Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: गृह मन्त्रालयले नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूको काज तथा एक जनाको सरुवा गरेको छ। गृह मन्त्रालयले सोमबार डीआइजीहरू कृष्णहरि शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहोराको काज तथा सरुवा गरेको हो। जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआइजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा सरुवा गरिएको छ। केन्द्रीय अनुसन्धान व्युरोका डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र बोहोरालाई कार्यविभागबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा काज सरुवा गरेको छ।

Read More

धनगढी : नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका उम्मेदवारहरु धनगढी आइपुगेका छन् । भदौ २८ गते हुने निर्वाचनका लागि सोमबार धनगढीमा इन्जिनियरहरुको भेलामा लोकतान्त्रिक समूहका उम्मेदवारहरुले परिचयात्मक कार्यक्रमसहित मतदातासँग मत मागेका हुन् । निर्वाचनमा होमिएको लोकतान्त्रिक समूहमा केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा सुवास चन्द्र बराल, उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोद प्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा, सहकोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेलसहितको टिम चुनावी मैदानमा उत्रिएको छ । यस्तै तेस्रो प्रादेशिक कार्यकारिणी समितिको सभापतिमा नवीन राज जोशी, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा पूर्ण कुँवर,उप सभापतिमा प्रकाश उप्रेती, सचिवमा सरोज देउवा, सहसचिवमा…

Read More

काठमाडौँ गत निर्वाचनमा टिकट नपाएदेखि पार्टीमा निष्क्रिय रहेका एमाले नेता डा.भीमबहादुर रावललाई भित्र्याउन नेकपा एकीकृत समाजवादीका नेताहरूले कसरत थालेका छन्। अध्यक्षबाहेकका जुनसुकै जिम्मेवारी दिन एकीकृत समाजवादी तयार रहेको सन्देश रावललाई पठाइसकिएको छ। पछिल्ला दिन रावलसँग एकीकृत समाजवादीका पदाधिकारीले दैनिकजसो कुराकानी गरिरहेका छन्। रावलले मागेकै पद दिन समेत तयार रहेको एकीकृत समाजवादीका एक उच्च पदाधिकारीले बताए । ‘अहिले हामी भीम रावलजीसँग कुराकानी गरिरहेका छौँ,’ उपाध्यक्षसमेत रहेका ती नेताले भने, ‘अध्यक्षबाहेक जे माग्यो त्यही दिन्छौं, नयाँ सिर्जना गरेर भएपनि हामी दिन्छौ। तपाईँ यस्तो तालले किन बस्नुहुन्छ भनिरहेका छौँ।’ तर, रावलले प्रष्ट जवाफ दिएका छैनन्। एकीकृत समाजवादीले भने रावललाई पार्टीमा ल्याएर देशव्यापी नयाँ…

Read More

धनगढी : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको छ । यहाँका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ठेकेदारले बारीमै पुगेर कर्णाली करिडोरको बाटो हुँदै कैलालीको लम्की लगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको हो । कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउँ यती बेला त्यो सडक सुचारु नभएपछि ठेकेदारले कर्णाली केरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लिएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्याउ किसान मेघराज भट्टले बताए । उनले भने, “पहिला यहाँ उत्पादन गरिएको स्याउँले कतै बजार नपाउँने हुँदा टिपेर गाई गोरुलाई खुवाउँने गरेका थियौं । पछिल्लो समय गाउँपालिकाको पहलमा उत्पादन गरेको स्याउँले बजार…

Read More

काठमाडौं: सर्वोच्च अदालतको शुक्रबारको आदेशपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एक सय बढी अधिकृतले हिजोदेखि अवकाश पाए। दुबै सुरक्षा निकायमा कायम ३० वर्षे सेवा अवधिका कारण उनीहरुलाई एकैदिन अवकाश दिइएको हो।  ३० वर्षे हटाउन माग गर्दै परेको रिटमा भदौ ६ गतेको एकल इजलासले अन्तरिम आदेश दिए पनि शुक्रबारको संयुक्त इजलासले उल्टाइदिएपछि उनीहरु स्वतः अवकाशमा गएका हुन्। सोही प्रावधानका कारण प्रहरी र सशस्त्रका अन्य कर्मचारीहरु पनि क्रमशः घर जाँदै छन्। हिजोदेखि नेपाल प्रहरीका नायब महानिरीक्षक तथा बागमती प्रदेश प्रहरी प्रमुख विष्णुकुमार केसी, वरिष्ठ उपरीक्षकहरु दिनेशराज मैनाली, बेलबहादुर पाण्डे,रवि पौडेल,जीवनकुमार श्रेष्ठ,किसनसिंह थापा, रेवती ढकाल,चन्द्रदेव राई,नवीन राई,रवीन्द्र रेग्मी,डिल्लीराज विष्ट र वीरबहादुर ओली…

Read More

काठ्माडौं : गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए । मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए । मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् ।

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकले विल्लादार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन दिइने बताएका छन्। सोमबार सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामाथिको छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सशस्त्र प्रहरी बलले पेश गरेको बिधेयकको मस्यौदामा तल्लो तहका प्रहरीलाई १६ र १८ वर्ष सेवा अवधिमा पेन्सन दिने प्रावधान ठिक गरेको बताए। गृहमन्त्री रमेश लेखकले सय दिनभित्र बिधेयक संसदमा पुर्‍याउने लक्ष्य रहेकोसमेत बताए । समाजको गति अनुसार कानुनमा पनि संशोधन भइरहने गृहमन्त्री लेखकको भनाई छ। आर्थिक भार पनि नबढ्ने र सेवामा अकर्षण पनि बढ्छ कि भनेर उमेर हद बढाउने र पेन्सनको अवधि घटाउने…

Read More

धनगढी: सशस्त्र प्रहरीले कञ्चनपुरबाट एकै दिन ५९ लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जिल्लाको भीमदत्त नगरपालिका–३, भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनीयरिङ्ग अटो वर्कसप पछाडीबाट ५९ लाख १८ हजार २ सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो। केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट खगेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ११ जना र बिओपि जिमुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइएको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो। बरामद भएको…

Read More

काठमाडौँ : सरकारले इजरायलको राजदूतमा प्रस्तावित गरेका बझाङका धनप्रसाद पण्डितले इजरायल र हमास युद्ध अन्त्य गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले इजरायलाई युद्ध अन्त्य गर्न भनेर सुझाव दिने बताएका छन् ।  संघीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्राध्यापक पण्डितले सबै मुलुक सँगै बस्नुपर्ने भावना इजरायल सरकारका प्रतिनिधिसमक्ष राख्ने बताए । ‘त्यो लडाइँ भएको मुलुकमा हामी सँगै बस्नुपर्छ, तिमी स्वतन्त्र राष्ट्र छौं भने प्यालेस्टिनीलाई पनि बाँच्न देउ र लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईंको प्रतिनिधि तयार हुनेछ,’ संसदीय सुनुवाइ समितिमा पण्डितले भने, ‘यो संसार ईश्वरले व्याप्त छ, यसलाई मेरो मात्रै हो भन्ने नठानौं, यो सबैको हो…

Read More

धनगढी: कैलालीमा एक युवकसँग २१ वटा मोबाइल फोन फेला परेका छन्। प्रहरीले सो मोबाईलको मूल्य ८ लाख ४० हजार बताएको छ। तिनै आइफोन (मोबाइल) सहित प्रहरीले धनगढी विमानस्थलबाट एक जनालाई पक्राउ पनि गरेको छ। सोमबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका–१३ स्थित विमानस्थलबाट अन्दाजी ८ लाख ४० हजार मुल्य पर्ने २१ वटा आइफोनसहित घोडाघोडी नगरपालिका–०१ सुख्खड बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार्टुनमा प्याक गरी ल्याएका आइफोनसहित चौधरीलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

Read More