Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौँ : शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो। न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ। इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ। विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ।

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो। काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ। लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो।

Read More

काठमाडौं : विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि आज सैद्धान्तिक छलफल हुँदैछ। जसका लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ। यस्तै प्रतिनिधि सभाकै कानून, न्याय तथा मानव अधिकार समितिमा आज केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तुतकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । आइतबार विहान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्रन अध्यक्ष अ‍ोली र सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका पुगेका हुन् । भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

Read More

धनगढी : कैलारी गाउँपालिका वडा नम्बर ६ को इलाइट युवा क्लब र घोडाघोडी नगरपालिकाको घोडाघोडी युवा क्लबले एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएका खेलमा जित हात पार्दै ईलाईट र घोडाघोडीले क्वाटरफाईनलमा स्थान बनाएका हुन् । धनगढी रंगशालामा भएको पहिलो खेलमा ईलाईट युवा क्लबले अलस्टार्स स्पोर्टस एकेडेमीलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको छ । ईलाईटको जितमा विदेशी खेलाडी फोफानाले एक मात्रै गोल पेनाल्टीको सहारामा गरे । दोस्रो हाफको २६ औं मिनेटमा अलस्टार्सका सौगात मगरले ह्यान्ड गरेपछि पाईएको पेनाल्टीलाई विदेशी खेलाडी फोफानाले गोलमा परिणत…

Read More

कञ्चनपुर :  कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय पक्राउ परेका हुन्। उनको स्थायी ठेगाना भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल हो। वडा प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले उनलाई एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ इ गाउँमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका पप्पुको सेती अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

Read More

गोदावरी : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ । नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव पाँच प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ । नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । सुदूरपश्चिममा धान एक लाख आठ हजार आठ सय,…

Read More

डडेल्धुरा : होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा रमेशप्रसाद जोशी चयन भएका छन् । डडेल्धुराको होटल मेघा क्लासिकका संचालक जोशी कंचनपुरका परमानन्द भण्डारीलाई पराजित गर्दै अध्यक्षमा चयन भएका हुन् । जोशीली २४ मत पाए भने भण्डारीले १७ मत पाए । यस्तै डडेल्धुरामा आज भएको महासंघको प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्षमा रामचन्द्र रेग्मी, महासचिवमा तेजबहादुर बोहरा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर सिह सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा विष्णा बोहरा, सीता चौधरी, पुजा रावल, मनिषा खत्री, ज्ञानबहादुर चौधरी, सन्तोष नाथ, भिम देउवा, दिपकबहादुर रावर र नरेन्द्रबहादुर चन्द चयन भएका छन् ।यसअघि महासघका निवर्तमान अध्यक्ष दिपकबहादुर खड्काको अध्यक्षता र प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रथम…

Read More