको संवैधानिक इजलासमा उनको मुद्दाको पेशी आज तोकिएको छ। इजलासमा प्रधान न्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा छन्।चौधरीविरुद्धको यो मुद्दामा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको छ। नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद चौधरीलाई पदबाट निलम्बन गर्न उक्त रिटमा माग गरिएको छ। रिटमा निर्वाचनको समयमा उनीमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैदसमेत नबसेको खुलासा भएकाले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ। यो निर्वाचनको…

Read More

काठमाडौं: नेपालले डडेल्धुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेल्धुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो। झापा प्रधानमन्त्री केपी शर्मा ओली र डडेल्धुरा काँग्रेस सभापति देउवाको गृहजिल्ला हो।  मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ। दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएकोमा पाँचौं नम्बरमा उक्त विषय अटाएको छ। 

Read More

धनगढी: कैलालीमा गोदाममा लागेको आगो निभाउने क्रममा प्रहरीसहित तीन जना घाइते भएका छन्। मंगलबार राति बर्दगोरिया गाउँपालिका–२ बौनियाका द्धारिकाप्रसाद धमलाको चार तले घरको दुई तले घरमा राखिएको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी भएको थियो। गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए। उनकाअनुसार घाइते भएका मध्ये जोशी र प्रहरी जवान मगरको हात तथा मुखमा जलेको छ। स्थानीय अस्पतालमा उपचारपछि सबै जना डिस्चार्ज भइसकेका छन्। आगलागीबाट करीब ७० लाखको क्षति भएको…

Read More

धनगढी: दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो।  घाँस काट्ने क्रममा उनी भीरबाट लडेकी थिइन्। भीरबाट लडेर एक सय ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो। 

Read More