Author: महेन्द्रनगर पोष्ट

धनगढी : ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन-१ नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन-१ को सङ्क्रमण पुष्टि भएको हो । प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन १ नेपालमा पहिलो पटक पुष्टि भएको छ । हाल विश्वका केही देशहरुमा कोभिड-१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी…

Read More

धनगढी : गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला बाजुराको त्रिवेणी नगरपालिकामा भएको हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन परेको छ । मृतकका बुबा गगने अयडीले सभामुखलाई सम्बोधन गरिएको पत्र संसद सचिवालयमा बुझाएका छन् । प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो । उक्त आदेशमा न्यायधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ । २०७९ मंसिर ४ गते चेतन अयडीको सुतिरहेको अवस्थामा हत्या भएको थियो । त्यसपछि मृतकका…

Read More

काठमाडौं : आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा स्कटल्यान्डविरूद्ध २८४ रन जोडेको छ। पहिले ब्याटिङ गरेको खेलमा नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भयो। नेपालका लागि गुल्सन झाले शतक प्रहार गरे। उनले ११४ रन जोडेका हुन्। यस्तै दिपक बोहराले नटआउट ५८ रन जोडेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ। यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्। नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग औपचारिक…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गितादेवी माल सोमबार कार्यालय समयमै ‘मोडल अवतारमा’ देखा परिन् । राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेद्धारहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने समयमा मन्त्री माल मोडल अवतारमा देखिएपछि सबै चकित परे । मन्त्रीको गाडीमा झण्डा हल्लाउदै प्रदेश निर्वाचन कार्यालय पुगेकी मन्त्री मालले औपचारिक पोसाक समेत लगाएकी थिइनन् । उनी जुत्ता, फिटिङ पाइन्ट, स्वीटर र ज्याकेटसहित झण्डावाला गाडीमा त्यहाँ पुगेकी थिइन् । मन्त्री मालले पदीय मर्यादा बिर्सिएको र अनौपचारिक पोशाक लगाएर राष्ट्रियसभाको निर्वाचन कार्यालयमा पुगेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । माओवादी केन्द्रबाट राष्ट्रियसभामा मनोनयन दर्ता गराएकी रेनु चन्दको प्रस्तावक बनेकी माल…

Read More

कञ्चनपुर : कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो। कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन्। बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ। हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ। “सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन”, ट्रयाक्टर चालक मानबहादुर डगौराले भने, “त्यही भएर बिहानै बालुवा बोक्न महाकालीतर्फ जान्थ्यौँ, हाल ढिलोगरी…

Read More

काठमाडौं : कर्मचारी नियुक्तिको विषयमा विवाद चुलिएको काठमाडौं महानगरपालिकामा नगर प्रमुख बालेन साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीबीचको टकराव पनि बाहिर आएको छ। महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो। सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। त्यसपछि केही दिन विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुन: कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाइ दिएका छन्। नगर प्रमुख साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा…

Read More

काठमाडौं : ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक समातिएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, खरिबोट बस्ने सर्लाहीका २६ वर्षीय अनमोल रामलाई प्रहरी कुटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले चन्द्रागिरी–३, थानकोट बसपार्कस्थित सवारी चेकजाँचमा खटिएका प्रहरीलाई कुटपिट गरेको बताइएको छ। हिजो राति प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरी टोलीले त्यहाँ चेकजाँच गरिरहेको थियो। सो क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुई पक्षबीच हात हालाहालको अवस्था हुँदा प्रहरीको एक थान हेण्ड सेट फुटेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More

धनगढी : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर सत्तारूढ गठबन्धनले उम्मेदवारी दर्ता गराएकाे हाे। अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बाेहरा(कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकि रेनु चन्दले उम्मेदवारी दर्ता गराएका हुन्।

Read More

धनगढी :  ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर एमालेका उम्मेदवार ले उम्मेदवारी दर्ता गराएका हुन्। अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जाेशी (कैलाली), अन्यतर्फ ईश्वरीेप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर(कैलाली)ले उम्मेदवारी दर्ता गराएका हुन्।

Read More

धनगढीः नेपाली र भोजपुरी सिनेमाहरूमा अभिनय गरेका डडेल्धुरा घर भएका कलाकार पुष्कर भट्ट सम्मानित भएका छन्। एक सयभन्दा बढी फिल्महरूमा गुण्डाको अभिनय गरेका भट्टलाई गुरूङ ल्होसारको अवसरमा सम्मान गरिएको हो। भट्टलाई २२ गते क्यानाडाको गुरूङ कोअपरेटिभ सोसाइटी लन्दन ओन्टारियोले गुरूङ ल्होसारको अवसरमा सम्मानित गरेको हो। सोसाइटीको तर्फबाट आयोजित कार्यक्रममा भट्टलाई अध्यक्ष शान्ति गुरुङ र उपाध्यक्ष लाल गुरुङले सम्मान गरेका हुन्। कला र समाजसेवाको माध्यमबाट योगदान पुगाएको भन्दै कलाकार भट्टलाई सम्मानित गरिएको सोसाइटीले जनाएको छ।

Read More