Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई हुन्छ । चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौँ,’ उनले भने । यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए । उनले भने, ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ ।  नन ग्रेडिङ…

Read More

धनगढीः कैलालीको गोदावरीबाट अवैध काठ बरामद गरिएको छ। गोदावरी नगरपालिका–१० खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलीले सालको ठूलो परिमाणमा चिरान काठ बरामद गरेको हो। स्थानीय शेरबहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ। बरामद सालको काठ चिरान गरिएको २ सय ५० थान (१ सय २० क्युफिट) रहेको सब डिभिजन वन कार्यालय अतरियाबाट कार्यालय प्रमुख निराजन कडालले बताए।

Read More

टीकापुर : रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ । नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

Read More

कैलाली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई चयन भएका छ। बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान उनको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । प्रदेश कमिटी उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन्।

Read More

अत्तरिया : कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ। अत्तरियाको लामिताल परिसरमा बिहीवारदेखि आठौं संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवको पूर्वसन्ध्यामा बिहान ११ बजेदेखि प्रभातफेरी गरेर १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवको उद्घाटन कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले गर्ने आयोजकले जनाएको छ। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए। उनले महोत्सव स्थलमा सम्पूर्ण पूर्वाधारको तयारी पुरा भएको बताए।

Read More

काठमाडौं : बैतडी घर भइ बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्। कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो।   उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएको छ। बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

Read More

कैलाली : शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। विशेषगरी  चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ। शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ। ‘तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ’, कैलालीका किसान नारायण चौधरीले भने, ‘आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ।’ जिल्लामा तरकारी…

Read More

कञ्चनपुर: कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार साँझ भीमदत्त नगरपालिका -१४ परियामा एसिइ प्बलिक विद्यालय बसको ठक्करबाट सोही ठाउँका ३ वर्षीय बालक कार्तिक कुँवरको मृत्यु भएको हो। से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए। बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।।

Read More

कञ्चनपुर : कञ्चनपुरको गुलरिया बजारस्थित एक फेन्सी पसलमा आगलागी भएको छ। हिजो(बुधबार) राति कृष्णपुर नगरपालिका- ५ गुलरियामा शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो। २ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए। क्षतिको विवरण आइसकेको छैन।

Read More