Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका पुरूषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ। गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेपछि कागज गराएर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुने सर्तमा सिआइबीले छाडेको थियो। तर बुधबार उनी सम्पर्कबिहीन भएका छन्। उनले मोबाइल घरमै छाडेर हिँडेको एसपी बोगटीले बताए। उनका अनुसार अर्यालले घटनाबारे बोलेका कुराहरू काल्पनिक देखिन्छन्। तथ्यगत कुराहरू केही छैन। अर्यालको भनाइ सान्दर्भिक नदेखिएको पनि प्रहरीको भनाइ छ। अर्यालको सवारी चालक अनुमति पत्रबारे प्रश्न उठेपछि ७७ सालमा बर्खास्त गरेको पनि…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको निजामती सेवा नियमावली संशोधन गर्न माग गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती सेवा नियमावलीमा स्वास्थ्य क्षेत्रका चिकित्सकहरूले संशोधनको माग गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ज्ञापनपत्र बुझाउँदै सुदूरपश्चिम सरकारी चिकित्सक संघले सबै सेवाका चिकित्सकहरूले मेडिकल सुपरीटेन्डेन्ट हुन पाउनुपर्ने, सेती अस्पतालको ओएण्डएम सर्भे गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले स्वास्थ्य क्षेत्रका कर्मचारी भर्नाका लागि विज्ञापन गर्नुपर्ने लगायतका माग गरिएको छ। सुदूरपश्चिममा जर्नल हेल्थका चिकित्सकले मात्र मेडिकल सुपरीटेन्डेन्ट हुने व्यवस्था रहेको छ। दक्षता र अग्रजको हैसियतमा अन्य स्वास्थ्य समूहका व्यक्तिले पनि मेसु हुन पाउनुपर्ने माग गरिएको सरकारी चिकित्सक संघ (जीआडीेएएन)का अध्यक्ष डाक्टर खगेन्द्रराज…

Read More

धनगढीः कैलालीमा प्रहरीकै कर्मचारीले तस्करीका माल सामान बिक्रीवितरण गर्ने गरेको खुलेको छ। जिल्लाको धनगढीस्थित त्रिनगर सीमानाका क्षेत्रमा एक प्रहरी हवल्दारले तस्करीको सामान बिक्री गर्ने गरेको बताइएको हो। सो विषय बाहिरिएपछि त्रिनगर प्रहरी चौकीका तत्कालीन प्रहरी सहायक हवल्दार विक्रम चन्दमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर छानबिन थालिएको हो। चन्दले ९ महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेको छ। सो आरोपपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ। सो टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार चन्दले तस्करीको…

Read More

धनगढी: कैलालीको चौकीडाडामा एक प्रहरीमाथि अभद्र व्यवहार भएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित वडा नम्बर ३ चौकीडाडामा ड्युटीमा खटिएका एक प्रहरीमाथि हातपात भएको हो। तिहारको राति ड्युटीमा रहेका चौधरी थरका प्रहरी कर्मचारीलाई स्थानीय युवाले अभद्र व्यवहार गरेका थिए। ३ जनाले सो व्यवहार गरेको भएपनि प्रहरीले भने १ जनाविरुद्ध मात्र मुद्दा चलाएको बताइएको छ। मालाखेती प्रहरीले गोदावरी ३ कै लालबहादुर चुनारालाई अभद्र व्यवहारमा मुद्दा चलाएको हो।

Read More

काठमाडौं: नेकपा एमाले नेता कर्ण थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेमाथि छानबिनको माग गरेका छन्। क्यासिनोको लाइसेन्स दिँदा करोड बढी रकम लिएको भन्दै कांग्रेस सांसद राजेन्द्र बजगाईले मन्त्री पाण्डेलाई लगाएको आरोपको छानबिन हुनुपर्ने थापाले माग गरेका हुन्। कसैले भनेका भरमा दोषी वा निर्दोष किटान गर्नु उचित हुँदैन। यसमा पक्ष विपक्षमा लाग्नु पनि ठिक हुँदैन। निष्पक्ष छानबिन गरेर मात्रै यसको निरूपण हुन सक्ने उनले सामाजिक सञ्जालमा लेखेका छन्। छानबिनबाट दोषी देखिए दण्डित गर्ने र निर्दोष देखिए ससम्मान सफाई दिइनु न्याय र लोकतन्त्र सम्मत हुनेछ । सबैलाई मेरो अनुरोध छ। न्यायिक छानबिनको माग गरौं। छानबिनको निष्कर्षलाई सबैले मानौं ।…

Read More

काठमाडौं: नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका छन्। प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन्। बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन्- एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे। मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो। उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो। मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ। यो झुट हो…

Read More

काठमाडौं: मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका कपिलवस्तु जिल्ला अदालतका ४ जना कर्मचारी रङ्गेहात समातिएका छन्।  अदालतको तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन्। अख्तियारको टोलीले आज दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरी स्रोतले दिएको जानकारीअनुसार अंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले १ महिनादेखि झुलाउँदै आएका थिए। सेवाग्राहीलाई बाध्य पारेर घुस दिन राजी बनाई उनीहरुले आज चिया पसलमा बोलाएका थिए। विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले सेवानिवृत्त तीन प्रहरी अधिकारीको विदाइ गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सेवानिवृत्त भएका एआईजीद्वय रामदत्त जोशी र किरण राणासँगै डीआईजी राजेशनाथ बास्तोलालाई मंगलबार विदाइ गरेका हुन्। विदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएको भन्दै उनीहरूको प्रशंसा गरे। संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धिमूलक सत्प्रयासको अपेक्षा रहेको आईजीपी कुँवरको भनाइ छ। सेवानिवृत्त भएका जोशी, राणा र बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न काम स्मरण गर्दै सेवा अवधिभर संगठनले…

Read More

काठमाडौं: ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सदरखोर डिल्लीबजारको ‘ख’ ब्लकमा राखिएको छ। कात्तिक २० गते सर्वोच्चले दोषी ठहर गरेसँगै फरार रहेका उनी आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङमा रहेको एक महिला साथीको अपार्टमेन्टबाट पक्राउ परेका थिए। लगत्तै फैसला कार्यान्वयनको निम्ति काठमाडौँ जिल्ला अदालत पुर्याइएका मनाङेलाई अपरान्ह डिल्लीबजार कारागार लगिएको हो। मनाङ्गे उनै मान्छे हुन्, जो लामो समयसम्म काठमाडौंलाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा राज चलाउथे। सोही क्रममा मनाङे एकाएक राजनीतिमा लागे। राजनीतिमा लागेको तीन वर्ष भित्रै छ पटक मन्त्री बन्न सफल मनाङे आज हातमा हत्कडी भिरेर डिल्लीबजार कारागार प्रवेश गरेका हुन्।…

Read More

काठमाडौं: नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको टोली भारत भ्रमणमा छ। जसक्रममा टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथ निकट नेतासँग हरिद्वारमा भेटघाट गरेको छ। साथै योगीलाई पनि भेट्न खोजेको बताइएको छ। नेपालमा मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला हरिद्वारस्थित पतन्जली योगपिठमा भएको उक्त भेटघाटमा धार्मिकभन्दा राजनीतिक कुराकानीले महत्व पाएको बुझिएको छ। भेटमा नेता साउदसहित आचार्य बालकृष्ण, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह सहभागी थिए। उनीहरूले ओली नेतृत्वको कांग्रेस सम्मिलित सरकारको समीक्षा गर्नुका साथै मन्त्री हेरफेरको सम्भावना र आफ्ना आकांक्षा भारतीयहरुलाई सुनाएको बताइन्छ। जसक्रममा नेपालमा मन्त्री फेर्नपर्ने कुरामा छलफल भएको थियो। बताइएअनुसार साउदले मुख्यमन्त्री याेगीसँग पनि भेटको आकांक्षा राखेकोमा अहिलेसम्म समय पाइसकेका…

Read More