Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली सेनाका एक जना सहसेनानी तालिमको क्रममा घाइते भएका छन्। नुवाकोटमा आयोजित सामूहिक तालिममा सहभागी सहसेनानी प्रदिप थापा घाइते भएको बताइएको छ। भैरव प्रसाद गणको सामूहिक तालिममा घाइते भएका थापालाई ग्रिनेडको छर्रा लागेको हो। दायाँ हातमा चोट लागेकाले उनको इमर्जेन्सीमा राखेर उपचार गरिएको हो।

Read More

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच भवनको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय मेघराज खड्का, सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, क्याम्पस प्रमुख, प्राध्यापक र विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो।

Read More

धनगढी : कैलालीको धनगढीमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। आगामी केही दिनमा प्रतियोगिताको मिति र पुरस्कार राशि घोषणा गर्ने तयारी भइरहेको  छ। लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले श्री कलेज धनगढी फुटबल लिग (श्री कलेज डिएफएल–२ )२०८० फागुनको दोस्रो हप्ता देखी आयोजना गर्ने तयारी गरेको क्लबको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। कक्षा १२ सम्म सञ्चालित विद्यालयहरूले फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। १६ वटा टिम सहभागी गराउने लक्ष्य लिएको अध्यक्ष शाहीले बताए। प्रतियोगिताको विजेता,उपविजेता एवं उत्कृष्ट विधाका खेलाडीहरूलाई नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ। प्रतियोगिता लिग कम नक– आउट फर्म्याटमा खेलाइने जनाइएको छ। प्रतियोगितामा…

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ । ६ मध्ये ५ खेल जित्दै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । कोशीलाई तिजाउन ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले शतकीय साझेदारी गरे । ११८ रनको साझेदारी गरेर काजल जितका लागि १ रन बाँकी हुँदा अनु कडायतको बलमा लक्ष्मी साउदको हातबाट क्याच भइन् । ४८ बल खेलेकी काजलले…

Read More

काठमाडौं: माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने उनको भनाइ छ। आयोगका अनुसार सुदूरपश्चिममा ओमप्रसाद अर्याल, कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेसमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की र कर्णालीमा विष्णुप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन्।

Read More

कञ्चनपुर : माहाकाली सिँचाइ द्वितीय चरणअन्तर्गत शिवनगर मेन नहर फुट्दा कञ्चनपुरका कृषकलाई सिँचाइ गर्न समस्या भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका-५ भुर्सा विद्यालय नजिक र वडा नम्बर ३ वनपूर्वमा नहर फुट्दा कृषकलाई समस्या भएको हो। नहर फुट्दा पानी सप्लाई बन्द भएको महाकाली सिँचाइ जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष भीमबहादुर थापाले बताए। जिल्लाको बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका किसानहरु गहुँ ,लाहीलगाएतका अन्नबाली र तरकारीमा सिँचाइ गर्न समस्या भएपछि दुखि छन्। नहर फुट्दा बेलडाँडीका झिलमिला बैवाह र बैलाैरीका भुडा, सडकघाट, शिवनगरका किसान समस्यामा छन्। ‘चार दिन भयो , दुई ठाउँ नहर फुटेको’ अध्यक्ष थापाले भने, ´मर्मत गर्न समितिसँग बजेट, साधन छैन्। भएको जेसीबी…

Read More

काठमाडौं : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन् भने कविता जोशीले २६ रन बनाइन् । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन् । कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक/एक…

Read More

धनुषा :  मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि  पीडितहरु रातभर धर्ना बसेका छन्। विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन्। निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए। बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए। धर्नामा पासवान पनि बसेका थिए। निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी)…

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेकाे छ । आज चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : संविधान बमोजिम सङ्घले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सङ्घीय सरकारलाई दबाब दिने भएका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदै छन् भने भेलाले सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ। यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए। तर त्यतिका समय बितिसक्दा पनि सङ्घीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै मुख्यमन्त्रीहरूले फेरि मोर्चाबन्दी कस्न लागेका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकारसँग अधिकार माग्न अझै थप दबाब दिनुपर्ने अवस्था देखिएपछि बैठक बस्न लागेको…

Read More