Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप भएको हो। स्रोतका अनुसार चलचित्रले दुई करोड लगानी डुबाएको हो। अभिनेता रंमित ढुंगानाले निर्देशन गरेको यस चलचित्रको प्रचार–प्रसारका लागि कुनै कसर बाँकी राखिएको थिएन। गत शुक्रबार प्रदर्शनमा आएदेखि हलमा दर्शकको संख्या शून्य हुँदै गएको बताइएको छ। प्रदर्शनको आज चौथो दिनमा आइपुग्दा हलमा चलचित्र हेरेर प्रतिक्रिया दिने दर्शकको अभाव देखिएको बताइन्छ। चलचित्र डुबेपछि यतिबेला निर्मातासमेत रहेका निर्देशक ढुंगाना तनावमा छन्। चलचित्र बनाउँदा लगानी गरेको दुई करोड स्वाहा भएको उनको भनाई छ। उसो त…

Read More

काठमाडौं: भारतीय औद्योगिक विकास,निर्यात प्रोत्साहन, एनआरआई तथा लगानी प्रोत्साहनमन्त्री काठमाडौं आएका छन्। परिवारसहित दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका मन्त्री नन्दगोपाल गुप्ता ‘नन्दी’ लाई नेपाल प्रहरीले विशेष सुरक्षासहित एस्कर्टिङ उपलब्ध गराएको छ। प्रहरी प्रधान कार्यालय कार्य विभागले हिजो सम्बन्धित कार्यालय,विभाग र युनिटलाई जारी गरेको सर्कुलरमा आज दिउँसो एअर इण्डियाको उडानमा आइपुगेपछि पाहुनालाई भोलि बिहान ११ बजेसम्म उक्त सुरक्षा प्रदान गर्न निर्देशन दिइएको छ। वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले लेखेको पत्रानुसार सहायक निरीक्षक विकास सिलवाललाई व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटाइएको छ। पशुपति दर्शनका लागि आएका अतिथिलाई आवागमन मार्ग, कार्यक्रमस्थल,भ्रमणस्थलमा आउजाउ गर्दा एस्कर्टिङ र आवासमा पनि आवश्यक सुरक्षा प्रदान गर्न हेडक्वार्टरको निर्देशन…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ। यस्तै अर्का डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको हो। एसएसपी कृष्णराज पाठकलाई कैलालीको बडीमालिका जवान तालिम शिक्षालय र अर्का एसएसपी विनोदराज श्रेष्ठलाई सीमा सुरक्षा विभागमा खटाइएको छ।

Read More

धनगढी : पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वागत फितलो देखिएको छ । परराष्ट्रमन्त्री आरजु राणासंगै एउटै प्लेनमा आएका प्रचण्डको स्वागतमा सुरक्षा निकाय र पार्टी प्रदेश कमिटीले लापरबाही गरेको देखिएको हो । विमानस्थलमा प्रचण्डको लागि तयार गरिएको गाडीमा मन्त्री राणालाई बसाईयो भने पार्टीको बैठकमा ढाड दुख्ने कुर्सी राखियो । एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो । त्यसपछि प्रचण्डलाई ल्याइयो । बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो । हतारिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा देउवालाई बसायो । अक्क नबक्क भएको प्रहरीले पछि मात्रै थाहा पाएर मन्त्री देउवालाई…

Read More

धनगढी :  परराष्ट्र मन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सिमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएकी छन् ।  आज  कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन उद्घाटन गर्दै राणाले गौरीफन्टा नाका र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयमा भारतका प्रधानमन्त्री सकारात्मक रहेको बताएकी हुन्।  उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको स्तरोन्नति गरिदिन र धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिन अनुरोध गरेको बताइन्। ‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु।‘  देउवाले भनिन् ।  उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा…

Read More

काठमाडौं: नेपालगञ्जको सडकमा करोडौँको सुनचाँदीको व्यापार गरेको भन्दै प्रहरीले चार जनालाई समातेको छ। नेपालगञ्ज उपमहानगरपालिका–११, बीपी चोक आसपासको क्षेत्रमा सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनापछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले प्रदेश ०३०१–०२४ च ६७६३ नम्बरको कारबाट सुनचाँदी फेला पारेको जानकारी दिएको छ। प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११, बस्ने २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी गाउँपालिका–४, का २४ वर्षीय ओमजंग चौधरी, बर्दियाको राजापुर नगरपालिका–८, बस्ने ४० वर्षीय नेपाली थारु र सोही नगरपालिका–४, का ४२ वर्षीय निमप्रकाश सुनारलाई कारसहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार त्यतिबेला नेपाली, राहुल र निमप्रकाशलाई सुनसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको क्रममा नेपालगञ्ज–२, स्थित महेश मुराउले सञ्चालन…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन्। उनले ५३ मत मात्रै पाएका थिए । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम  संसदीय दलका नेता पनि हुन्। ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन्।

Read More

एजेन्सी: अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना हुन लागिसकेको छ। हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ। आफ्नी श्रीमती बेपत्ता हुनु भन्दा कयौँ महिना अगाडि ममताको श्रीमान् नरेश भट्टले अफिसको कम्प्युटरबाट ‘श्रीमतीको मृत्यु भएपछि अर्को बिहे गर्न कति समय लाग्छ ?’ भनेर इन्टरनेट (गुगल)मा खोजेको खुलासा भएको छ। अभियोजनकर्ता वकिलले अदालतमा यसबारे बताएका हुन्। प्रहरी हिरासतमा रहेका ३७ वर्षीय नरेशलाई सोमबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको थियो। यस क्रममा २८ वर्षीय श्रीमती ममताको बेपत्ता भएको मामिलामा नरेशको हात रहेको सन्दर्भमा अधिकारीहरूले थप प्रमाण पेस गरेका थिए। श्रीमतीको शव लुकाएको आरोप लागेका नरेशमाथि उनका…

Read More

काठमाडौं: नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले यस्तो बताएका हुन्। उनले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताए। प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाइ छ। ‘तपाईंहरु अर्थात् प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिँदैछ छिट्टै एकजना डीआईजी फस्दै हुनुहुन्छ’, उनले भने। महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताउँदै नसुध्रिए कारबाहीको भागिदार हुने बताए। ट्राफिक प्रहरीमा…

Read More

काठमाडौं: नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन्। प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकाश पाउँदै छन्। सिग्देलले नेपाल र विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट उनले ग्रयाजुएट गरेका छन्।  उनले नेपालको आर्मी वार कलेजबाट ‘हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स’ र भारतबाट ‘डिफेन्स म्यानेजमेन्ट कोर्स’ पूरा गरेका छन्। उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यशाला र व्यावसायिक सेमिनारहरूमा पनि भाग लिएका…

Read More