Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीस्थित नानकमत्ताका नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतीय प्रहरीका अनुसार गुरुद्वारामा वर्चस्व कायम गर्न १० लाखको सुपारी दिएर तरसेम सिंहको हत्या भएको खुलेको छ। अहिलेसम्म घटनाका मुख्य योजनाकारसहित चारजना पक्राउ परेका छन् भने उनीहरूको साथबाट २ कार पनि बरामद गरिएको छ। यस्तै गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्नेहरूले अग्रिम १ लाख ६० हजार लिएका थिए र हत्यापछि ५ लाख लिएर भागेका थिए।…

Read More

धनगढी: बैतडीका पत्रकार कृष्ण बिष्टलाई पितृशोक परेको छ। उनका ५५ वर्षीय बुवा मन्धीर विष्टको बिहीबार राति ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो। बैतडीको सुर्नयाबाट खोडपे गईरहेको से२त ३६७८ नम्बरको टयाक्टर रातको ११ बजेतिर जयपृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक राजेश चौधरी र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। राति भएको दुुर्घटनाको शुक्रबार रिपोर्टिङ गर्न गएका बेला सम्बाददाता विष्टले आफ्नै बुवाको दुर्घटनामा निधन भएको थाहा पाएका हुन्। प्रहरीले चालक राजेश केसी र सनाखत हुन नसकेका एकजनाको मृत्यु भएको समाचार पठाएर, विष्ट रिपोर्टिङका लागि मोटरसाईकलमा घटनास्थल गएका थिए। ‘समाचार बनाए,…

Read More

धनगढीः धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट भएर पोखरा पुगेको छ। धनगढीबाट आज (शुक्रबार) बिहान १० बजे उडेको जहाज काठमाण्डौं पुग्न नसकेर डाइभर्ट भएको हो। डाइभर्ट भएको सो जहाज पोखरामा आकस्मिक अवतरण गराइएको बताइएको छ। सुरक्षा स्रोतका अनुसार इन्डीकेशनमा समस्या आएकाले जहाज डाइभर्ट भएको हो। जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ। यात्रुहरु जहाज अन्तै मोडिदा निकै त्रसित भएका थिए। केही समय अगाडिदेखि श्री एयरमा समस्या देखिदै आएको छ।

Read More

धनगढी : सुदूरपश्चिम सरकारका मुख्यमन्त्रीले हिजो (बिहीबार) राजीनामा दिए। उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए। नेपाली कांग्रेसको सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा सरकार काम चलाउ बनेको छ। अब प्रदेश प्रमुखले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्नेछन्। तर अहिलेसम्म भने सरकार गठनका लागि आह्वान भैसकेको अवस्था छैन। केन्द्रीय सत्ता गठबन्धन फेरिएको अवस्थामा सुदूरपश्चिममा पनि मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने भएपछि सरकार ढलेको हो। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा संरक्षक रेशमलाल चौधरी (पति) र अध्यक्ष रञ्जिता श्रेष्ठ (पत्नी) बीचको विवादले पार्टीका प्रदेश सभा सदस्य नै विभाजित भएपछि मुख्यमन्त्री…

Read More

बैतडी: बैतडीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटनामा मृत्युु भएका दुबैजनाकाे पहिचान खुलेकाे छ ।जिल्लाको सुर्नयाबाट खाेडपे जाँदै गरेकाे से २ त ३६७८ नम्बरकाे ट्याक्टर जयपृथ्वी राजमार्गकाे पाटन नगरपालिका ८ झाैलेक माेडमा दुर्घटनामा परेकाे थियाे। दुर्घटनामा परि मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चाैधरी र बैतडीकाे पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मानबहादुर बिष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयाे। उनीहरू दुबैजनाकाे घटनास्थलमै मृत्युु भएकाे प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेकाे छ। दुर्घटनाको कारण खुल्न नसकेेकाे र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढी: नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा परेको छ। हालै चैत २० गते उनकै श्रीमतीले रबिविरुद्ध बलात्कारको जाहेरी दिएकी छिन्। कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले जाहेरी दिएकोमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए। यस्तै उनले फरार रहेका उनलाई पक्राउ गर्ने तयारी रहेको समेत जनाए। ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी नेपाल आइडलबाट चम्किएर गायक बनेका थिए।

Read More

काठमाडौं : आयरल्याण्ड वुल्भ्सविरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ। सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। आजको खेल जितेको अवस्थामा सिरिज जित्ने सम्भावना जिवित रहन्छ।

Read More

काठमाडौं : नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् । यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण…

Read More

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकलमा सवार महेन्द्र बिकलाई ठक्कर दिएर भाग्ने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार बिहान ५ बजे जानकी गाउँपालिका–५ पथरैयाको कर्णाली क्रसर नजिकै सावरीले किचेको अवस्थामा मोहन्याल गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र मृत फेला परेका थिए। मृतक महेन्द्रलाई से१ख १९३१ नम्बरको टिप्पर र ४७ वर्षीय चालक रामस्वरुप चौधरीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक गरेको छ। मंगलवार राति करिब १०ः३० बजे तिर टिप्परले मृतक बि।कलाई किचेको प्रहरीलाई जानकारी भएको थियो। घटना कसरी भएको थियो भन्ने बिषय अनुसन्धानमै रहेको प्रहरीले बताएको छ। टिप्पर जैगडी क्रसर उद्योगमा चल्ने जानकी गाउँपालिका–९ अमरावतीका लोकबहादुर बडुवालको रहको प्रहरीले बताएको छ।

Read More

धनगढी : बैतडीको पाटन नगरपालिका ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टयाक्टर चालक समेत रहेका कञ्चनपुरका राजेश चौधरी रहेका छन् भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएपनि आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

Read More