Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा नेपाल स्काउटले अभियानहरु तीव्र पारेको छ। अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले प्रदेशका विभिन्न स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गरिरहेको हो। हालैमात्र स्काउटले सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको र यहीँ पुस १३ गतेदेखि १५ गतेसम्म धनगढीमा युथ फोरमको कार्यक्रम गरेको बताइएको छ। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशस्थित तदर्थ समितिका संयोजक नरेन्द्र थापा (सहवीर) का अनुसार युथ फोरमको कार्यक्रमले निर्वाचन प्रक्रियाबाट प्रदेश युथ फोरमको कमिटी निर्माण गरेको छ। समीर भण्डारीको नेतृत्वमा ११ सदस्यीय कमिटी निर्वाचित भएको हो। सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका स्काउट रेन्जर र रोभरहरु सहभागी थिए। सो कार्यक्रमबाट गठित समितिको कार्यकाल तीन वर्षको हुन्छ। जसमा…

Read More

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आगामी माघ १४ गतेदेखि महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले भलिबलको विकास र विस्तार गर्न मुख्यमन्त्री कप हुन लागेको जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ पुरस्कार पाउने उनले बताए। सदस्यसचिव सिंहका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले नगद २ लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ७ प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली सहभागी हुनेछन्। ‘प्रतियोगितामा सहभागी टोलीको यातायात, आवास, खानपिनलगायत व्यवस्था परिषद्ले गर्नेछ,’…

Read More

धनगढी : नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष कृष्णसिंह धामीलाई गाली गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा श्यामबहादुर सिंह रहेका छन्। आज (मंगलबार) अध्यक्ष धामीलाई मदिराको नसाले मातिएको अवस्थामा गाली गरेपछी उनलाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीले जनाएको छ। अध्यक्ष धामीले प्रहरीलाई खबर गरेपछि सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ। दार्चुला सदरमुकाममै सो घटना भएको बुझिएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् । रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार सार्वजनिकपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएको हो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ । प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ : कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भए पनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका अस्पतालका मेसु विपिन जैसवालले जानकारी दिए । मेसु जैसवालका अनुसार अस्पताल प्रशासनलेले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताले प्रशासनले जनाएको छ । उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ…

Read More

धनगढीः मानवीय सहयोगका लागि विद्यार्थीहरुलाई अभिप्रेरित गर्ने उद्देश्यसहित नेपाल स्काउट प्रदेश कार्यालय धनगढीले स्काउट तालिम सञ्चालन गरेको छ । धनगढीको गार्डेन होमस्टे एण्ड रिसोर्टमा सम्पन्न तालिममा सहभागी भएका बिद्यार्थीहरुलाई कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक मल्लले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा विद्यार्थीहरुलाई ट्राफिक नियमको पुर्ण पालना, सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक चिन्ह तथा संकेतबारे जानकारी गराईएको थियो । मल्लले सुरक्षित यात्रा सहितको सडक प्रयोग सम्बन्धमा बिधार्थीको मुख्य भुमिकाबारे बताएका थिए ।

Read More

धनगढी : नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली धनगढी हुँदै दार्चुला गएको छ । एमाले दार्चुलाको अधिवेशनमा सहभागी हुन उपाध्यक्ष पोखरेल नेतृत्वको टोली धनगढी हुँदै दार्चुला गएका हुन् । काठमाडौंबाट बुद्ध एअरको उडानमा मध्यान्ह धनगढी पुगेको टोलीमा सचिव तथा सुदूरपश्चिम इञ्चार्ज छबिलाल विश्वकर्मा पनि रहेको बताइएको छ । नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेशन भोलि र पर्सि सदरमुकाम खलंगामा हुँदैछ । बुद्ध एअरको सोही उडानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा।हरि पौडेल पनि धनगढी गएका थिए । उनी स्थलमार्ग हुँदै त्यहाँबाट महेन्द्रनगर पुगेका छन् ।

Read More

काठमाडौँ : कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको छ । मंगलबार जिल्ला अदालत कास्कीले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश ऋषिराज आचार्यको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन रजिस्ट्रारको जिम्मेवारी सम्हालेकाबेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप…

Read More

अछाम : ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागरे मारिएका अछामको चौरपाटी गाउँपालिका-१ का बीरेन्द्र शाहको आज दाहसंस्कार गरिएको छ । गत शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षार्थीहरु र प्रहरीबीचको झडपका क्रममा मारिएका उनको आज बुढीगंगा नदी किनारमा अन्तिम संस्कार गरिएको हो । मंगलबार बिहान काठमाडौंबाट हेलिकोप्टरमार्फत ल्याइएको शव आज दिउँसो उनको घर चौरपाटी गाउँपालिका(१ सिउँडी पुगेको थियो । उनको शवयात्रामा गाउँपालिका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबीच चार बुँदे सहमतिपछि शव बुझिएको थियो । शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरुले पुनः भाषा परीक्षामा सहभागी हुन…

Read More

धनगढी : धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने भएको छ । उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।

Read More