Author: महेन्द्रनगर पोष्ट

संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्।  मृत्यु हुनेमा इलाम घर भई खाँदबारी नगरपालिका –७ जिल्ला कारागारमा कार्यतर वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। गएराति २ बजे डिउटीसकेर सुतेका वरिष्ठ प्रहरी हवल्दार तामाङलाई बिहान ५ बजे अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनु अघिनै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको छ। पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानविन गर्न माग गरेका छन्। घटनाको निष्पक्ष छानविन नभए सम्म शव नबुझ्ने…

Read More

बैतडी : बैतडीको सिगास गाउँपालिकाको दुदिलाखान–गाँजरी सडकखण्ड बन्द गरिएको छ। सोमबार बिहानैदेखि दुदीलाखान–गाजरी–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिले सडक बन्द गरेको हो। संघर्ष समितिले यसअघि सूचना प्रकाशन गर्दै बन्दको घोषणा गरेका थिए। कुर्चीनेटादेखि गर्जे जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै सडक बन्द गरिएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए। उनीहरूले बन्दको अवज्ञा गरेर सवारी चलाएको पाइएमा स्वयम् सवारी धनीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका छन्।

Read More

काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन्। ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ। अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ।माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More

पर्वत : पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या भएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए। तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए। अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

Read More

काठमाडाैं : दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार ललितपुरको बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ। बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन्। आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए। उनका अनुसार आयोगले आजैदेखि काम थाल्नेछ। आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उनले बताए। यसअघि गृहमन्त्रालयले घटना भएकै…

Read More

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन्। सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए। मन्त्रीको गाडी त्यहाँ आइसकेपछि उनी बाहिर निस्केर सवाल जवाफमा लागेपछि धकेलाधकेल भएको बताउँदै उनले आर्मीले मन्त्रीलाई पार्टी बैठक स्थलमा पुर्‍याएको जिकिर गरे। उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए। साथै उनले संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय…

Read More

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले ललितपुरको बालकुमारीमा भएको झडपमा ८ जना प्रहरी घाइते भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले बल प्रयोगमा ८ जना प्रहरी घाइते भएको बताएका हुन्। उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको जिकिर गरे। मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उनको दाबी छ। उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर खटिएको बताउँदै उनले मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको उल्लेख गरे। आइजीपि कुँवरका अनुसार १३ गते प्रदर्शनकारी बिनालिडर उत्रिएका थिए। साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। ११.५२ मा…

Read More

काठमाडौं : आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ। यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ। तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ। २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ। समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन। विजया दशमी २६ गते परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ। विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ। १२ गते…

Read More

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ ।  निर्माणाधिन केन्द्रको अवलोकन गर्न आइतवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यो क्षेत्रमा पुगेका छन् । मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिदै निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सक्न आग्रह पनि गरे । केन्द्रको उत्तरतर्फको क्षेत्रमा तटबन्ध निर्माणका लागि भएको ठेक्का पुनरावलोकन गरिने उनले जानकारी पनि दिएका छन् ।  केन्द्र तयार भएपछि जैविक र अजैविक फोहर छुट्याई बायोग्यास र जैविक मलका ठूला प्लान्टमा प्रशोधन हुनेछन् । अहिले यो फोहरमैला केन्द्र शुक्लाफाँटा नगरपालिकाले मात्रै प्रयोग गर्ने भए पनि यसलाई भीमदत्त, बेदकोट र…

Read More