Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) लाई समर्थन गर्ने निर्णय गरेको छ। अल्पमतमा परेर राजीनामा दिई काम चलाउ सरकारका मुख्यमन्त्री समेत बनेका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपालाई समर्थन गर्ने निर्णय गरेको हो। कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए भने नाउपाकै कैलाश चौधरीले एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गरेका थिए। एउटै पार्टीबाट दुई जनाको दाबी परेको भन्दै प्रदेश प्रमुख नजिर मियाँले तत्काल कुनै निर्णय लिएका छैनन्। मियाँले दुवै पक्षलाई कानुनी परामर्श गर्ने र आवश्यक परेमा सांसदको सनाखत…

Read More

धनगढी: अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर–६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। उनका अनुसार सोमवार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती बालबालिकाको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरका ५२ वर्षीय केशरबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको हो। सोही ठाउँको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले उनलाई आइतबार ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको बताए। घटनापछि ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं: नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा पाण्डे माओवादी केन्द्र प्रवेश गरेका हुन्। उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै नेपाल समाजवादी पार्टीमा आवद्ध थिए। लामो समय भट्टराईका स्वकीय सचिव रहेका पाण्डे अहिले माओवादी केन्द्रमा फर्किएका हुन्।

Read More

कञ्चनपुर: विगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् । उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ । “अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ”, प्रहरी उपरीक्षक जोशीले भने, “प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी पदमुक्त भएकी थिईन्। स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरकी थिइन्। गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो। गिरीले प्रदेश सभा सचिवालयसमेत ५ जनाविरूद्ध चैत ३० गते रिट दायर गरेकी थिइन्। 

Read More

धनगढी: डडेल्धुरामा दुर्घटनामा परेर घाईते भएका विक्रम (बिक्की) ऐरको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका- २ घर भएर हाल अमरगढी–५ बस्ने २६ वर्षीय ऐरको दुर्घटनापछि मृत्यु भएको हो। गत चैत २० गते दिउँसो महेन्द्रनगरबाट डडेल्धुरातर्फ गइरहेको ट्रकले अमरगढी–१ ढुनढुनेतर्फ जाँदै गरेका उनलाई ठक्कर दिएको थियोे। दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। तर, अस्पतालले अर्को दिन रेफर गरेपछि उनको उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार थालिएको थियो। तर आज उपचाररत उनको मृत्यु भएको बताइएको छ। मायामेट्रोका चिकित्सकले टाउकोमा रगत जमेकै कारण विक्रमको मृत्यु भएको बताएका छन्। मृतकका बुवासहित घरमा आमा र एक दाई छन्। विवाहित विक्रमका एक छोरा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवि जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो। जोशीको गहुँ चुट्नेबेला (आज) थ्रेसरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै २ सांसदले दाबी प्रस्तुत गरेका छन्। प्रहिलो लटमा लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् भने दोस्रो लटमा कैलास चौधरीले दाबी प्रस्तुत गरेका छन्। लक्ष्मणले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा (रेशम चौधरी पक्ष) संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित केही बेरअघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए। केन्द्रमा एमाले-माओवादी गठबन्धनमा रहेर दुई मन्त्री पाएको एकीकृत समाजवादी कांग्रेसतिर लागेपछि सुदूरपश्चिमको सत्ता राजनीति थप पेचिलो बनेको छ। केन्द्रको निर्देशनविपरित समाजवादीका नेताहरुले लक्ष्मण किशोरलाई समर्थन दिएको र अध्यक्ष माधव नेपालले…

Read More

धनगढी: सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ। पारिवारिक भेटघाटका क्रममा डोटी आएका प्रधानन्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो। लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत उच्च सम्मानका साथ उनलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिएको हो। दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले नागरिक अभिनन्दन गरिएको जनाए। उनले प्रधानन्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलोपटक प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा पुगेको बताए। प्रधान न्यायाधीश श्रेष्ठलाई शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गरिएको हो। विसं २०१६ असोज २० गते कैलालीमा जन्मेका श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी बजारमा हो। शाखा अधिकृतका रूपमा…

Read More