Author: महेन्द्रनगर पोष्ट

धनगढी : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डलले आज गरेको छलफलमा एनआरएनएका पूर्व अध्यक्षद्वय जीवा लामिछाने र उपेन्द्र महतोले लगानीकर्ता भित्र्याउने वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन। प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्ने लगानी तथा विकास सम्मेलनबारे उनिहरुसँग छलफल गरेको थियो। छलफलको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्न आग्रह गरेका थिए। छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री एवम् लगानी तथा विकास सम्मेलनका संयोजक नरेशकुमार शाहीको पनि उपस्थिति रहेको थियो।

Read More

काठमाडौं : पूर्वेली लोक गीत मेरो हजुरलाई सार्वजनिक भएको छ । सन्तोष बिसि र सुनिता सन्यकको स्वर रहेको गीतमा शब्द कशम खातीको रहेको छ । गीतमा लय भने सन्तोष बिसिको नै रहेको छ । हिरा इन्टरनेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा अभिनय हिरा नेपाली र सन्तोष बिसिको रहेको छ । भिडियोको छायांकन चेतन सामतले गरेका छन् भने निर्देशन नारायण दंगालको रहेको छ । हेर्नुहोस् भिडियो: https://youtu.be/sMiq1UU4mdE

Read More

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुस्मनी गरेर कहीँ पुग्न नसकिने बताएका छन् । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभामा उनले यस्तो बताएका हुन् । कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रियाभित्रैबाट संवाद गरी समाधान गर्न सकिने उनले उल्लेख गरे । मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सिर्जना गर्ने र गरिबी नहट्ने उनले बताए । “म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु-दुस्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् । तर, तिनलाई शान्तिपूर्ण ढङ्गले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन्,” उनले भने, “त्यसबाट धैर्यतापूर्वक संवादको…

Read More

कैलाली : रुसी सेनामा कार्यरत टिकापुरका भरत शाहको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परि रुसी सेनामा उनीसँगै भर्ना भएका अर्का व्यक्तिको भने अवस्था अज्ञात रहेको छ । मृतक र हराएका दुवै जनाको पहाड घर बान्निगढी जयगढ गाउँपालिका ६ दर्ना हो । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसदिनबाट सुरु भएको रुस–युक्रेन युद्ध हालसम्म जारी छ ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका सशस्त्रका प्रहरी धरौटीमा छुटेका छन्। चोरीको आरोपमा पक्राउ परेका रमेश भण्डारी धरौटीमा छुटेका हुन्। सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) समेत रहेका उनको घर धनगढी-३ घरमा पर्छ। उनी ५० हजार धरौटीमा केही दिन अगाडिमात्रै छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान सकाएर अदालत बुझाएकोमा अदालतले धरौटीमा छोडेको हो। दार्चुला कार्यरत रहेका उनलाई चोरीको बेला पोखरा ट्रेनिङको लागि भनेर सशस्त्रले पठाएको थियो। तर ट्रेनिङमा रहेका भनेका उनले धनगढीमा चोरी गरेका थिए। चोरीको उजुरीपछि नेपाल प्रहरीले सशस्त्र…

Read More

महेन्द्रनगर : महेन्द्रनगर स्थित नेपाली सेनाको श्री दल गुल्म भगतपुर ब्यारेकले पर्यटकिय क्षेत्र बेदकोट ताल परिसरमा सरसफाइ गरेको छ । बेदकोट नगरपालिका–४ स्थित रहेको बेदकोट तालको संरक्षणका लागि गुल्मका सह–सेनानी जीसीको कमाण्डमा गएको सेनाको ७१ जनाको टोली, जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा शनिवार ताल परिसरमा सरसफाइ गरिएको हो । तालको नजिकै एउटा मन्दिर रहेको छ । जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेदकोटमा पिकनिक खान आउनेहरूको संख्या उल्लेख्य हुन्छ । हरियाली चुरेपर्वतको फेदीमा भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ । वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन ।…

Read More

धनगढीः आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो। रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो। धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन। लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो। छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे। भुवनको विकेट…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक जनामाथि निर्घात कुटपिट भएको छ। गत कात्तिक २८ गते राति लेनदेनको विषयमा विवाद हुँदा जिल्लाको वेदकोट नगरपालिका–१ आमथलाका हर्क खडायतमाथि निर्घात कुटपिट भएको हो। मरणाशन्न हुने गरी भएको कुटपिटपछि अहिले हर्क अचेत अवस्थामा छन् । उनको लागि न्याय खोज्दै उनको परिवार शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आईपुगेको छ । प्रहरीले कुटपिटमा संलग्नहरुलाई पक्राउ नगरेको भन्दै अचेत अवस्थाका खडायतलाई प्रहरी कार्यालयमै ल्याएर न्यायको माग समेत गरेका छन्। परिवारले कुटपिटमा संलग्न सोही स्थानका उद्धव बोहरा, लोक बोहरा, द्वर्ण बोहरा, लोक बोहरा र चक्र बोहराको नाममा किटानी जाहेरी समेत दिएका छन्। पीडितको जाहेरीको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…

Read More

बैतडी : त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो । दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै पाटनसामु जितका लागि एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिपुराका लागि लोकेन्द्र थापाले ५० रन बनाए । जवाफी ब्याटिङमा उत्रेको पाटनले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ८८ रन मात्र बनाउन सक्यो । पाटनका लागि मधुर विष्टले ५० रन बनाए । चार विकेट लिनुभएका त्रिपुराका जयसिंह धामी म्यान अफ…

Read More

कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ। हात्तीपाइले र हाइड्रोशिल रोग निवारण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरी अस्पतालले रोगीहरुको खाजी गरिरहेको हो। अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्रसिंह रावलका अनुसार राष्ट्रिय हात्तीपाइले कार्यक्रमअन्तर्गत सन् २०३० सम्म देशबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुसार प्रदेश सरकारबाट स्वीकृत बजेटको परिधिभित्र रही एमएमडिपि कार्यक्रम सञ्चालन गरी गाउँ बस्तीमा रहेका हात्तीपाइले र हाइड्रोशिलका बिरामीहरुको खोजी गरी निःशुल्क रुपमा शल्यक्रिया गर्ने कार्यक्रम अगाडी बढाइएको अधिकृत रावलले बताए। जिल्लाका १० स्थानमा स्क्रिनिङ्ग क्याम्प सञ्चालन गर्ने लक्ष्य रहेको…

Read More