Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको बागबजारमा आगलागी भइरहेको छ । पुरानो ग्रेन क्याफे नजिकको शुभकामना फेन्सी पसल जलेर नष्ट भएको छ भने थप तीन पसलमा आगलागी भइरहेको र नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय व्यपारी राजेन्द्र पनेरुले बताए । पसल भित्र आगो भएकाले कती पसल पुग्यो अब देखिन बताए । शुभकामना फेन्सीबाट आगलागी सुरु भएको हो । अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन् । बिस्तृत बिवरण आउन बाकी छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक स्कारपिओमा एक्कासि आगलागी भएको छ। जिल्लाको बेलौरी नगरपालिका–८ टिसिएनमा रोकिराखेको सुदुरपश्चिम प्रदेश ०१००१ च ३५८२ नम्बरको भुपेन्द्र ठगुन्नाले चलाएको स्कारपिओमा आगलागी भएको हो। आगलागीबाट स्कारपिओ भित्र रहेका २ थान आइफोन तथा नगद २ लाख ५० हजार जलि नष्ट भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढी : धनगढीमा अवस्थित नवजीवन सहकारी संस्थाको ३० औँ साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न भएको छ । धनगढीमा प्रधान कार्यालय रहेको देशकै अग्रिणी सहकारी नवजीवनको ३० औँ साधारणसभा तथा वार्षिकोत्सव शनिबार धनगढीको रुवस होटलमा संस्थाका अध्यक्ष देवबहादुर बमको अध्यक्षता तथा प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो । सहकारीका अध्यक्ष बमले संस्थामा अहिले ३३ हजार शेयर सदस्य रहेको बताउँदै आर्थिक वर्ष २०७९(८० मा १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको जानकारी दिएका छन् । उनकाअनुसार संस्थाको अधिकृत शेयर पुँजी ५० करोड रहेको छ । २०७९ असार मसान्तको चुक्ता शेयर पुँजी २६ करोड ९५ लाख ६८…

Read More

धनगढी : कञ्चनपुरमा ६ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ बस्ने रोहन डगौरा र जीवन डगौरा रहेका छन् । उनीहरु सवार से ४ प ४१९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डलले आज गरेको छलफलमा एनआरएनएका पूर्व अध्यक्षद्वय जीवा लामिछाने र उपेन्द्र महतोले लगानीकर्ता भित्र्याउने वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन। प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्ने लगानी तथा विकास सम्मेलनबारे उनिहरुसँग छलफल गरेको थियो। छलफलको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्न आग्रह गरेका थिए। छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री एवम् लगानी तथा विकास सम्मेलनका संयोजक नरेशकुमार शाहीको पनि उपस्थिति रहेको थियो।

Read More

काठमाडौं : पूर्वेली लोक गीत मेरो हजुरलाई सार्वजनिक भएको छ । सन्तोष बिसि र सुनिता सन्यकको स्वर रहेको गीतमा शब्द कशम खातीको रहेको छ । गीतमा लय भने सन्तोष बिसिको नै रहेको छ । हिरा इन्टरनेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा अभिनय हिरा नेपाली र सन्तोष बिसिको रहेको छ । भिडियोको छायांकन चेतन सामतले गरेका छन् भने निर्देशन नारायण दंगालको रहेको छ । हेर्नुहोस् भिडियो: https://youtu.be/sMiq1UU4mdE

Read More

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुस्मनी गरेर कहीँ पुग्न नसकिने बताएका छन् । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभामा उनले यस्तो बताएका हुन् । कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रियाभित्रैबाट संवाद गरी समाधान गर्न सकिने उनले उल्लेख गरे । मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सिर्जना गर्ने र गरिबी नहट्ने उनले बताए । “म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु-दुस्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् । तर, तिनलाई शान्तिपूर्ण ढङ्गले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन्,” उनले भने, “त्यसबाट धैर्यतापूर्वक संवादको…

Read More

कैलाली : रुसी सेनामा कार्यरत टिकापुरका भरत शाहको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परि रुसी सेनामा उनीसँगै भर्ना भएका अर्का व्यक्तिको भने अवस्था अज्ञात रहेको छ । मृतक र हराएका दुवै जनाको पहाड घर बान्निगढी जयगढ गाउँपालिका ६ दर्ना हो । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसदिनबाट सुरु भएको रुस–युक्रेन युद्ध हालसम्म जारी छ ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका सशस्त्रका प्रहरी धरौटीमा छुटेका छन्। चोरीको आरोपमा पक्राउ परेका रमेश भण्डारी धरौटीमा छुटेका हुन्। सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) समेत रहेका उनको घर धनगढी-३ घरमा पर्छ। उनी ५० हजार धरौटीमा केही दिन अगाडिमात्रै छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान सकाएर अदालत बुझाएकोमा अदालतले धरौटीमा छोडेको हो। दार्चुला कार्यरत रहेका उनलाई चोरीको बेला पोखरा ट्रेनिङको लागि भनेर सशस्त्रले पठाएको थियो। तर ट्रेनिङमा रहेका भनेका उनले धनगढीमा चोरी गरेका थिए। चोरीको उजुरीपछि नेपाल प्रहरीले सशस्त्र…

Read More

महेन्द्रनगर : महेन्द्रनगर स्थित नेपाली सेनाको श्री दल गुल्म भगतपुर ब्यारेकले पर्यटकिय क्षेत्र बेदकोट ताल परिसरमा सरसफाइ गरेको छ । बेदकोट नगरपालिका–४ स्थित रहेको बेदकोट तालको संरक्षणका लागि गुल्मका सह–सेनानी जीसीको कमाण्डमा गएको सेनाको ७१ जनाको टोली, जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा शनिवार ताल परिसरमा सरसफाइ गरिएको हो । तालको नजिकै एउटा मन्दिर रहेको छ । जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेदकोटमा पिकनिक खान आउनेहरूको संख्या उल्लेख्य हुन्छ । हरियाली चुरेपर्वतको फेदीमा भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ । वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन ।…

Read More