Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।  साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ। सार्वजनिक गरेको लिजाको नतिजामा बित्थडचिरले अघिल्लो आर्थीक बर्षभन्दा सुधार गरेको छ । सुचना अधिकारी रमेशबहादुर बिष्टका अनुसार उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि लिजामा ६०.२५ प्रतिशत अंक ल्याएको छ। गाउँपालिकाले अघिल्लो आव ०७८/७९ मा ४४.२५ प्रतिशत अंक प्राप्त गरेको थियो। ‘अघिल्लो आर्थीक बर्षको तथ्यांक हेर्दा सुधार देखियो’, बिष्टले भने। काम गर्दै जाने हो सुचकहरुमा सुधार हुदै जान्छ ।’ निर्धारित समयमै इन्ट्र गर्दा सबैभन्दा अगाडि लिजा सार्वजनिक भएको उनले सुनाए । विभिन्न १० वटा विषय क्षेत्रका १०० वटा सुचकका आधारमा स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको उनले…

Read More

धनगढी : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रमुख डा. क्षतिज श्रेष्ठ आफ्नै कार्यालय परिषरमा कुटिएका छन् । आफ्नै कार्यकक्षमा रहेका श्रेष्ठलाई ४ जनाको समूहले आइतबार कार्यकक्षमै कुटपिट गरेको हो । विगत १८ वर्षदेखि कार्यलयमा कार्यरत कार्यालय सहयोगी शोभा पोडेको करार नवीकरणको विषयमा विवाद हुँदा कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट भएको हो । १८ वर्षबाट नियमित काम गरेकी पोडेलाई श्रेष्ठले नवीकरण गर्न नमानेपछि उनको श्रीमान सहितको टोलीले कुटपिट गरेका हुन् । कुटपिटपछि प्रमुख श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उनको उजुरीको आधारमा प्रहरीले शोभाको श्रीमान रमेश पोडेलाई पक्राउ गरि थप आक्रमणकारीलाई खोजिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता…

Read More

विराटनगर : कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ बीच सोमबार तालमेल गर्ने सहमति भएको छ । सत्ता गठबन्धनसँग मिलेर कोशीमा सभामुख पद लिएको दुई सातामै राप्रपाले एमालेसँग तालेमलको सहमति गरेको हो । दुई दलका कोशी प्रदेश अध्यक्षले गरेको लिखित सहमति अनुसार ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्यतर्फ एमालेले आफ्नो उम्मेदवार परशुराम अधिकारीको साटो राप्रपाका उद्धव पौडेललाई मत दिनेछ भने राप्रपाले महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई मत दिनेछ । कोशीमा सत्ता गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ । आज कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार लेखेको थियो । यस विषयमा प्रष्टीकरण दिन आज रविले पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए । उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको हो । पत्रमा लेखिएको छ, ‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको…

Read More

काठमाडौं : युवा ब्याटर नरेन भट्टको शतकको बाबजुद सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ मा पहिलो हार ब्यहोरेको छ । सुदूर मधेश प्रदेशसँग ८० रनले पराजित हुन पुगेको हो । जितको लागि ३२० रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अल आउट भयो । सुदूरका नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । उनी सुदूरबाट पिएमकपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । नरेन स्पिनर प्रदीप पासवानको ४५ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा स्टेटमा पवन सरार्फबाट क्याच हुन पुगेका…

Read More

काठमाडौँ : काठमाडौँको ढुंगे अड्डामा दुध बोक्ने ट्यांकरको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका १५ मा आज बिहान नैकापबाट कलंकीतर्फ जाँदै गरेको ट्यांकरले ठक्कर दिँदा ६५ बर्षीय महेन्द्रलाल दास घाइते भएका हुन् । घाइते दासको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । उनी स्थानीय विष्णुदेवी हाउजिङमा बस्दै आएका थिए । ट्यांकर र चालक सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको बताइएको छ ।

Read More

धनगढी : कैलालीमा टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ पाण्डेचोकमा ना ४ ख १३६५ नम्बरको टिप्पर अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो । दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

Read More

धनगढी : मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा माघ १० गते कालो ब्यानर टाँस्ने कार्यक्रम रहेको सार्वजनिक गरेको छ । आज धनगढीमा पार्टीले पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । ‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि केही भएनन्’ पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने । उनका…

Read More

काठमाडौं : देशको सार्वजनिक ऋण करिब २३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ८५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। गत असार मसान्त २०८० सम्म देशको कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो। ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) ८५ अर्ब २३ करोड ३५ लाख रुपैयाँ थपिँदा देशको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो। जसमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ८६ अर्ब ४४ करोड ३८…

Read More