Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं: प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनमा सहयोग गर्न भन्दै भारतीय राजदूतलाई पत्र पठाएको बताएकी छन्। समितिको बिहीबार बसेको बैठकमा बोल्दै सभापति राणाले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र पठाएको जानकारी दिएकी हुन्। ‘किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ। उहाँले रेसपोन्स गर्नुभएको छ’ उनले भनिन्। बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरूलाई तालिम दिने तयारी रहेको राणाले बताइन्।

Read More

काठमाडौं : नेपाली काँग्रेसकी नेत्री एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्। बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्। सभापति राणाले भनिन्, ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ। विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ।’’ उहाँले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक…

Read More

गोरखा: जिल्ला प्रशासन कार्यालय, गोरखाले सार्वजनिक निकायबाट सेवा प्रवाहका क्रममा कर्मचारी वा बिचौलियाले घुस मागेमा तत्काल सूचना दिन आग्रह गरेको छ। आज सूचना जारी गर्दै सिडिओ कार्यालयले सेवा लिने क्रममा कर्मचारी वा बिचौलियाले दुःख हैरानी दिएमा वा गैरकानुनी रुपमा घुस मागेमा तत्काल जानकारी गराउन भनेको हो। त्यस्तै, सार्वजनिक निकायहरुमा भ्रष्टाचारजन्य कार्य भएको सूचना भएमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको फोन नम्बर ९८५६०५७७७७ मा सम्पर्क गर्न पनि भनिएको छ। ‘सार्वजनिक निकायमा सेवा लिने क्रममा तपाईसँग कुनै कर्मचारी वा बिचौलियाले दुःख हैरानी दिएको वा गैरकानुनी रुपमा घुस–रिसवत मागेको वा सार्वजनिक निकायहरुमा भ्रष्टाचारजन्य कसूर भएको सूचना–जानकारी भएमा निम्न माध्यममा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं’,…

Read More

काठमाडौं : हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ।  जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।

Read More

ढाका : बंगलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनको यो लगातार चौथो कार्यकाल हो। आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ। आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद् पदको सपथ लिएका थिए। निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ।

Read More

धनगढीः प्रहरी नायब निरीक्षक (सई) नरिभान साउदले राजीनामा दिएका छन्। डोटीमा कार्यरत रहेका साउदले सरुवाको विषयमा चित्त नबुझिएको भन्दै राजीनामा दिएका हुन्। अहिले उनले जागिर अवधी नसकिदै राजीनामा दिएको प्रहरी स्रोतको भनाइ छ।

Read More

काठमाडौं : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रामबहादुर बम्जनबाट बरामद भएको पैसामाथि व्यङ्ग गर्दै ध्यान गर्नको लागि आफू अर्को रुख रोप्न हिडेको बताएका छन्। तपस्वीको घरमा धनको रास देखेपछि साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। लिटिल बुद्ध भनेर समेत चिनिने बम्जनलाई ३ करोड रुपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित सिआइवीको टोलीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। ‘बम्जन जीले पैसा कहाँ राख्या रैछन ? दराजमा कि बाकसमारु झोलामा कि सुटकेसमा ? कि बोरामा ? हजारको कति वटा पाँच सयको कति ? ,’ उनले व्यङग्य गरेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो ! अब त्यो पैसा के हुन्छ ? सुनको…

Read More

सर्लाही : रामबहादुर बमजन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ। बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले छ। विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको हो। बमजनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको थियो। बमजनविरुद्ध २०७७ साल…

Read More

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ। यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो। त्यसपछि बुधबार बसेको न्यायाधीश ढकालकै इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको थियो। लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले…

Read More