Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो। पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ। अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो।  निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ। त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ।  जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब टाइफस’…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानीको विषय अबको संसद्ले टुङ्गो लगाउने बताएका छन्। घोडाघोडी नगरपालिकाले आयोजना गरेको विजयादशमी दीपावली नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।  ‘गोदावरीमा यदि राजधानीमा राजधानी बन्न सक्दैन भने त्यसको विकल्पको रूपमा पनि सदन तयार हुन्छ,’ उनले भने ‘अव आउने सदनमा राजधानीलाई निकास दिन्छौँ।’ राजधानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छलफल भइसकेको उनले बताए। ०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी ताकिएको थियो । तर, अहिलेसम्म कार्यान्वयन हुन…

Read More

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा लागूऔषधको जालो झनझन फैलिन थालेको छ। धनगढीबाट एकैदिन ६ जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। आइतबार कैलाली प्रहरीले धनगढीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१२ मनेहरा शिविरबाट चार जनालाई पक्राउ गरिएको छ। सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र  २२ वर्षीय लोकेन्द्र गिरीलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट दुई सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका- २ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका वडा नम्बर…

Read More

काठमाडौं: सरकारले सातै प्रदेशमा जलनको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कस्मेटिक बाहेकका सम्पूर्ण जलनको उपचार सातै प्रदेशमा निशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्‌मा स्वीकृतिका निम्ति पेस गरेको थियो। अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन्।

Read More

धनगढीः धनगढीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थित प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय रोहित सिजापतीसहित ११ जना पक्राउ परेका हुन्। आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ५३ हजार ३५० र १० गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौं: गृह मन्त्रालयले आजमात्रै नेपाल प्रहरीका दुईजना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकाे छ। मन्त्रालयले आईतबार मध्यराति एकजना प्राविधिक (चिकित्सक) र जनपद प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेकाे हाे। बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालका चिकित्सक डीआईजी डा. सुन्दरप्रसाद ह्योजु र केन्द्रीय अनुसन्धान ब्यूराेकी डीआईजी किरण राणा रहेका छन्। उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको भन्दै सूची प्रकाशित गरिएको छ। बढुवा सिफारिस हुने डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेका छन्। प्रहरीमा डीआईजी…

Read More

काठमाडौं: नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त जग्गाबारे नकारात्मक टिप्पणी गर्ने नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने भएको छ। जग्गा लिनेसम्बन्धी पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिनेलाई स्पष्टीकरण सोध्न लागिएको जानकारी दिँदै महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष भीमबहादुर रावल,स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाबाट यो निर्णय कार्यान्वयन हुने बताए। आज बसेको पार्टी सचिवालय बैठकले कीर्तिपुरमा व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गर्नुपर्ने कुनै कारण नरहेको निर्णय गर्दै भनेको छ, ‘यसमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण छैन।’ दानमा प्राप्त जग्गाको हैसियत कानूनी प्रक्रियाबाट समाधान गरिने एमालेको ठहर छ। ‘उहाँले दान गर्ने भन्नुभएको छ। प्रक्रियामा रहेकाले कानूनी प्रक्रियाद्वारा समाधान…

Read More

काठमाडौं: सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई–चलान) दिन थालेको छ। गृहमन्त्री रमेश लेखकले उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टिभिआरएस) र ई–चलानको शुभारम्भ गरे। उनले ई–चलानको प्रयोग सम्बन्धमा स्थलगत अवलोकन समेत गरे। सो प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रुपमा सेवा प्रदान गर्ने गृहमन्त्री लेखकको विश्वास छ। उनले प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनका लागि शुभकामना समेत व्यक्त गरे। सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउन र सुशासन स्थापना गर्ने कार्यमा सरकार अघि बढेको पनि उनले बताए। गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी रहेको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई थप संयमित…

Read More

काठमाडौं: नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्व्य किरण राणा र डा. सुरेन्द्र प्रसाद ह्योजुलाई बढुवा सिफारिस गरिएको हो। उनीहरूलाई गृहमन्त्रालयस्थित बढुवा समितिको निर्णयबाट बढुवा सिफारिस गरिएको हो। जसमा ह्योजु प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका हुन् भने राणा जनपदतर्फकी एआईजी सिफारिश भएकी हुन्। प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ। डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेका छन्।

Read More

काठमाडौँ: विवादित छविका नेपाल प्रहरीका एक एसपी प्रहरी प्रधान कार्यालय (नक्साल) तानिएका छन्। एसपी कमल थापा नक्साल तानिएका हुन्। नक्साल स्रोतले उनलाई छानबिनका क्रममा कारबाहीस्वरुप तानिएको जनायो। अख्तियारको केन्द्रिय कार्यालयमा कार्यरत थापा तानिएको र अहिले उनको स्थानामा भने नयाँ एसपी आइनसकेको अख्तियार प्रहरी प्रमुख डीआईजी बुद्दिराज गुरुङले बताए। एसपी थापा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा जोडिएका थिए। सोही आरोपमा अहिले छानबिन जारी छ। ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर बिनुकुमारेर शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार छिन्। उनी यस अगाडि गृहमन्त्रालयबाट निलम्बित पनि भएकी थिइन्।…

Read More