Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए । उनकाअनुसार प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यहरुलाई ह्वीप लगाइएको हो । २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

Read More

काठमाडाैं: दार्चुलाको एक विद्यालयका प्रधानाध्यापकले कार्यकक्षमै चुरोट सल्काएको पाइएको छ। विद्यार्थी मात्र होईन, शिक्षकलाई पनि नेतृत्व गर्ने हेडमास्टरले नै कार्यकक्षमा चुरोट तानेको भिडियो बाहिर आएको हो। शैल्यशिखर नगरपालिका–१ मा रहेको कृष्ण मावि बलाचका प्रधानाध्यापक जनक तितराले कार्यकक्षमै चुरोट तानेको भन्दै चर्को आलोचना भइरहेको छ । ‘प्रअले अफिसमै चुरोट खाइरहेका छन्। हेर्नुहोस योबाट विद्यार्थीले के सिक्ने त ? यस्ता शिक्षकलाई तुरुन्त काबाही होस्। यो घर होइन सरकारी अफिस हो ’ स्थानीय चन्द्रदेव भन्छन्। यस विषयमा प्रअ तितराले कुनै प्रतिक्रिया दिएका छैनन्।कानुनी रुपमा नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ। उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी…

Read More

धनगढी : कञ्चनपुरबाट तीन लाख बढीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ कालिका पुल नजिक, भीमदत्त नगरपालिका–१२ भाइरल रोड र भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ११ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त स्थानबाट पेन्ट, ग्यालेण्डर, कब्जा, बोल्ड, स्टिलका भाँडाकुडा, फुटबल सुज, छापाखानामा प्रयोग हुने मसि, भारतिय नम्बर प्लेटको मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जनाएको छ।

Read More

धनगढी : धनगढीमा एक युवक लागू औषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलवार पक्राउ गरेको छ। चौधरीलाई ७२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), ५ ट्याबलेट नाईट्रोभेट र ९ वटा स्पास क्याप्सुलसहित नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरको पुनर्वासमा भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिएपछि तनाव उत्पन्न भएको छ। सोमबार दिउँसो १ बजेतिर पुनर्वास सीमा सुरक्षा चौकी (विओपी) का सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर चन्दको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट ल्याउँदै गरेको डिउ ३ पेटी र १ बोरा गुड नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो। सामान नियन्त्रण गर्ने क्रममा पुनर्वास ७ की ऋतु तामाङले आफूमाथि हातपात गरिएको र मोबाइल फुटाइएको आरोप लगाएकी छन्। उनले बारम्बार विओपीमा गएर सोधपुछ गरेकी थिइन् कि किन र के नियतले आफूलाई हातपात गरिएको हो। तर, सशस्त्र प्रहरी निरीक्षक चन्दले तामाङको आरोप अस्वीकार गर्दै भने, सामान नियन्त्रण गर्ने क्रममा तानातान हुँदा…

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज (बुधबार) विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजन सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची छ। २० साउनमा नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी सुदूरपश्चिमको नेतृत्वको दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। मुख्यमन्त्री नियुक्त भएलगत्तै नागरिक उन्मुक्ति समेतलाई समेटेर शाहले मन्त्रिमण्डललाई पूर्णता दिए। सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसका ३ मन्त्री र २ राज्यमन्त्री, नेकपा एमालेका ३ मन्त्री…

Read More

काठमाडौँ : संक्रणकालिन न्याय (टीआरसी) सम्बन्धी कार्य पुरा गर्न भन्दै सरकारले ल्याएको ऐन संशोधन विधेयक प्रतिनिधि सभामा पेस भएको छ । कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पेस गरेकी हुन् । विधेयक पेस गर्दै सभापति सुवेदीले तत्कालीन समयको सत्य बाहिर ल्याउन र अपराधमा संलग्नहरुलाई कानुनी कारबाहीका लागि सिफारिस गर्न यो विधेयक निर्माण भएको दाबी गरिन् । उनले २०७१ सालमा जारी भएका केही व्यवस्था सर्वोच्च अदालतले बदर गरेको र समय सापेक्ष संशोधन आवश्यक ठानेर सरकारले विधेयक पेस गरेको भन्दै…

Read More

काठमाडौँ : मन्त्रिपरिषद्को सोमबार बसेको बैठक विभिन्न निकायमा गरी ६ जनालाई नियुक्त र मनोनयन गरेको छ। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ। यस्तै सरकारले भूउपयोग परिषद्को सदस्यमा डा.रेवतीरमण पौडेल, डा.यमुना घले, डा.रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गरेको छ। बैठकले निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरू इन्द्रविक्रम जोशी र खुमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् । ‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले अघि भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’ उनले युवाले फ्युचर जेनेरसन (भावी…

Read More