Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका लागि परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा उनी काठमाडौं आएका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुने तालिका छ । दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय महाधिवेशन पुस २६ गते कैलालीको टीकापुरमा हुने भएको छ । नाउपा संरक्षक रेशमलाल चौधरीले पुस २६ मा हुने महाधिवेशनमा देशभरबाट आउने ८ हजार प्रतिनिधि सहभागी हने बताएका छन् । महाधिवेशनबाट ३९ जना पदाधिकारी र २४१ केन्द्रीय सदस्य चयन हुने नाउपाले जनाएको छ ।

Read More

काठमाडौँ : काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुरस्थित जडिबुटीबाट पक्राउ परेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए । खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन् । महाराजगन्ज वृत्तको टोलीले म्याद थपका लागि उनलाई बुधबार दिउँसो जिल्ला अदालत काठमाडाैँ लगेका बेला हतकडीसहित भागेका थिए ।

Read More

काठमाडौं : तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिक-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो। बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ । बुधबार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका -१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्रली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए । प्रहरी देख्दा चालक भागेको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ ।

Read More

काठमाडौं : नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज (बिहीबार)देखि काठमाडौंमा सुरु हुँदैछ। बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर आज काठमाडौं आउँदैछन्।  परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो। कोभिड महामारीका कारण पछिल्लो २ वर्षमा संयुक्त आयोगको बैठक हुन सकेको थिएन। पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो। 

Read More

कैलाली : कैलालीको टीकापुरबाट लागूऔषसहित तीन जना पक्राउ परेका छन्। टीकापुरको–९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागुऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन्। त्यस्तै टीकापुर–५ का २० वर्षीय विकास पुनमगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशामा खटिएको प्रहरी टोलिले तीनै जनालाई पौष १६ गते पक्राउ गरेको थियो। जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी लोकराज अवस्थीले बताए।

Read More

बेदकोट: महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ। अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न  बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए।  ‘बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ। रुख कटानको आदेश आएको छ’, आयोजना प्रमुखले भने, ‘ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ।’ डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ। डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ। बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ। दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको…

Read More

बाजुरा : बजुरामा गर्भवती महिलाको बलात्कार मुद्दालाई लिएर भ्रम फैलाउनेलाई कानुनी कारबाही गरिने बताइएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी कविन्द्र बोहोराले महिलाको मुद्दा  दर्ता गर्न आलटाल गरेको तथा बिना गल्ती पीडित महिलाका श्रीमान र देवरलाई थुनेको झुटा आरोप लगाएर सामाजिक संजालमा भ्रम फैलाउनेलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो । महिलामाथि बलात्कार सम्बन्धी मुद्दा पुस १३ गते दर्ता भइ आरोपित जंगसिंह बुढालाई थप ७ दिनका लागि म्याद थप सहीत अनुसन्धानका लागि हिरासतमा राखिएको र निज जंगसिंह बुढा सिंह २ जनामाथि ज्यान मार्ने उद्योगमा निजका बुबा परेलाल बुढाले पुस १५ गते दर्ता गरेको मुद्दामा अनुसन्धान भइसकेको विषयलाई लिएर…

Read More