Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौं जिल्ला अदालतभित्र एक वकिल र पुलिसबीच हानाहान भएको छ। अधिवक्ता लक्ष्मीनानी थापा र एक प्रहरी जवानको आपसमा हानाहान भएको हो। त्यसमा पर्दा वकिलको गालामा गहिरो चोट लागेको छ। उपचारपछि उनी हिजै घर फर्केकी छन्। उक्त घटनाबारे सत्यतथ्य अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन कानुन व्यवसायीहरुको माग छ।  उता उनै थापाविरुद्ध हिजै प्रहरी वृत्त सिंहदरबारमा जाहेरी परेको छ। जिल्ला अदालतको सुरक्षार्थ खटिएका प्रहरी जवान जीवन छिनालले महिलाले अभद्र व्यहार गरेकाले आवश्यक कारबाहीको निम्ति उजुरी दर्ता गराएका हुन्। प्रहरी वृत्त सिंहदरबारमा हालिएको जाहेरीमा उनले आफू नेपाल प्रहरीको कर्मचारी रहेको र हिजो दिउँसो साढे १ बजे जिल्ला अदालतको सुरक्षार्थ ३ नम्बर गेटमा…

Read More

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक किशोरी बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले  पुनर्वास–५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको मृत्यु भएको जानकारी दिए। डुबेर बेपत्ता भएको आरती बोगटी अझै फेला परेकी छैनन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरु तिनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए। १२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन्। तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो।

Read More

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ । बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन् । केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा देखिन शुरु भएको छ । जस अनुसार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।

Read More

धनगढी : अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कलभर्ट भत्किएको छ। कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ। खोलामा आएको बाढीले आइतबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो। कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवातजावत ठप्प भएको प्रहरीले जनाएको छ। यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन्। अविरल वर्षाले कञ्चनपुर र कैलालीका अधिकाँश बस्ती डुबानमा परेका छन्।

Read More

धनगढी : कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी बेपत्ता भएको खबर आउनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट खोजीका लागि प्रहरी परिचालन गरिए पनि अहिलेसम्म राना नभेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए । यस्तै, कञ्चनपुरमा पनि नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय डम्मर चौधरी चौदारा नदीमा माछा मार्न गएका बेला बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

Read More

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा सात महिने शिशुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चपुरका अनुसार, डुवानको कारणले घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको हो। वडा नम्बर–१ पहरियामा अत्यधिक वर्षाको कारणले डुवान भएको र सोही डुवानले गर्दा घरभित्र पसेको पानीले सोनुको ज्यान गएको बताइएको छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ र भविष्यमा यस्ता घटनाहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। स्थानीय प्रशासनले पनि आवश्यक राहत र सहयोगको व्यवस्था गरिरहेको छ।

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ की २१ वर्षीया आरती धामी पक्राउ परेकी हुन्। धामीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०’ पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन । त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल…

Read More

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार राति ११ बजे कञ्चनपुरका अधिकांश स्थानमा अति भारी वर्षा भएको र थप वर्षा हुन सक्ने विभागले जनाएको छ। विभागले कञ्चनपुर भएर बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले सोमबार बिहानैसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले सुरक्षित स्थानमा जानसमेत आग्रह गरेको छ। विभागको मौसम पूर्मानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको र उत्तरतर्फ फैलिने क्रममा रहेको जनाएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कञ्चनपुरको सुन्दरपुर, दोधारा र हनमान नगर वर्षा मापन केन्द्रमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको…

Read More

काठमाडौं: नेपाल प्रहरीका एकजना एसएसपीको अंतरङ्ग भिडिओ भाइरल भएको छ। हाल पोखरास्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा हाकिम रहेका एसएसपी दिपक रेग्मीको भिडिओ सोसल मिडियामा भाइरल भैरहेको हो। एसएसपी रेग्मीले बागलुङमा लगाएको पिरती पोखरा पुगेपछि छताछुल्ल भएको भएको हो। महेन्द्रनगरपोष्टलाई प्राप्त भिडिओमा उनले नाजायज सम्बन्ध रहेकी गर्लफ्रेन्डसँग अश्लील बातचित गरेको देखिन्छ। स्रोतका अनुसार भिडिओ सो कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको थियो। सो भिडिओमा महिलालाई ती एसएसपी रेग्मीले ‘भाग्यमानी छु भन न’ भनेर भन्दा केटीले, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ। बिहे गरेर हुने भनेको पनि त्यही नै हो।’ भनेकी छन्। महिलाले चाहिँ संवादको…

Read More