Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए। अर्यालका अनुसार, राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ। पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको उनले बताए। यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन्।

Read More

काठमाडौं : काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो । काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताए। पक्राउ पर्नेहरूमा रामेछापका २८ वर्षीय मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन्। बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन्। २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारेका थिए। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा देउवा बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा सरेका थिए। बालुवाटार छोड्दा बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले उनी धुम्बाराहीमा भाडाको घरमा सरेका थिए। धुम्बाराहीमा १३ महिना बिताएर देउवा आज निजी निवास सरेको उनको सचिवालयले जनाएको छ।

Read More

बैतडी : बैतडीमा एक वृद्धा  बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका-३ डुङ्गरी बस्ने ६७ वर्षीया वृद्धा सरस्वती ऐर  तीन दिन  देखि  बेपत्ता भएकी हुन्। सोमबार बिहान घरबाट सरसफाइका लागि हिंडेका आमा अहिले सम्म सम्पर्क नआएका बेपत्ता वृद्धाका छोरा मोहन ऐरले जानकारी दिए । सम्पर्क विहिन आमाको खोजतलास गर्दा पनि अहिले सम्म फेला नपरेका उनले बताए। वृद्धा बेपत्ता भएपछि प्रहरीमा समेत खबर गरिएको परिवार स्रोतले जनाएको छ। बेपत्ता वृद्धाको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। वृद्धा ऐर तीन दिन देखि बेपत्ता भएपछि घरपरिवार चिन्तामा परेको छ। बेपत्ता ऐरलाई कहिँकतै कसैले भेटे नजिकको प्रहरी अथवा मोबाइल नम्बर ९८६६५०८०१०…

Read More

धनगढीः कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

Read More

काठमाडौं : नेपाल पुलिस स्कुलमा रिक्त प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। रौतहटको गरुडा र दाङको घोराहीमा रहेका दुई स्कुलका लागि प्रहरी प्रधान कार्यालय, प्राचार्य छनोट बोर्डले दरखास्त मागेको हो। योग्यता पुगेका इच्छुकलाई आगामी माघ १७ गतेसम्म नक्सालस्थित बोर्डको सचिवालयमा आवश्यक कागजातसहित आवेदन पेश गर्न भनिएको छ। बोर्डको सूचनामा उम्मेदवारको योग्यता कुनै विश्वविद्यालय वा अध्ययन संस्थानबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको, माध्यमिक तह वा सोसरहको पदमा कम्तीमा दश वर्ष प्राध्यापक गरेको वा माध्यमिक तहको विद्यालयमा प्राचार्यको रुपमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको वा विश्वविद्यालयमा उपप्राध्यापक पदमा कम्तीमा तीन वर्ष कार्यरत रहेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, फौजदारी कसुरमा सजाय नपाएको, दरखास्त…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए। ‘अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ’, उउनले भने। विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए। रासस

Read More

काठमाडौं : आईसीसी यू-१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेका नेपाल यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको बताएका छन्। १९ जनवरीदेखि सुरु हुने यू१९ विश्वकपअघि देवसहित सहभागि टोलीका कप्तानले आईसीसीसँग कुरा गरेका थिए । जसमा नेपाल कप्तान देवले नेपालका क्रिकेटको क्रेज अत्याधिक रहेको बताए। ‘नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा नै छ। हाम्रो साथमा नेपालमा ठूलो समर्थक छन् र उनीहरूकै कारण हामी उत्प्रेरित छौं’ देवले भने, ‘त्यो क्रेजको कुनै तुलना हुन सक्दैन। हामी खेलाडीको रूपमा खेल जितेर उनीहरूलाई खुसी दिन चाहन्छौं।’ नेपालको सिनियर टिमबाट समेत खेलिसकेका कप्तान देवले लामो समयपछि…

Read More

कैलाली : राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन्। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन्। जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ। जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोवासीले एक लाख १० हजार ६५, भूमिहीन दलितले आठ हजार नौ सय ७३ तथा ११ हजार एक सय २३ जना भूमिहीन सुकुम्बासीले निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए। धनगढी उपमहानगरपालिकाका १९ हजार छ सय ६५, गोदावरी…

Read More

डडेल्धुरा : कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ। टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल सञ्ज्यालको स्वरमा रहेको देउडा गीतमा लोकेन्द्र ओझा, निशा ठगुन्ना धामी, टेक बहादुर ऐर, मनिषा धामी, प्रेम धामी तथा शिव चुनारा लगायतको अभिनय रहेको छ। डडेल्धुरा जिल्लाका बिभिन्न क्षेत्रमा छायाङ्कन गरिएको गीतमा गायक महराकै संगीत र निर्देशक भीम थापाको निर्देशन रहेको छ। गीतमा मोडेल निशा ठगुन्ना धामीका श्रीमान् हरूवा ढाँट चुनावमा उठेको र पराजित भएको देखिन्छ। मोडल निशा बझाङको केदास्यु गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन्। हरूवा शंख चिन्ह्बाट चुनाव लडेका हुन्छन्। तर, उनी घण्टा चुनाव चिन्हबाट चुनाव लडेका जीत्वा कापडीसँग…

Read More