Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पहिलो जित हात पार्न लुम्बिनीलाई ९ विकेटले हराएको छ । खेलमा जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमलाई जिताउन नट आउट रहेका कविता जोशीले २४ तथा रेवती धामीले १७ रन बनाए । रुबी पोदारले १४ रन बनाइन् । यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सकेको थियो । लुम्बिनीका लागि सरस्वती पुनले १९ र आश्मा पुन मगरले १६ रन बनाए । सुदूरपश्चिमका…

Read More

काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ । मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई परराष्ट्र मन्त्रालयबाट त्यहाँस्थित नेपाली राजदूतावासमार्फत पत्र पठाइएको हो । राजदूतावासले ऐनसेल आजियाटाको सिइओलाई शुक्रबार पत्र पठाएको जानकारी दिएको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए । समितिले पाँच दिन अघि पठाएको पत्र आज मात्रै राजदूतावासले सिइओलाई पठाएको हो । समितिले चार दिन भित्र इमेलमार्फत जानकारी गराउन भनेको थियो । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि राजदूतावास मार्फत पत्राचार भएको हो । अर्थ समितिले अब हचुवाको भरमा एनसेल शेयर विवादबारे बैठक नराख्ने भन्दै सभापति चालिसेले एनसेलको सिइओले हुबहु पत्र ल्याएपछि जनतालाई त्यो…

Read More

धनगढी : कैलालीबाट ३८ लाख मुल्य बराबरको अबैध सामान प्रहरीले बरामद गरेको छ। शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र चौकीडांडा प्रहरी पोष्टको टोलीले गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो जिपबाट कपडा, किर्केट ब्याट, स्केल रक्लिप बोर्ड समेत गरी १८ लाख ५४ हजार ६ सय १० रुपैँया मुल्य बराबरको सामान र २०लाख मुल्य बराबरको सु.प.प्र.०१-००१ च ३१६९ नं. को बोलेरो जीप बरामद गरी भंसार कार्यालय कैलाली पठाईएको छ । चालक कञ्चनपुर बेदकोट नगरपालिका १० बस्ने बिरेन्द्र रानालाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।

Read More

पोखरा: ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी अभियोगमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका हुन्। पहारी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जनप्रतिनिधि निर्वाचित भएका थिए। यसैगरी अन्यमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल छन्। फेवाताल किनार लेकसाइड फुटट्रेलमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भनी उनीहरूविरुद्ध १५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए।…

Read More

धनगढी : कैलालीमा दुई जना व्यवसायीबिरुद्ध प्रहरीमा उजुरी परेको छ। फेसबुकमा जथाभावी लेखेको भन्दै धनगढीका व्यवसायी मदन भट्ट र तेज खड्का ‘गोगा जासुस’ विरुद्ध धनगढीका वडाध्यक्षहरु सिडिओ अफिस कैलाली पुगेका छन्। भट्ट र गोगा जासुसले धनगढी उपमहानगरपालिका बहुमत कार्यपालिका सदस्यहरुले छलफल बिना राजपत्रमा प्रकाशित भएको भन्दै जग्गा प्लटिङ कार्यविधी खारेजीको मागसहित प्रस्ताव दर्ता गराएपछि नगर प्रमुख गोपाल हमालको बचाउ गर्दै समाजिक सञ्चालमा वडा अध्यक्षहरुलाई तथानाम लेखेका थिए। सोही कारण वडाध्यक्षहरु रिसाएर उनीहरुलाई ठेगान लगाउने भन्दै प्रशासन धाइरहेका हुन्। उनीहरु प्रशासनमा पुगेको र लेखिएको कुरा आफूहरु बुझिरहेको कैलालीका डिएसपी कुलदिप चन्दले बताए। वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको स्कृनसट तोकादेशसहित प्रहरी कार्यालय…

Read More

काठमाडौं : पोल्याण्ड पठाइदिन्छु भनेर १ लाख ८० हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको उपमहानगरपालिका-७ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका-१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई बानेश्वरबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार बुढाथोकीले वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी कल्पना विश्वकर्मालाई पटकपटक गरी १ लाख ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। उनले पोल्याण्डमा मासिक १ लाख २० हजार कमाई हुने र त्यसका लागि सात लाख ५० हजार रूपैयाँ लागत लाग्ने भनेका थिए। १ लाख ८० हजार बुझेर प्रदीप…

Read More

काठमाडौं : भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी शुक्रवार सर्वोच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा घिमिरेसहितका व्यक्तिमाथि अख्तियारले मुद्दा दायर गरेको हो। यसैगरी, ९ सिमेन्ट तथा चुन ढुंगा कम्पनीका कम्पनीका ९ जना सञ्चालकलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। मुद्दा दायर गरिएकाहरूलाई राजश्व…

Read More

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-१ मा अवैध रूपमा सञ्चालित एक मेडिकलमा प्रहरीले छापा मारेको छ। टीकापुर–खक्रौला सडकखण्डमा रहेको न्यू आलोक ट्रेडर्सको भित्रपट्टी अवैध रूपमा सञ्चालित मेडिकलमा प्रहरीले छापा हानेको हो। नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले स्थानीय ४७ वर्षीय दुर्गाप्रसाद कुश्मीले सञ्चालन गरेको मेडिकलमा छापा हानेको हो। मेडिकलको बाहिर न्यू आलोक ट्रेडर्सका नाममा मदिरा तथा किराना पसल सञ्चालनमा छन्। मेडिकल दर्ता नभएको प्रहरीको दाबी छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी विश्वराज अधिकारीले अवैध रूपमा सञ्चालनमा आएको मेडिकलमा प्रदेश प्रहरीको टोलीले छापा हानेको बताउँदै थप अनुसन्धान भइरहेको बताए।

Read More

धनगढी: पोखरा थन्डर्स शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायरमा पुगेको छ। आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले धनगढी एफसीसँग १–१ गोलको बराबरी खेल्यो। धनगढीका मिलन राईले खेलको ४२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, धनगढीले अग्रता जोगाउन सकेन। खेलको इन्ज्युरी समयमा पोखराका मोसेस ग्याबाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो बराबरीसँगै पोखराले ८ खेलमा १५ अङ्क जोडेको छ। धनगढी ८ खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा छ। धनगढीले उपविजेता बन्दै क्वालिफायर खेल्ने सम्भावना छ तर उसले अरू खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ। ललितपुर सिटी एफसी, झापा एफसी, काठमाण्डौ रेजर्स एफसी र वीरगञ्ज…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन्।

Read More