धनगढी : विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठको नाम खुलेको छ । अन्यको विवरण आउन बाँकी छ । बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो । घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : असार मसान्तभित्र बजेट ल्याउन नसक्ने सुदूरपश्चिमका तीन स्थानीय तहमा ‘बजेट होलिडे’ भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । तर, सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका अनुसार आर्थिक वर्ष २०८१/८२ सुरु भइसक्दा पनि सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन नसकेको हो ।…
धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिमका तीन स्थानीय तहका १८ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ । आर्थिक वर्ष सकिए लगत्तै स्थानीय तह विरुद्ध चलेका मुद्दाको एकीकृत विवरण आयोगले मङ्गलवार सार्वजनिक गरेको हो । जसमा डडेल्धुराको आलिताल गाउँपालिका सहायक प्रशासन चौथो तहका कर्मचारी खेमराज जोशीविरुद्ध नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा यहि असार २३ गते मुद्दा चलाएको छ । आयोगले २०८० भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टसहित १० जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाएको छ । यस्तै २०८० साउन ४ गते दार्चुलाको शैल्यशिखर नगरपालिका निमत्ति प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टसहित ७…
धनगढी : देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् । अस्पतालले बिरामीको उपचारमा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार केहीबेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् । आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका…
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले परराष्ट्रमन्त्री डा.आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् । चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबीच बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए । परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्र मन्त्री राणा र चिनियाँ राजदूत सोङ्गका बीचमा नेपाल–चीन सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ । सोमबार परराष्ट्र मन्त्री नियुक्त भएकी डा.राणासंग शिष्टाचार भेट गर्ने चिनियाँ राजदूत सोङ्ग दोस्रो राजदूत हुन् ।
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मूख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो । ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्तौलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’ प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ ।
काठमाडौँ : चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन्। बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्। केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ। स्टेसन नजिक रहेका ८ जना यात्रुको भर् याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ। तर, जंगलको बिचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीको भनाई छ। अड्किएका यात्रुलाई वैकल्पिक उपायाबाट तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीको भनाई छ। प्रहरी बृत्त थानकोटका अनुसार जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसद्मा पुर्याउने बताएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताएका हुन्। ‘केही कानुन नयाँ बनाउनुपर्ने छ। केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ। २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं। बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्। अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उनले भने। प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ। ‘प्रहरी समायोजन ऐन २०७६ छ। संघ र प्रदेशको प्रहरीबीच समायोजन…
काठमाडौं : शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१/०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ । पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ । त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुनेछ । अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको…
धनगढीः सुदूरपश्चिम प्रदेशमा हिजो देखि राजस्व संकलनको काम ठप्प भएको छ। संविधानअनुसार प्रदेश सरकारको बजेट निर्धारित मितिभित्र पारित हुन नसक्दा सम्पूर्ण राजस्व संकलनको काम ठप्प बन्न पुगेको हो। बजेटसम्बन्धी विधेयक पारित हुन नसक्दा घरजग्गा दर्ता, सवारीसाधन दर्ता, नवीकरण, नामसारी, बाटो इजाजतलगायत राजस्व संकलनका काम ठप्प छन्। राजनीतिक खिचातानीका कारण सुदूरपश्चिमको बजेट शून्यताको अवस्थामा पुगेको हो। प्रदेश सरकारले असार मसान्तभित्र बजेटसम्बन्धी कानुन पारित गर्न नसक्दा बजेटविहीनताको अवस्था सिर्जना भएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन मंगलबारदेखि आम्दानी र खर्च गर्न नपाउने भएपछि सुदूरपश्चिम सरकारको आर्थिक गतिविधि ठप्प बन्न पुगेको छ। बजेटसम्बन्धी कानुनी रिक्तताका कारण प्रदेश सरकारको आम्दानी र खर्चको ढोका…