Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: गृह मन्त्रालयले आजमात्रै नेपाल प्रहरीका दुईजना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकाे छ। मन्त्रालयले आईतबार मध्यराति एकजना प्राविधिक (चिकित्सक) र जनपद प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेकाे हाे। बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालका चिकित्सक डीआईजी डा. सुन्दरप्रसाद ह्योजु र केन्द्रीय अनुसन्धान ब्यूराेकी डीआईजी किरण राणा रहेका छन्। उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको भन्दै सूची प्रकाशित गरिएको छ। बढुवा सिफारिस हुने डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेका छन्। प्रहरीमा डीआईजी…

Read More

काठमाडौं: नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त जग्गाबारे नकारात्मक टिप्पणी गर्ने नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने भएको छ। जग्गा लिनेसम्बन्धी पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिनेलाई स्पष्टीकरण सोध्न लागिएको जानकारी दिँदै महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष भीमबहादुर रावल,स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाबाट यो निर्णय कार्यान्वयन हुने बताए। आज बसेको पार्टी सचिवालय बैठकले कीर्तिपुरमा व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गर्नुपर्ने कुनै कारण नरहेको निर्णय गर्दै भनेको छ, ‘यसमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण छैन।’ दानमा प्राप्त जग्गाको हैसियत कानूनी प्रक्रियाबाट समाधान गरिने एमालेको ठहर छ। ‘उहाँले दान गर्ने भन्नुभएको छ। प्रक्रियामा रहेकाले कानूनी प्रक्रियाद्वारा समाधान…

Read More

काठमाडौं: सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई–चलान) दिन थालेको छ। गृहमन्त्री रमेश लेखकले उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टिभिआरएस) र ई–चलानको शुभारम्भ गरे। उनले ई–चलानको प्रयोग सम्बन्धमा स्थलगत अवलोकन समेत गरे। सो प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रुपमा सेवा प्रदान गर्ने गृहमन्त्री लेखकको विश्वास छ। उनले प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनका लागि शुभकामना समेत व्यक्त गरे। सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउन र सुशासन स्थापना गर्ने कार्यमा सरकार अघि बढेको पनि उनले बताए। गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी रहेको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई थप संयमित…

Read More

काठमाडौं: नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्व्य किरण राणा र डा. सुरेन्द्र प्रसाद ह्योजुलाई बढुवा सिफारिस गरिएको हो। उनीहरूलाई गृहमन्त्रालयस्थित बढुवा समितिको निर्णयबाट बढुवा सिफारिस गरिएको हो। जसमा ह्योजु प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका हुन् भने राणा जनपदतर्फकी एआईजी सिफारिश भएकी हुन्। प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ। डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेका छन्।

Read More

काठमाडौँ: विवादित छविका नेपाल प्रहरीका एक एसपी प्रहरी प्रधान कार्यालय (नक्साल) तानिएका छन्। एसपी कमल थापा नक्साल तानिएका हुन्। नक्साल स्रोतले उनलाई छानबिनका क्रममा कारबाहीस्वरुप तानिएको जनायो। अख्तियारको केन्द्रिय कार्यालयमा कार्यरत थापा तानिएको र अहिले उनको स्थानामा भने नयाँ एसपी आइनसकेको अख्तियार प्रहरी प्रमुख डीआईजी बुद्दिराज गुरुङले बताए। एसपी थापा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा जोडिएका थिए। सोही आरोपमा अहिले छानबिन जारी छ। ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर बिनुकुमारेर शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार छिन्। उनी यस अगाडि गृहमन्त्रालयबाट निलम्बित पनि भएकी थिइन्।…

Read More

काठमाडौं: सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ। पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो। शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो। शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो। उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए। जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। उक्त…

Read More

धनगढी: सुदूरपश्चिम स्थाई घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षामा उत्तीर्ण भएका ९ जनाले यसपाली पनि छात्रबृत्तीमा एमविविएस अध्ययन गर्न पाउने भएका छन्।  सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कार्तिकको १३ गतेभीत्र आवेदन आह्वान गरेको छ। राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सामाजिक विकास मन्त्रालयले आवदेश आह्वान गरेको हो। यस छात्रबृत्तीका लागि सुदूरपश्चिमका ९ जिल्लाका स्थाई बासिन्दाले मात्र आवेदन गर्न पाउने प्रावधान छ। सुदूरपश्चिमका अस्पतालहरुमा चिकित्सकहरु आउन नमान्ने र सधैं जसो चिकित्सकको अभाव हुने भएकाले प्रदेश सरकारले २०७६ साल देखि हरेक वर्ष ९ जनालाई एमविविएसमा छात्रबृत्ती दिदै आएको छ। यसै वर्षदेखि ३ जनालाई एमडि अध्ययनका लागि…

Read More

धनगढी: नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित भएका छन्। धनगढीमा भएको सातौं महाधिवेशनबाट उनी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वााचित भएका हुन्। निर्वाचित रानाका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश रानाले १० मत प्राप्त गरे। अध्यक्षमा सात जनाको उम्मेदवारी परेको थियो । यसैगरी, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना निर्वाचित भएका छन्। कोषाध्यक्षमा चन्द्रकिरण राना र सदस्यहरुमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भएका छन्। कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास छ। महाधिवेशनमा सर्वसम्मतका साथ नयाँ कार्यसमिति चयनको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ। ऐन कार्यान्वयनका क्रममा देखिएका कठिनाइ सहज बनाउन र बनेका ऐनलाई थप परिष्कृत गर्न धेरैजसो ऐन संशोधन गरिएको हो। प्रदेश सभाको पहिलो कार्यकालमा ६७ र दोस्रो कार्यकालको हालसम्म आठ वटा गरी जम्मा ७५ वटा ऐन बनेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।  बनेका ऐनमध्ये ४५ वटा मूल ऐन र बाँकी सबै संशोधन ऐन रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। यसबाहेक एउटा अध्यादेश जारी भएको छ। चालु आर्थिक वर्षको बजेट पास हुन नसकेको बेला राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश–२०८१ जारी गरिएको थियो। …

Read More

धनगढी: कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-१ गोदाम टोलबाट सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट खैरो हेरोइनसहित पक्राउ परेका हुन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित शनिवार फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।यस्तै, धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी छन्। बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ। यस्तै, लागूऔषध र वन मुद्दामा फरार रहेका…

Read More