महेन्द्रनगर: उत्तराखण्डमा सीआरपीएफमा तैनाथ पाटी सिपाहीले सोमबार आफैंलाई गोली हानेका छन्। छत्तीसगढको दन्तेवाडामा हेड कन्स्टेबल विपिन चन्द्रले आफैंलाई गोली हानेका हुन्।
भारतीय प्रहरीका अनुसार उत्तराखण्डको चम्पावत जिल्लाका सीआरपीएफ सिपाहीले आफैंलाई एके-४७ बाट गोली हानेका थिए।
ती जवान चम्पावत जिल्लाको पाटी विकास ब्लक अन्तर्गत बिसारी गाउँका बासिन्दा थिए। प्राप्त जानकारी अनुसार, सिपाही सीआरपीएफ १९५ बटालियन मुख्यालय, बार्सूरमा तैनाथ थिए। ब्यारेकमै गएर उनले आफूलाई गोली हानेको बताइएको छ।
गोलीको आवाज सुनेर अन्य सिपाहीहरू पनि ब्यारेकतर्फ दौडे र हेड हवल्दार रगतले लतपतिएका थिए। त्यसपछि ती प्रहरी जवानलाई उठाएर जिल्ला अस्पताल लगियो। उनलाई जिल्ला अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरी अधिकारीका अनुसार जवान विपिन चन्द्रले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन। आत्महत्याको कारण के हुन सक्छ भन्ने अनुसन्धान भइरहेको छ।