Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ त्यसतर्फ जान लागेका हुन । उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको छ । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने छन । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह वलीले हिरोले लास्टमा देखाउने जनाएका छन्। सुदूरपश्चिममा सरकार विस्तार भएर मन्त्रीमा छुटेपछि उनले यस्तो बताएका हुन्। उनले आफ्नो फेसबुकमार्फत आफूलाई हिरो करार गर्दै आफूले लास्टमा देखाउने चेतावनी दिएका छन्। आज (सोमबार) मात्रै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्रबहादुर पाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाट सरल सहित पाँच जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए। सोडारीले एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्री नियुक्त गरेका हुन्। तर हाललाई उनीहरूको मन्त्रालय भने तोकिएको छैन। सोही…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री ओमविक्रम भाट (सरल) पदभार ग्रहण गरेसँगै सहिद परिवारको बस्तीमा पुगेका छन्। आज (सोमबार) बेलुका सपथ र पदभार ग्रहण गरेपछि मन्त्री भाट मध्यरातमा आफ्नो निर्वाचन क्षेत्रस्थित सहिद तथा बेपत्ता परिवारको बस्तीमा पुगेका हुन्। उनले कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ स्थित बालुवाफाटास्थित बस्तीमा पुगेर मन्त्री भएको पहिलोपटक सहिद परिवारको बस्तीमा आशीर्वाद लिएका थिए। यस्तै उनले आफूले सहिद परिवार र निर्वाचन क्षेत्रको विकास एवं संरक्षणका लागि अहोरात्र खटिएर काम गर्ने जनाए। ५ सहिद परिवार रहेको सो बस्तीमा उनीहरूको रोजगारी, शिक्षा स्वास्थ्यका पनि विशेष प्राथमिकताका साथ काम गर्ने मन्त्री भाटको भनाई छ। त्यस अगाडि भने मन्त्री भाटले नेकपा एमालेका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले संविधान बमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पाललले संविधान र कानुनको परिधीभित्र रहेर सुधारात्मक काम गर्ने प्रतिबद्धता जनाएका हुन् । फेरिएको राजनीतिक समीकरण र परस्थितीका बाबजुत प्रतिपक्षमा रहेको एमाले पनि सरकारमा आएको बताउँदै उनले नयाँ जिम्मेवारी निर्वाह गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरेका छन् । अर्थतन्त्रमा विभिन्न चुनौती र समस्या रहेकाले तीनको सामान गरेर अघि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई थियो । कर्मचारीहरुलाई पालले प्रदेश सरकारलाई सफल बनाउने कुरामा गम्भीर भएर भूमिका…

Read More

धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमबिक्रम भाटले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने निर्णय गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका मन्त्री भाटले पदभार ग्रहण गर्दै मन्त्री भाटले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका हुन् । खसगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गरिने निर्णयमा उल्लेख गरिएको छ । त्यसका लागि मन्त्रालयका कानुन…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा‍ तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए । तर उनले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका सांसद जोशीले आफूलाई यहाँको मन्त्री पदले आकर्षण नगरेको भन्दै मन्त्री पदको शपथ नलिएको प्रतिक्रिया दिए । मुख्यमन्त्री सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारले सरकार विस्तार गरेका छन् । दुई मन्त्री र पाँच विनाविभागिय मन्त्री नियुक्त गरेसंगै १० सदस्यीय मन्त्री मण्डल बनेको हो । ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका छन् । यस्तै, एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । उनिहरु सातै जनाले प्रदेश प्रमुख नजिर मियाँबाट सपथ खाइसकेका छन् । सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सिफारिस…

Read More

काठमाडौं : भारतको केदारनाथ मन्दिर परिसर अगाडि मासु बेचेको आरोपमा एकजना नेपालीलाई भारतीय प्रहरीले पक्रेको छ । धार्मिकस्थलको मर्यादामा खलल पुर्याएको आरोपमा रोल्पा कोर्चाबांगका किरणबहादुरलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको अधिकारीहरूले जनाएका छन् । मासु पकाएर बेचेको आरोप लागेका किरणले केदारनाथ मन्दिर नजिकै पसल सञ्चालन गरेका थिए । मन्दिर वरपरका सर्वसाधारणसहित स्थानीय विपुल धर्मवाण र दर्जनौँ तीर्थालुले गत शुक्रबार किरणविरुद्ध प्रहरी प्रशासनमा लिखित उजुरी दर्ता गरेका थिए । सोही उजुरीका आधारमा पक्राउ गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको जनाइएको छ । केदारनाथ मन्दिर व्यापार संघको गेट नजिकै सञ्चालित किरणको पसलसमेत बन्द गरिएको छ । पसलमा खोजतलास गर्न पुगेको प्रहरीले बोरामा लुकाएर राखिएको…

Read More

धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले शपथ लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । उनलाई मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेका थिए । सो क्रममा उनले सुशासनको प्रत्याभूति र असल आचरणयुक्त सार्वजनिक सेवाको सुनिश्चितताका लागि समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । उक्त निर्णय कार्यान्वयनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ । नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको दलितको हक, महिलाको हकका साथै प्रचलित फौजदारी कानुन अन्तर्गत जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ र महिला हक अधिकारका सम्बन्धमा बनेका विद्यमान कानुनमा आधारित रही सुदूरपश्चिम प्रदेशका सबै सार्वजनिक निकाय…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एमाले र माओवादीका ३/३ तथा एकीकृत समाजवादीका एक गरी ७ मन्त्रीलाई नियुक्तपछि शपथ गराएका छन् । एमालेका सुरेन्द्र पाल आर्थिक मामिलामन्त्री नियुक्त हुँदा अन्य दुई विनाविभागीय मन्त्री भए । माओवादीका ओमविक्रम भाट सामाजिक विकासमन्त्री नियुक्त हुँदा अन्य दुई विनाविभागीय मन्त्री बने । नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई पनि जिम्मेवारी दिइएको छैन । एमालेबाट वीरबहादुर थापा र हिरा सार्की, माओवादीबाट अक्कल रावल र लक्ष्मी बिक तथा नेकपा एसकी माया पन्त विनाविभागीय मन्त्री भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले स्वतन्त्र सांसद तारा जोशीलाई उद्योग पर्यटन वन…

Read More