Author: महेन्द्रनगर पोष्ट

काठमाडौ : नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा २६९ उल्लघन गरेको बताएका छन्। राष्ट्रिय सभामा दलहरुबीच भएको गठबन्धप्रति संकेत गर्दै नेता रावलले राष्ट्रिय सभालाई दलीय स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेको अरोप समेत लगाएका छन्। ‘नेपालका राजनीतिक दलहरुले फेरि संविधानको धारा २६९ को उल्लंघन गरेका छन्। प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मुल्य र मान्यता कुल्चेका छन्’, रावलले सामाजिक सञ्जालमा भनेका छन्, ‘राष्टिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन्। संविधान लेख्दाका उदेश्य र अपेक्षमा घात गरिएको छ ’

Read More

काठमाडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ। उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो। यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो। वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो। पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ। पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ। वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए। पहिलो चरणमा ४७…

Read More

धनगढी : अछाम कारागारका निमित्त जेलर जीवन शाहीको सरुवा भएको छ । इलाका प्रशासन कार्यालय विनायकमा दरबन्दी हालेर जिल्ला प्रशासन कार्यालय अछाममै काम गर्नेगरी सरुवा भएको हो । सेटिङमा कारागारभित्रै लागुऔषध लैजानेदेखि गैरकानुनी रुपमा कैदीलाई घुमाउन लैजाने काण्ड बाहिर आएपछि उनको सरुवा गरिएको स्रोतले बताएको छ । जेलर शाहीकै संरक्षणमा अछाम जेलभित्र भइरहेको बेथितिबारे महेन्द्रनगरपोष्टले सामाचार सम्प्रेषण गरेको थियो । सम्बन्धित सामाचार: अछामको जेलमा जे पनि चल्छ ! पुलिससँगै कैदीको बाजुरा भिजिटकाण्ड के हो ?

Read More

डडेल्धुरा : डडेल्धुराको ह्वाइट पार्क कलेज सर्वोकृष्ट नतिजा ल्याउँदै सुदूरपश्चिमकै पहिलो बनेको छ। शैक्षिक सत्र २०७९/८० मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सीटीइभिटी)ले सञ्चालन गरेको परीक्षामा कलेजले सुदूरपश्चिममै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको हो। कलेजले सर्भे इन्जिनियरिङको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएको कलेजका प्रबन्ध राजेन्द्र भण्डारीले बताए। ह्वाइटपार्क कलेज स्थापनाकालदेखि नै सुदूरपश्चिम र मध्यपश्चिममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको छ। कलेजले यस वर्षदेखि सुदूरपश्चिमका ७ पहाडी जिल्लामै पहिलोपटक ‘मेडिकल ल्याब टेक्नोलोजी’ विषयमा डिप्लोमा अध्यापन सुरुसमेत गरेको छ। डडेल्धुरा सदरमुकाममा २०७० सालमा स्थापना भएको ह्वाइट पार्क कलेजमा यस वर्षदेखि उक्त ३ वर्षे डिप्लोमा कोर्स पढाइ सुरु भएको हो।

Read More

बाजुरा: बाजुरामा गलेको अवस्थामा शिशुको शव फेला परेको छ। जिल्लाको बडिमालिका नगरपालिका-७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा नामथर, वतन नखुलेको नावालक शिशु सडेर गलेको अवस्थामा सोमवार साँझ मृत फेला परेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट थप अनुसन्धान भईरहेको जनाइएको छ।

Read More

धनगढी : सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले मुख्यमन्त्री कार्यालयमा पठाएको ओएनएम खारेज गरिएको छ। हालै कार्यालयको प्रमुख हेमराज खड्कासहितको दरबन्दी संरचना रहेको ओएनएम स्वीकृतका लागि पठाइएकोमा खारेज गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। अहिले मन्त्रालयबाटै दरबन्दी कटौती र कार्यालय नै खारेजका लागि सिफारिस गरिएपछि ओएनएम रद्द गरिएको हो। दरबन्दीबाहेक कार्यालय संरचना भने यथावत रहेको बताइन्छ। यसअघि पनि सो कार्यालय विवादमा आएको थियो। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रर्वद्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको पाइएको थियो। हाकिम खड्काले प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रको कार्यालय कञ्चनपुर र कैलालीको धनगढी गरि २ जिल्लामा…

Read More

धनगढी : नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले लगाएको ८ करोड रुपैयाँ बराबरको कवाडको विषयमा विवाद आएको छ। अस्ति काठमाडौँको बीएनएस कन्सट्रक्सनका ट्रकले ती कवाड बोकेर लग्दै गरेको अवस्थामा स्थानीयले ट्रक रोकेका थिए। नेपाल टेलिकमसँग सम्झौता गरेर प्रदेशका ९ वटै जिल्लाबाट तामाजन्य कवाड उठाइरहेका काठमाडौँको बीएनएस कन्सट्रक्सनले मिलेमतोमा सम्झौता विपरीत कवाडको तौल नगरेर पैठारी गर्ने गरेको भन्दै कैलालीको गेटामा स्थानीयले ट्रक रोकेका हुन्। त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी, इलाका प्रहरी कार्यालय मालाखेतीसहितको टोलीले तामाजन्य पदार्थहरु (तार) बोकेका २ गाडी नियन्त्रणमा लिएको थियो। खासमा टेलिकमको प्रादेशिक कार्यालयले मिलेमतो (सेटिङ) मा ठेक्का दिएर सम्झौता विपरीत कवाड पैठारी गरिरहेको भन्दै विवाद निम्तिएको थियो। तर नेपाल…

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन् । सोमबार क्यानले ढुंगानालाई महाप्रबन्धक नियुक्त गरेको हो । एक महिनाअघि आह्वान गरेको दर्खास्त अनुसार ढुंगाना नियुक्त भएका हुन् । यो नेपाली क्रिकेटको व्यवस्थापनसम्बन्धी उच्च पद हो । वृतान्त खनालले राजीनामा दिएपछि क्यान महाप्रबन्धक पद ६ महिनादेखि रिक्त थियो ।

Read More

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ। हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए। माघ…

Read More

दार्चुला : दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ पथरानी रुक्साल खोलामा सोही ठाउँकी अन्दाजी ३२ बर्षीया गीता साउँदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।  शवको प्रकृति हेर्दा उनी भीरबाट खसेको जस्तो देखिएपनि घटनाको कारण भने अझै खुली नसकेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । आइतबार बिहानदेखि सम्पर्कविहिन रहेकी साउँद सोमबार मृत फेला परेकी हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

Read More