Author: महेन्द्रनगर पोष्ट

कैलाली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई चयन भएका छ। बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान उनको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । प्रदेश कमिटी उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन्।

Read More

अत्तरिया : कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ। अत्तरियाको लामिताल परिसरमा बिहीवारदेखि आठौं संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवको पूर्वसन्ध्यामा बिहान ११ बजेदेखि प्रभातफेरी गरेर १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवको उद्घाटन कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले गर्ने आयोजकले जनाएको छ। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए। उनले महोत्सव स्थलमा सम्पूर्ण पूर्वाधारको तयारी पुरा भएको बताए।

Read More

काठमाडौं : बैतडी घर भइ बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्। कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो।   उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएको छ। बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

Read More

कैलाली : शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। विशेषगरी  चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ। शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ। ‘तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ’, कैलालीका किसान नारायण चौधरीले भने, ‘आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ।’ जिल्लामा तरकारी…

Read More

कञ्चनपुर: कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार साँझ भीमदत्त नगरपालिका -१४ परियामा एसिइ प्बलिक विद्यालय बसको ठक्करबाट सोही ठाउँका ३ वर्षीय बालक कार्तिक कुँवरको मृत्यु भएको हो। से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए। बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।।

Read More

कञ्चनपुर : कञ्चनपुरको गुलरिया बजारस्थित एक फेन्सी पसलमा आगलागी भएको छ। हिजो(बुधबार) राति कृष्णपुर नगरपालिका- ५ गुलरियामा शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो। २ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए। क्षतिको विवरण आइसकेको छैन।

Read More

कैलाली : सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो(बुधबार) कैलालीको गौरीफन्टा नाकाबाट स्वेदश फर्किएका पाँच जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।  बुधवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाका भएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन् । सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल भित्रिएका ५३२ जनामध्ये १८६ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको केन्द्रले जनाएको छ । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्टका बिरामी फेला परेकाले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ। 

Read More

कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ। बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो। ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए। बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। मृतक ढकालका दुई छोरा एक छोरी…

Read More

काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा भने हुस्सु लागेको अवस्था छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राती कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More