काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मूख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो ।
‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्तौलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’
प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ ।
Facebook Comments Box