Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन्। २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए। उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्। अहिले संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन्। शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका थिए। गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए। उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए। तर, बैठकमा…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। सोही क्रममा आज शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरू शुक्रबार काठमाडौं…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन् । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । कांग्रेस संसदीय दलका नेता कमल शाहले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरतबहादुर शाहको काज सरुवा भएको छ। अस्ति १५ गते शाहको सरुवा भएको हो। उनको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा काज सरुवा भएको बताइएको छ। उनको काज भएपछि अब बझाङमा डिएसपी युवराज भण्डारी आउने भएका छन्। उनी केही दिनमै हाजिर हुनेछन्।

Read More

काठमाडौं: नेपाली सेनाका एक प्रमुख सेनानीको जागिए गएको छ। घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मीलाई होटलमा बोलाएको काण्डमा दोषी पाइएपछि प्रमुख सेनानी विशेष पौडेल कारबाहीमा परेका हुन्। सैनिक अदालतले उनलाई सेवाबाट हटाउने फैसला गरेको बताइएको छ। दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो। कारबाहीस्वरुप जागिरबाट निकालिएको छ। काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले केही महिनाअगाडि उजुरी दिएकी थिइन्। त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलको परिवारमा श्रीमती र एउटा छोरा र एउटी छोरी छन्।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन्। शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उनले नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी र काङ्ग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। राज्यमन्त्री नियुक्त कैलालीका अरुण राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन्। २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो। यतिमात्र होइन, अहिले पनि उनी कालोसूचीमा रहेका व्यक्ति हुन्। उनले आफ्नो कैलालीस्थित लम्कीको जम्मा १ कट्ठा जग्गालाई सडकसमेत देखाएर ७…

Read More

काठमाडौँ: नेपाल प्रहरीका पूर्व आइजीपी ओमविक्रम राणाको पेन्सन सुविधा रोकिएको छ। पेन्सन (निवृत्तभरण) रोकिएपछि उनले सर्वोच्च गुहारेका छन्। उनले बिहीबार (साउन १७) दायर गरेको रिटको सुनुवाइ आज न्यायाधीश विनोद शर्माको इजलासमा हुँदैछ। उनी प्रहरी प्रमुख हुँदा बन्दोबस्तीका सामान खरिदमा घोटला गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेपछि उनले पाउने सेवा सुविधा रोकिएको थियो। बन्दोबस्तीको सामान खरिदको सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले राणासहित अन्य केहीलाई भ्रष्टाचारी ठहर गरेको थियो। विशेष अदालतले २०६८ चैत १ गते भ्रष्टाचार भएको ठहर गर्दै राणासहित केही अधिकृतलाई दोषी ठहर गरेको थियो। उनीविरुद्ध २ वर्ष कैद र १७ करोड ६ लाख ८ सय २४…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिने भएका छन्। उनले प्रदेश सभामा गएर सम्बोधन गर्दै राजीनामा दिने भएका हुन्। स्रोतका अनुसार उनले प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने भनिएपनी राजीनामा दिन लागेका हुन्। आज ४ बजे प्रदेशसभा बैठक डाकिएको छ। एमालेले सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। ५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्। तर,मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ जना मात्रै सदस्य छन्। विपक्षमा काँग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य छन्। उनी…

Read More

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान उल्लङ्घन गर्दै ‘सूचना लुकाएको’ अभियोगमा दोषी ठहर भएर १५ हजार जरिबाना भएको बझाङका धनप्रसाद पण्डित इजरायलको राजदूतमा सिफारिस भएका छन् । सरकारले सोमबार १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । सोही सूचीमा पण्डित इजरायलको राजदूतमा सिफारिस भएका छन् । बझाङको छब्बिस पाथिभेरी गाउँपालिका ब्यासी घर भएका पण्डित सूचना लुकाएको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । यसरी सरकारले संविधान उल्लङ्घन गरेर जरिवाना पाएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेपछि आलोचना भइरहेको छ । उनी नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस भएका हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्यकन्या बहुमुखी क्याम्पसका प्रमुख हुँदा सूचना…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रवार) विश्वासको मत लिने भएका छन्। असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने भएका हुन्। यसका लागि बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै शुक्रवार विश्वासको मत लिने जानकारी गराएका छन्। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले आज (शुक्रबार) ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेको छ। शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए। असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज (शुक्रवार) विश्वासको मत लिन लागेका…

Read More