Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन्। ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए।

Read More

काठमाडौं : वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि पुनः आवेदन खुला गरेको छ । तर, पुस १६ देखि १८ गतेसम्म आवेदन दिन पाइने यो परीक्षामा जहाज निर्माण (सीप बिल्डिङ) कम्पनीमा सहभागीहरूले मात्र सहभागिता जनाउन पाउने विभागले सीमा तोकेको छ । विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सन् २०२३ मा सीप बिल्डिङ सेक्टरमा फाराम भरेका आवेदकहरूले मात्र फारम भर्न सक्नेछन् । सो भन्दा बाहेकका व्यक्तिले फारम भर्न पाइने छैन । यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ ।’ यसअघि ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेर कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यसमा जहाज निर्माण कम्पनीतर्फ परीक्षा दिएकाहरुले सहभागी हुन नपाउने विभागले…

Read More

बैतडी : बैतडीको सीमा नाका झुलाघाटस्थित हेल्थ डेस्कका कर्मचारीहरुले तलब पाएका छैनन्। चालु आर्थिक वर्षको साउन र भदौमा आधा तलब पाएका त्यहाँ कार्यरत कर्मचारीले अहिलेसम्म तलब पाएका छैनन्।  संघीय सरकारले स्वास्थ्य निर्देशनालयमार्फत उनीहरुको तलब निकासा गर्ने भएपनि श्रोतको अभावमा तलब निकासा नभएको जनाइएको छ।  झुलाघाट नाकामा तीन स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरेर चार जना कर्मचारी कार्यरत रहेका छन्। उनीहरुले समयमै तलब नपाउँदा समस्या भएको बताएका छन्। सीमा नाकामा कोरोना कालमा नै हेल्थ डेस्क स्थापना गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार मातहत रहेको सो डेस्कका कर्मचारीहरुलाई स्वास्थ्य कार्यालयमार्फत तलब निकासा भएको थियो। 

Read More

धनगढी : आज राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन–प्याबसन) कैलालीको ९ औं जिल्ला अधिवेशन हुँदैछ। एन–प्यावसन कैलालीले हिजो (शुक्रवार) धनगढीमा पत्रकार सम्मेलन गर्दै गोदावरी नगरपालिकाको गोदावरीमा रहेको ग्रीन गोदवारी रिसोर्टमा अधिवेशन गर्ने जानकारी दिएको हो। एन–प्याब्सनका कैलाली जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद चापागाईले जिल्ला सम्मेलनको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले समुद्घाटन गर्ने जानकारी दिए। उनले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। शनिवार सुरुमा उद्घाटन सत्र, त्यसपछि बन्द सत्र र अन्त्यमा विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरी निष्कर्ष निकालिने  एन– प्याब्सन कैलालीले जनाएको छ। एन–प्याब्सनले संघीय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे अधिवेशनमा छलफल गरिने जनाएको…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा सुदूरपश्चिम लोक सांस्कृतिक फूलवारी मेला तथा प्रादेशिक सम्मानित खुल्ला डेउडा प्रतियोगिता सञ्चालन हुने भएको छ। डेउडा तथा लोक संस्कृतिको संरक्षणका लागि भुँवा पर्वको अवसरमा सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलावारीको आयोजनामा पुस २५ देखि प्रतियोगिता आयोजना हुने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी गराएको हो। उक्त मेला तथा प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा भाग लिन शुक्रवारदेखि आवेदन खुल्ला गरिएको समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए। प्रतियोगितामा सहभागि हुन चाहने समुहले एक हजार शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रोलाई २५ र तेस्रो १० हजार पुरस्कार राशी प्रदान गर्ने…

Read More

काठमाडौं : नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन्. प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो। साथै बढुवा भएका असईहरुलाई पदस्थापन पनि गरिएको जनाइएको छ। सूची shc-asi-2080-09-13Download

Read More

बैतडी : बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको मेलौली नगरपालिका-३ बागकोटकी ६५ वर्षीया सुर्मा चन्द शुक्रबार दिउँसो घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भीरबाट लडेकी हुन्। दिउँसो १२ बजेतिर भीरबाट लडेकी उनी अन्दाजी ५० मिटर तल खस्दा मुख र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।  घाइते चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए। 

Read More

काठमाडौं : पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक बदली रहनेछ। यस्तै कोशी र बागमतीका पहाडी भेगमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Read More

डोटीः अछामका एक युवा डोटीमा लागूऔषधसहित पक्राउ परेका छन्। अछामको चौरपाटी गाउँपालिका–४ का १९ वर्षीय विपिन्न भट्ट पक्राउ परेका छन्। उनको साथबाट १.१७ ग्राम लागुऔषध जस्तो देखिने खैरोहिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डएिसपी) निशान्त श्रीवास्तवले बताए। प्रहरी नायव उपरीक्षक (डएिसपी) श्रीवास्तवका अनुसार ती युवा दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पौष ११ गते पक्राउ परेका हुन्। भट्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौँ : काठमाडौं जिल्ला अदालतले ​क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेपछि पीडित गौशाला २६ ले लड्दा न्याय पाउने रहेछ भन्ने आज थाहा भएको प्रतिक्रिया दिएकी छिन्। बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेपछि छोटो प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले खुसी दिएको बताइन्। उनले आफूलाई न्याय मिलेको भन्दै मुद्दा लड्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्। ‘सबैलाई लड्ने यस्तै हिम्मत जुटोस् लडेपछि न्याय पाइने रहेछ’, उनको प्रतिक्रिया छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

Read More