Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।    आज दिउँसो  देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

Read More

धनगढी: नेपाल प्रहरीका पूर्व सईसमेत रहेका मदनसिंह धामी हिजो (बिहीबार) घर नजिकैबाट समातिए। धामीलाई त्रिनगरस्थित प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको थियो। त्यसपछि वडा प्रहरी कार्यालयको भ्यानले जिल्ला प्रहरी कार्यालय कैलालीसम्म पुगाएको थियो। उसो त धामीलाई बहालवाला प्रहरी कर्मचारी तथा अधिकृतविरुद्ध लागेको एवं जथाभावी गरेको भन्दै नियन्त्रणमा लिइएको जनाइएको छ। तर, स्वयं धामीले भने आफूलाई कुटपिटसमेत गरेको दाबी गर्दै आफ्नो मेडिकल चेकजाँच पनि गराइएको बताएका छन्। धामी उनै मान्छे हुन्, जसले लामोसमय प्रहरीको जागिर गरेर अहिले आम नागरिक सरह जीवनयापन गर्दै आइरहेका थिए। तर, त्यतिमात्र नभएर अहिले उनी पूर्व प्रहरीबाट तस्कर बनेको प्रहरीकै अनुसन्धानले देखाएको स्रोतको दाबी छ। स्रोतका अनुसार उनले…

Read More

काठमाडाैँ : नेपाली सेनाको भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत एक जना प्युठको शंकास्पद मृत्यु भएको छ । ईन्द्रबक्स गणमा कार्यरत स्याङ्जाको पुतली बजार ११ घर भएका ३३ वर्षे अर्जुन पराजुलीको आफू सुत्ने लाइनको पछाडि बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए । यस प्रकरणमा सैनिक प्रहरीले उक्त महाविद्यालयमा बस्दै आएका महिलाहरुमाथि अनुसन्धान थालेको बताइन्छ । आफ्नो अनुसन्धानमा बाधा पुग्नेगरी केही महिलालाई सेना स्वयंले पिटेर घटनाबारे सोधनी गर्न थालिएको जिल्ला प्रहरीको गुनासो छ । पराजुलीको शव भक्तपुर अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको छ । घटनाको कारण भने खुल्न बाँकी छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीले एकै पटक ५१३ जना सहायक निरीक्षक (असई) हरूलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ। बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयानुसार उनीहरूको बढुवा तथा पदस्थापन भएको हो। सुची: ch_3174Download

Read More

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले भने, “एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।” कार्यक्रममा प्रसिद्ध उत्प्रेरक…

Read More

म्याग्दी : म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ। यही पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहीबार दिउँसो खोर्बाङस्थित म्याग्दी नदीमा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए। सम्पर्कविहीन भएपछि घरपरिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि थप खोजी गर्दा नदीमा शव फेला परेको थियो। बिहीबार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई वडा नं २ भुरुङ तातोपानीमा बसोबास गर्ने ३१ वर्षका सुजन घर्तीसमेत कालीगण्डकी नदीको खोचमा मृत अवस्थामा फेला…

Read More

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै उनले जनताको कामलाई प्रभावकारी रुपमा स्म्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन आग्रह गरे । मन्त्री बस्नेतले भने, ‘मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् ।’ नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने बताए । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमितरुपमा १०…

Read More

धनगढी : कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहीबार हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो । उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो। बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी: कैलालीमा पक्राउ परेका प्रहरी प्रहरी धरौटीमा छुटेका छन्। एक महिलामाथि आर्थिक लेनदेनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा समातिएका प्रहरी जवान धरौटी तिरेर छुटेका हुन्। जिल्ला प्रशासन स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा पक्राउ परेर थुनामा बसेका बैतडी घर भएका प्रहरी जवान दमनबहादुर बिष्ट आज छुटेका हुन्। उनलाई बिहीबार (आज) १० हजार धरौटी तिराएर छोडिएको बताइएको छ। उनलाई केही दिन अगाडि सार्वजनिक मुद्दा अन्तरगत अभद्र व्यवहारमा थुनामा राखिएको थियो। बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरेको थियो। उनै बिष्टलाई आज जिल्ला प्रशासन कार्यालयले धरौटीमा छोडेको हो। उनी डोटीमा कार्यरत प्रहरी…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको भ्रमण मण्डलले अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख दुई हजार रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएको भदौ ३० गते अमेरिका भ्रमणमा गएका थिए । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ पुगेका थिए । भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्किएका थिए । यसरी भ्रमणमा जाँदा उनको भ्रमण टोलीले गरेको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ । मुलुकमा आर्थिक संकटसँग जुधिरहेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै प्रधानमन्त्रीको…

Read More