Author: महेन्द्रनगर पोष्ट

बर्दिया : बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झन्डै दुई दर्जन कार्यकर्ताले एकैचोटी पार्टी छाडेका छन् । गुलरियाका वडा सभापतिसहित २१ जना नेता तथा कार्यकर्ताले हिजो वक्तव्य लेखेर पार्टी छोडेको घोषणा गरेका हुन् । जिल्ला संयोजकलाई सम्बोधन गर्दै उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा पार्टीभित्र बढेको गुट उपगुट, स्वार्थी प्रवृत्तिका कारण आफूहरू पार्टीमा रहन नसकेको जनाइएको छ । पार्टी छोड्नेहरुमा गुलरिया नगरपालिका-४ का सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादवसहित २१ जना छन् ।

Read More

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य दिएको छ। भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रन बनाएर अलआउट भएको हो। लुम्बिनीका लागि प्रज्वल थापाले ४२ र मोहम्मद हुसेनले २६ रन बनाए। सुदूरपश्चिमका लागि नारायण जोशीले ३, भोज राज भट्ट र नरेन साउदले २–२ तथा मिलन बोहराले १ विकेट लिए।

Read More

काठमाडौं: नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो। आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन्। त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८,…

Read More

काठमाडौं : भारतमा इन्डिगो एयरलायन्सको उडान ढिलो भएपछि एक यात्रुले पाइलटलाई कुटपिट गरेका छन्। इन्डिगोको विमानमा आइतबार एक यात्रुले पाइलटलाई कुटपिट गरेका हुन्। पाइलटलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा देखिएअनुसार पाइलटले विमानमा उडान ढिलाइ भएको घोषणा गरिरहँदा एकजना यात्रुले दौडिएर उनलाई थप्पड हानेको देखिन्छ। बीबीसी हिन्दीका अनुसार भिडियो दिल्लीको हो । यो उडान दिल्लीबाट गोवा गइरहेको थियो जुन बाक्लो कुहिरोका कारण ढिला भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ। आइतबार दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरो र कम भिजिबिलिटीका कारण धेरै उडानहरूमा ढिलाइ भएको थियो। धेरै रुट परिवर्तन भएका थिए भने उडान…

Read More

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं : सुदूरपश्चिममा कार्यरत ११ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । उनीहरुलाई अभिलेख किताबमा जनाईने गरि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । कर्तव्यनित तवरले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै पुस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जन, प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाह, प्रहरी निरीक्षक कुशुम नायक, प्रहरी वरिष्ठ नायव निरीक्षक चंखबहादुर कठायत, प्रहरी सहायक निरीक्षक बुखबहादुर रावल, प्रहरी हवल्दार मानबहादुर बोहरा, प्रहरी हवल्दार तिरेशचन्द्र खडका, प्रहरी सहायक हवल्दार अशोककुमार अधिकारी, प्रहरी सहायक हवल्दार दिनेश प्रसाद जोशी, र कार्यालय सहयोगी शंकर भट्ट रहेका छन् ।

Read More

कैलाली : कैलालीको त्रिनगर प्रहरी चौकी र कालाकुण्डका इन्चार्ज फेरिएका छन् । प्रहरी नायब निरीक्षक भरतनाथ योगी त्रिनगर प्रहरी चौकीको इन्चार्ज बनेका छन् । पहिले त्यहाँ कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक(सई) रमेश खड्काको सरुवा भएको छ । यस्तै वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कडायतलाई प्रहरी चौकी कालाकुण्डाको इन्चार्ज बनाइएको छ । उनीहरुलाई नियमित सरुवा अन्तर्गत त्यहाँ पठाइएको बताइएको छ ।

Read More

काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पुनः वितरण सुरू गरेका छन्। सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा परम्परागत शैलीमा बनाइएकोजस्तो देखिने धारा खोलेर मेलम्ची खानेपानीको पुनःवितरण सुरू गरेका हुन्। उद्घाटना गर्दै प्रधानमन्त्री दाहाल ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए। ‘मलाइ गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिएँ,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद,अब वितरणको काम दिगो हुने छ,१२ महिना ल्याउन यहाँबाट सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छु’, उनले भने।

Read More

मुगु : मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ का २२ वर्षीय वसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ ।बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी…

Read More

कैलाली : कैलालीको गोदावरी धाममा आजदेखि कुम्भमेला लागेको छ। गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा लाग्ने मेला आजदेखि सुरु भएको हो। आइतबार मकर संक्रान्तिका अवसरमा बाह्रराशी दर्शन मकर मेलाको सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका थिए। मकर संक्रान्तिको अवसरमा गोदावरीधाममा दर्शनार्थीको घुँइचो लागेको छ। दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्ध, पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु गर्ने गर्छन्। धार्मिक परम्परा अनुसार माघको पहिलो दिन नजिकको तलाउ कुण्ड मा गएर स्नान गर्ने प्रचलन रहेको छ। गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागि स्नान कुण्डसहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ। गोदावरी धाममा रातिदेखि  नै स्नान तथा दर्शन…

Read More