Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले १९८ रनमा अलआउट गरेको छ। मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा अलआउट भएको हो। पुलिसका लागि शंकर रानाले ४६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान २ विकेट लिए।

Read More

काठमाडौं : सरकारले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधान गर्न आयोग गठन गरेको छ। आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आरक्ष पीडितको व्यवस्थापन स्थायी समाधान गर्न उच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा आयोग गठन गरेको हो। आरक्ष पीडितका समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरक्ष पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। कञ्चनपुरका जनप्रतिनिधि र आरक्ष पीडितहरूले पटक-पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए।

Read More

काठमाडौं : निर्वाचन आयोग उप निर्वाचनको तयारीमा जुटेको छ। आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो। स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको उनले जानकारी दिए। आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ। आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन्। नगर उपप्रमुख…

Read More

काठमाडौं : सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले हिजो मिसिल झिकाउने आदेश गरेको हो। रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो। यस्तै काठमाण्डौ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमतीले सर्वोच्चमा निवेदन दायर गरेकी थिइन्।

Read More

जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचार नपुर्‍याएको बताएका छन्। बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो विषयमा बोल्दा कम्तीमा आफूसँग प्रधानमन्त्रीले सल्लाह गरेर बोलेको भए राम्रो हुने आशय व्‍यक्त गरे। अध्यक्ष नेपालले भने, ‘गिरिजा बाबु त मसँग बिनासल्लाह नगरी यस विषयमा बोल्नु हुन्थेन उहाँ कसरी अचानक बोल्नुभयो खैरु’ एमाले अध्यक्ष केपी ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो निरु भन्ने प्रश्नमा उनले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्रीसमेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नुभएको हुनुपर्छ भनेर टिप्पणी गरे। ओलीले…

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १४२० रुपैयाँ कारोबार भएको थियो।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत हप्ता प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबीच भएको कुटाकुटसम्बन्धी छानबिन र अनुसन्धान गर्न गठित समितिले घटनामा संलग्न डीएसपी रेवतीरमण पोखरेललाई अनुशासनको कारवाहीका निम्ति सिफारिस गरिएको छ। सहसचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले हिजो बुझाएको प्रतिवेदनमा डीएसपी पोखरेललाई कारवाहीका निम्ति सिफारिस गरेको हो। कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरेको बुझिएको छ। सो जवानहरु रविरञ्जन गुप्ता र राजकुमार महतोमाथि पनि अनुशासनको कारबाही गर्नुपर्ने ठहर छ। समितिले विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालयमा फिर्ता बोलाई विभागीय कारबाहीको सिफारिस गरेको स्रोतले बतायो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत शुक्रबार प्रहरी र अध्यागमनका कर्मचारीहरुबीच कुटाकुट भएको…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले प्रदेशका विभिन्न अस्पतालको लागि ९ करोड २० लाखमा चारवटा फोहोरमैला व्यवस्थापन सिस्टम मेसिन खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो। सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको केन्द्रले २४ सेप्टेम्बर २०२३ मा सूचना प्रकाशित गरेर प्रस्ताव आह्वान गरेको थियो। जसमा ६ वटा कम्पनीले भाग लिएका थिए। तर, ‘स्पेकलक’ गरेर ‘माफिया’ विशाल पण्डितको लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीले पाउने गरी खरिद मापदण्ड बनाइएको चर्चा चलेको छ। केन्द्रले लाइफलाइन कम्पनीले मात्रै पाउनेगरी खरिद मापदण्ड बनाएर सूचना निकालेको आरोप लागेको हो। लाइफलाइन पण्डितको हस्पिटेकको सहायक कम्पनी हो। नीतिगत रुपमा भ्रष्टाचार गर्न खरिदमा स्पेकलक गर्ने गरिन्छ। केन्द्रले आर्थिक प्रस्ताव पनि खोलेर…

Read More

चितवन : पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो। रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए। मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए। मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन भने घाइते छन्। अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरी सहायक हवल्दार राना गत माघ ११ गतेदेखि बिदामा थिए। उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी…

Read More

बझाङ : बझाङको केदारस्यूँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन्। केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन्। मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए। जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन्। राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग राखिएका थिए। जेठी आमा घरको कामले बाहिर गएको बेला घरबाट उनीहरू बेपत्ता भएको बताइएको छ। कसैले उनीहरूलाई देखे वा भेटेमा ९७४६३२७०१९ सम्पर्क गरि सहयोग गरिदिन पारिवारिक स्रोतले आग्रह गरेको…

Read More