Author: महेन्द्रनगर पोष्ट

बझाङ: बझाङमा आन्तरिक रक्तश्रावका कारण एक गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा केदारस्युँ गाउँपालिका–६ सिङराल्लीका ३५ वर्षीय गौबडीदेवी धामीको ज्यान गएको हो । उनको विगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । रगत दिएर आइसियूमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बताइएको छ । बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। शनिबार साझ लालझाडी गाउँपालिका– ६ चानदेब ढक्कामा सुपप्र ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउकी १० वर्षीय अमृता सिहको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका १२ बस्ने ४० वर्षीय मान बहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) को समय नपुग्दै सरुवा गर्ने तयारी गरिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख (हाकिम) सहितका डीआइजीहरुको सरुवा गर्ने तयारी थालिएको हो। गृहमन्त्रालय एवं प्रहरी हेडक्वार्टरस्थित उच्च स्रोतका अनुसार सबै प्रदेशसहितका डीआइजीको सरुवा गरिन लागिएको हो। उसो त, पाँच वटा प्रदेशमा कार्यरत डीआईजीको कार्यकालको अवधि ९ महिनामात्र पुगेको छ। गण्डकी र कर्णाली प्रदेशका डीआईजीबाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो। तर, आइजीपी वसन्त कुँवरले समय पूरा नहुँदै प्रदेशका डीआईजीको सरुवा गर्न तयारी थालेका हुन्। प्रहरीको २०८० साउन १० मा कर्मचारी सरुवा सम्बन्धी नयाँ मापदण्ड लागु भएकोमा सो मापदण्ड अनुसार प्रहरी नायव महानिरीक्षकको सरुवा १ वर्षमा…

Read More

बझाङ : बझाङमा आइतबार बिहानै भूकम्प गएको छ। बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।

Read More

डोटी : डोटीमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन्। घाइते हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका:२ रोल्लीका गम्भीर सिं साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। शनिबार अपराह्न साहु जीपको पछाडिबाट सडकमा खसेका जानकारी बताइएको छ। जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीपबाट सहायक हवल्दार साहु पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ बुढाबाँज भन्ने स्थानमा खसेका हुन्। जीपमा अन्य १४ जना सवार सकुशल रहेका छन्। जीप चालक पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका उदय सिं नेगीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी…

Read More

काठमाडौं : नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ । सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनी खड़का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन् । समातेर ल्याउँदाल्याउँदै उपसचिव थापा बाटैबाट छुटेको हुन सक्ने भन्दै आन्तरिक रूपमा सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ । कि त हाम्रो प्रहरीले चिनेन कि त कसैको दबाब पयो, उनका बारेमा थप अनुसन्धान…

Read More

काठमाडौं : आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

Read More

रामेछापः संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ। रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिवार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो। सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि थिईन्। लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहेकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो। सुनुवारको पार्थिव शरीर आज बिहान १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले एक…

Read More

काठमाडौं : एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरीबाट काठमाडौँका लागि छुटेको पवनदुत यातायातको बस बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको छ। हिजो(शनिबार) राति १० बजे बस आफै अनियन्त्रित भएर पल्टिएको ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ।

Read More