Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । त्यस अवसरमा नेपाल-श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणी घर भइ हाल डडेल्धुराको अमरगढी नगरपालिका-८ बस्दै आएका ३६ वर्षीय नरेश नाथको हत्या आरोपमा उनकी श्रीमती २८ वर्षीय पशुपति नाथ पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो(बुधबार) राति पशुपतिले लाठी र मिजुराले प्रहार गरि कुटपिटपछि नरेशको हत्या गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी पशुपतिमाथि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

Read More

काठमाडौं : संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रुवराज लुइँटेलले किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् । जाहेरीमा पुस पहिलो साता किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्याएको जिकिर गरिएको छ । किरातीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन जाहेरकर्ताको माग छ । क्रिश्चियन धर्मावलम्बीहरुको एक कार्यक्रममा मन्त्री किरातीले धर्मनिरपेक्षताको व्याख्या गर्दै इसाई धर्मको अस्तित्व स्वीकार नगर्नु दण्डनीय हुने बताएका थिए ।

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमाथि खिया लाग्दै गएकाले राजा, जनता र दलहरु सबै एक हुनुपर्ने बताएका छन् । बिहीबार भैरहवामा गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्न सबै एक ठाउँमा आउनुपर्ने बताएका हुन् । शाहले समाज, कानून र व्यवस्था विना देशको अस्तित्व हराउने भन्दै यसकालागि देश सुहाउँदो र बलियो आविष्कारमार्फत मात्रै अगाडि बढ्नुपर्ने बताए । यस्तो छ पूर्वराजा शाहले गरेको सम्बोधन:

Read More

काठमाडौँ : भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न उनीहरूबीच द्वारिका होटलमा मैत्रीपूर्ण भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्धसहितका विषयमा छलफल भएको छ । भारतका विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका हुन् ।

Read More

काठमाडौँ : सरकारले युद्धग्रस्त मुलुकहरू युक्रेन र रसियामा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो । विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ । रसिया–युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् । भने केही…

Read More

रामेछाप: रामेछापको सुनापति गाउँपालिकाको भवन उद्घाटनका क्रममा त्यहाँ कार्यरत कर्मचारीहरूले नृत्य प्रस्तुत गरेका छन्। गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रामेछाप पुगेका थिए। प्रचण्ड आउने भएपछि गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। चर्को आलोचना भएपछि सो निर्णय फिर्ता लिइएको थियो। बिहीबार प्रचण्डले भवन उद्घाटन गरे। समारोहमा कर्मचारीहरूले नाचेर प्रधानमन्त्रीको स्वागत गरेका थिए।

Read More

डडेल्धुरा: जिल्ला सरदुमकाम खलंगामा रहेको महेन्द्र माविले अमरगढी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ। आज सम्पन्न नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै महेन्द्र माविले शिल्ड उचालेको हो। उसले २१ स्वर्ण, १४ रजत र ७ कास्य गरी कूल ४२ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। उपाधिसँगै महेन्द्रले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ। प्रतियोगितामा जिल्ला सदरमुकामकै माउन्टेन बोर्डिङ स्कुल बागबजार द्वितीय भएको छ । माउन्टेनले १० स्वर्ण, १४ रजत र ९ कास्य गरी कूल ३३ पदक जितेको छ। उसले दोस्रो स्थान हासिल गरेबाफत नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत…

Read More

काठमाडौं : डीएसपी सुधीर राईको जिल्ला प्रहरी परिसर ललितपुरमा सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ललितपुर पठाएको हो। उनलाई जिल्लाको ‘अपरेसन कमान्डर’को जिम्मेवारी दिइएको छ। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो। दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। दुई युवाको मृत्यु भएपछि ललितपुरमा रहेका अपरेसन कमान्डर डीएसपी उमेश लम्साल निलम्बित भएका थिए। गोली चलाउन निर्देशन दिएको भन्दै उनलाई निलम्बन गरिएको थियो। लम्सालको ठाउँमा राईलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

काठमाडौं : लागूऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए। सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० (ख) मा…

Read More