Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका छन्। उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन् सानेपा छिरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए। गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए। उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो। कांग्रेस संस्थापन…

Read More

कञ्चनपुर : कञ्चनपुरमा किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रेम प्रकाश जोशी रहेका छन्। किशोरीमाथि सामुहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताएका छन्। बलात्कारमा संलग्न अर्काको खोजी भइरहेको उनले बताए। पुस १० गते साँझ जोशीले घर नजिकै बोलाइ बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

बाजुरा: जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिए। उनका अनुसार जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर प्रमुख मदन रोकाया घाइते भएका छन्। जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ

Read More

काठमाडौं- जाजरकोटकी द्रोपती(नाम परिवर्तन) अहिले मानसिक तनावमा छिन्। सर्वस्व सुम्पिएका आफ्नौ प्रेमीले धोका दिएर बेइज्जत गरेको घटना अहिले पनि उनले बिर्सन सकेकी छैनन्। उल्टै ती प्रेमी भनिएका भुपेन्द्र ठगुन्नाको परिवाबाट धम्की त गाली खाइरहेको उनी सुनाउँछिन्। टिकटकमार्फत परिचय भएका भुपेन्द्र नेपाल प्रहरीमा कार्यरत थिए। त्यो बेला सर्वोच्च अदालतमा काम गर्ने भुपेन्द्रको घर बैतडी भएको द्रोपतीले बताइन्। टिकटक हुँदै विभिन्न संजालमार्फत मायाजालमा फसेकी उनलाई भुपेन्द्रले गत वर्षको मंसिर १५ गते काठमाडौं बोलाए। बागबजारमा रहेको साथीको कोठामा बस्दै आएकी उनलाई भेट्न भुपेन्द्र आइरहन्थे। त्यो ३ महिनाको बसाईका दौरान उनीहरुबीच धेरैपटक शारीरिक सम्बन्ध स्थापना भएको थियो। उनले भनिन्, ‘विवाहको प्रलोभन दिँदै उसले निरन्तर…

Read More

अछाम : अछाममा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। बिहिवार जिल्लाको मंगलसेन नगरपालिका–५ स्थित दर्शन एण्ड वसन्त लजमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रामारोशन गाउँपालिका–१ का लज सञ्चालक बमबहादुर साउँद, मंगलसेन नगरपालिका–५ का लक्ष्मण भाट, वडा नम्बर–६ का भवानीप्रसाद भण्डारी, ७ का खेमराज ढुंगाना, कमलबजार नगरपालिका–६ का प्रकाश शाही र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का तिर्थराज भट्ट रहेका छन्। उनीहरुलाई दुई गड्डी तास र १२ हजार ३२५ रुपैयाँसहित बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन्। योग्यता विपरीत गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्नुपर्ने रिट निवेदक चार अधिवक्ताको माग छ। राष्ट्र बैंक…

Read More

डोटी : डोटीमा युवक मृत्य प्रकरणमा पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका समीर भट्टको शव एक महिनापछि हिजो (बिहीबार) आफन्तले बुझेका हुन्। दिपायल सिलगढी नगरपालिका–५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्टलाई किटानी जाहेरीपछि प्रहरीले पक्राउ गरेको थियो। उनीहरु तीनै जनालाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए। भट्टको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको थियो। एक महिनापछि हिजो मात्रै शव आफन्तले बुझेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको हत्या गरेर त्यहाँ फालिएको दाबी गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन्।…

Read More

दार्चुला : हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदे बाली सुक्न थालेको छ। असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन्। लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताए।       आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका छन्। जिल्लामा पाँच हजार नौ…

Read More

काठमाडौं: विशेष अदालतले भ्रष्टाचारी ठहर गराएका नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहले अनुकुल समयमा यथार्थ विवरण सार्वजनिक गर्ने बताएका छन् । २० फागुन, २०७६ मा रकम हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित चार जनाविरूद्ध दर्ता गरेको मुद्दामा विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो। तर उनले भने उक्त प्रकरणको यथार्थता अर्कै भएको फेसबुकममार्फर जनाएका छन्। अछाम घर भएका शाह सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशकसमेत हुन्। मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चार जनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो। यो प्रकरणमा लेखापाल एवम् पूर्वप्रहरी नायव निरीक्षक…

Read More

काठमाडौं : पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै एकदुई स्थानमा सामान्य हुस्स र कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More