Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ। बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए। डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो। सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो। त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए।

Read More

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो। उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।

Read More

धनगढी : धनगढीमा लागुऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन् । बुधवार त्रिनगर प्रहरी चौकीको टोलीले २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्टलाई पक्राउ गरेको हो । प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूमध्ये रिया बिष्टको साथबाट खैरो हिरोइन फेला परेको हो । बिष्टको साथबाट दुई सय ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । दुवैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

Read More

काठमाडौं : भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका लागि परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा उनी काठमाडौं आएका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुने तालिका छ । दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय महाधिवेशन पुस २६ गते कैलालीको टीकापुरमा हुने भएको छ । नाउपा संरक्षक रेशमलाल चौधरीले पुस २६ मा हुने महाधिवेशनमा देशभरबाट आउने ८ हजार प्रतिनिधि सहभागी हने बताएका छन् । महाधिवेशनबाट ३९ जना पदाधिकारी र २४१ केन्द्रीय सदस्य चयन हुने नाउपाले जनाएको छ ।

Read More

काठमाडौँ : काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुरस्थित जडिबुटीबाट पक्राउ परेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए । खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन् । महाराजगन्ज वृत्तको टोलीले म्याद थपका लागि उनलाई बुधबार दिउँसो जिल्ला अदालत काठमाडाैँ लगेका बेला हतकडीसहित भागेका थिए ।

Read More

काठमाडौं : तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिक-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो। बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ । बुधबार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका -१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्रली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए । प्रहरी देख्दा चालक भागेको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ ।

Read More

काठमाडौं : नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज (बिहीबार)देखि काठमाडौंमा सुरु हुँदैछ। बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर आज काठमाडौं आउँदैछन्।  परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो। कोभिड महामारीका कारण पछिल्लो २ वर्षमा संयुक्त आयोगको बैठक हुन सकेको थिएन। पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो। 

Read More