Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जुम्लामा चट्याङ लागेर ५० वटाभदा बढी भेडा मरेका छन्। गए राति दुई ठाउँमा चट्याङले ५० वटाभन्दा बढी भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीले जानकारी दिए। उनकाअनुसार तातोपानी गाउँपालिका वडा नम्बर ४ लामाचौर पाटनमा १२ वटा भेडा मरेको खबर प्राप्त भएको हो। त्यसैगरी पातारासी गाउँपालिका वडा नम्बर २ तनेपाटनमा पनि ५२ वटा भेडा मरेको प्रहरीले जनाएको छ। यसबारे बुझ्न प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी चौकीबाट घटनास्थल टाढा रहेको हुँदा प्रहरीको टोली अहिलेसम्म पुग्न नसकेको हो। यसबारे विस्तृत विवरण पछि आउने डिएसपी कमातीले बताए।

Read More

धनगढी : डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। आलिताल गाउँपालिका–६ फल्ले खर्कका ५१ वर्षीय बिरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो। यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् । प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु…

Read More

धनगढी : सुदू्रपश्चिम प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टसहितका १३ जना प्रहरी अधिकृत सेवा निवृत्त (रिटायर) भएका छन्। प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहित तीन जना प्रहरी उपरीक्षक (एसपी) र ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सेवा निवृत्त भएका हुन्। सेवा निवृत्त हुने एसपीमा प्रहरी गण धनगढीमा कार्यरत देबेन्द्रबहादुर पाल, प्रेम बस्नेत र डोटीका विष्णुहरी कोइराला रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनकाअनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत भरत चौधरी, हिक्मत बोहोरासहितका ९ जना डीएसपी समेत रिटायर भएका छन्। उनीहरु सबैको आइतबार प्रदेश प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका १६ जना अधिकृतहरु अवकाशमा गएका छन्। सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षेअवधि कायम हुने आदेश भएपछि आइतबारबाट १६ जना अधिकृत अवकाशमा गएका हुन्। उनीहरू अवकाशप्राप्त भएपछि दरबन्दी रिक्त भएकोमा बढुवाको रस्साकस्सी सुरु भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र शारङ्ग सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भएअनुसार गत बिहीबार न्यायाधीश कुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज भएको थियो। सो आदेश खारेजसँगै सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराईसहित १६ अधिकृतहरू घर गएका छन्। शनिबार बिदाभएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको छ।

Read More

कैलाली: धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो। दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारीसाधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिए। उनका अनुसार सङ्घीय सरकारको रु ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो।

Read More

बाजुरा: जिल्ला अस्पताल बाजुरामा सिटामोल अभाव भएकाे छ। जसकारण यहाँका सर्वसाधारण महँगो मूल्यमा बजारबाट सिटामोल किनेर खान बाध्य छन्। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोलसहित अन्य धेरै औषधिको अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताए।  जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोनलगायत २९ बढी प्रकारका औषधि अभाव भएको उनले बताए। सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क दिँदै आएको भए पनि बाजुरा जिल्लामा भने निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए। निःशुल्क पाइने औषधि सरकारी फार्मेसीले बिक्री गर्न नमिल्ने भन्दै जवाफ दिएपछि आफूले निजी मेडिकलबाट औषधि…

Read More

धनगढी: धनगढीका एक युवककाे सवारी दुर्घटनामा मृत्यु भएकाे छ। आइतबार राति सवा १ बजेतिर गोदावरी नगरपालिका- १ धनगढी रोड पाठक पेट्रोल पम्प नजिकै राेकिएकाे ना ४ ख ९६३ नम्बरकाे ट्रकमा से ५ प ५८२७ नम्बरकाे माेटरसाईकल ठाेक्किएकाे थियोे। उक्त दुर्घटनामा गम्भीर घाइते भएका माेटरसाईकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहाेराले जानकारी दिए ल। उनकाअनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्युु भएकाे हाेम माेटरसाईकल पछाडि सवार साेही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनकाे पद्मा अस्पतालमा अत्तरियामा उपचार…

Read More

काठमाडौं : सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने बताएका छन् । सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई छ । ‘मैले यहाँ हुँदा (मुख्यमन्त्री हुँदा) आफ्नो प्रहरी र कर्मचारी प्रशासन नभएको सरकार सरकार नै हुँदो रहेनछ । यो व्यवहारले पुष्टि भैसकेको छ,’ उनले भने, ‘यो वर्ष सङ्घीय निजामती ऐन र सङ्घीय प्रहरी ऐन लन्च गर्ने तयारी छ । त्यसलाई अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ ।  अहिले प्रहरीको आइजीपीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ भन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो…

Read More

कञ्चनपुरः महेन्द्रनगरमा नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार भएको अधिवेशनबाट अध्यक्षमा गजेन्द्रदेव लेखक सर्वसम्मत चयन भएका छन्। दोश्रो अधिवेशनले लेखकको अध्यक्षतामा सचीव बाहेक १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सचीव एक पदमा भने निर्वाचन भएको थियो। संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाशचन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सह–कोषाध्यक्षमा वंशीधर कलौनी चयन भएको मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बताए। सचीवमा ३७ मतका साथ मधुकर कुश्मी निर्वाचित भएका छन्। सचीवका प्रत्यासी प्रीतिधर भण्डारीले २१ मत प्राप्त गरेकी छन्। ६० मत खसेकोमा २ मत बदर भएको…

Read More