Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : हालै बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) भीमप्रसाद ढकाल हाल प्रहरी प्रधान कार्यालय मातहतको मानवस्रोत विभागको प्रमुखको जिम्मेवारीमा छन्। एआइजी ढकालको २८ वैशाखमा बढुवा भएकोमा ३ जेठमा उनले विभागको जिम्मेवारी सम्हालेका थिए। प्रहरीको महत्त्वपूर्ण मानिने उक्त विभागको जिम्मेवारी कुशलतापूर्वक निभाउने ढकालको दाबी छ। एआइजी ढकाल प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित छन्। त्यसका साथै उनी कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिन्छन्। रोचक कुरा त के छ भने उनका भाइ पनि प्रहरी सेवामै छन्। तीन भाईमध्येका जेठा ढकाल हुन् भने सबैभन्दा कान्छा प्रभु ढकाल हाल नेपाल प्रहरीको एसपी छन्। उनी अहिले इलाम जिल्ला प्रहरी कार्यालयको प्रमुखको…

Read More

धनगढी : बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ। जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो। जिपमा सवार १२ जना घाइते भएका छन्। उनीहरूमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्य सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

Read More

धनगढी : कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका ५ गुलरियाबाट बुधबार खैरो हेरोइनसहित ३० वर्षीय हर्कबहादुर देउवा पक्राउ परेका हुन। प्रहरीले उनको साथबाट ४.७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । देउवालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गुलरीया पठाइएको छ ।

Read More

धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रमेश लेखकलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका छन्। देउवाले लेखकलाई मनोनीत गरेपछि पार्टीमा तरंग पैदा भएको छ। पार्टी सभापति देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेपछि केन्द्रीय सदस्य एनपी साउद रुष्ट भएको बताइएको छ। लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन्। कांग्रेसको विधानमा पदाधिकारी र प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दलको नेता पदेन सदस्य हुने व्यवस्था छ। सभापतिले केन्द्रीय समितिमा रहेका वरिष्ठ सदस्यहरूमध्ये ३१ लाई कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्ने र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने भन्ने परम्परा रहेको थियो। जसमा १३ जना पदाधिकारी छन्। त्यसपछि ३१ जनालाई बनाउँदा वरियतामा ४४ नम्बरसम्म रहेका नेताहरू…

Read More

काठमाडौंः सेनाका ११ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) को सरुवा भएको छ। सैनिक सचिव विभागको पत्रानुसार भएको सरुवा आगामी मंगलबारदेखि लागु हुने जनाइएको छ। विभागले नरसिंहदल गणका प्रमुख सेनानी प्रमोदकुमार शर्मा ५ नम्बर बाहिनी अड्डामा,श्रीनाथ गणका सुरेश देवकोटालाई पूर्वी पृतना हेडक्वार्टर र रुरु भैरवदल गणका हिमाचलजंग शाहलाई नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको जनाएको छ। त्यस्तै प्रमुख सेनानीहरुमध्ये सबुज गणका गणेशराज पन्थलाई चरक बाहिनीमा,श्रीजंग गणका डायमण्ड कार्कीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र नम्बर १८ वाहिनी अड्डाका सरोज कोइरालालाई सबुज गणको गणपति बनाइएको छ। सैनिक इन्टेलिजेन्स निर्देशनालयमा काजमा रहेका नम्बर ५ वाहिनी अड्डाका प्रमुख सेनानी निराजन कटुवाललाई श्रीजंग गणको गणपतिमा…

Read More

धनगढीः कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–३ ढुसाका २३ वर्षीय राजमहम्मद खाँको जानकी गाउँपालिका–७ स्थित पथरैया नदीमा डबेर मृत्यु भएको प्रहरीले बताएको छ। मंगलबार भैँसी पुर्याउन भनेर टीकापुर गएका उनी राति ११ बजेसम्म घर नफर्किएपछि उनको परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय भजनीमा खबर गरेका थिए। उनलाई प्रहरीले बुधबार पथरैया नदीमा मृत अवस्थामा फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त भएको एसएसपी पदमा बढुवाको तयारी थालिएको छ। रिक्त पद पूर्तिको लागि प्रहरी प्रधान कार्यालयले तयारी थालेको हो। बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा चार एसएसपी दरबन्दी रिक्त भएको छ। सोही रिक्त एसएसपीको दरबन्दीमा बढुवाका लागि तयारी थालिएको हो। बढुवाको गृहकार्य थालिएकोमा एसएसपी बढुवाका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसका लागि केही अधिकृतहरुले विचौलियामार्फत दौडधुप सुरु गरेका छन्। स्रोतका अनुसार अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा…

Read More

खगेन्द्र गिरीप्रस्तुत चित्रमा देखिने चार जना आकर्षक व्यक्तित्वशाली महिलाहरु नाताले एउटै परिवारका दिदीबहिनी हुन् तर प्रकारान्तरले उनीहरु सम्धिनी हुन पुगे । यी चारै जनाको माइती नेपालको सम्भ्रान्त राणा परिवार हो । उनीहरु बिहे गरेर भारतका विभिन्न ठाउँमा गएका हुन् । उनीहरु भारतको सामाजिक र राजनीतिक जनजीवनमा आफ्नो विशिष्ट परिचय बनाउन सफल भएका हुन् । भारत सन् १९५१ मा गणतन्त्र हुनुपूर्व त्यहाँ ६ सय वटा राज्य रजौटा थिए । ती राज्य रजौटामध्ये धन सम्पत्ती र विविध दृष्टिकोणले ग्वालियर, कस्मिर, बडोदा र टेहरी गढवालका रजौटालाई सबैभन्दा प्रभावशाली र र बलिया रजौटा मानिन्छ । सौभाग्यले यी चार जना नेपाली चेलीहरु ती चारवटा प्रभावशाली…

Read More

धनगढी : कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो । गौतम सोही उद्योगमा काम गर्दै आएका थिए ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश दिशाविहीन रूपमा अघि बढिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आज विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताए । यसलाई रोक्न पत्रकारहरू सचेत हुनुपर्नेमा उनको जोड छ ।  उनले पत्रकारहरूलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारसँग आग्रह गरे । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए ।  उनले कैलाश सिरोहियालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका…

Read More