Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन्. प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो। साथै बढुवा भएका असईहरुलाई पदस्थापन पनि गरिएको जनाइएको छ। सूची shc-asi-2080-09-13Download

Read More

बैतडी : बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको मेलौली नगरपालिका-३ बागकोटकी ६५ वर्षीया सुर्मा चन्द शुक्रबार दिउँसो घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भीरबाट लडेकी हुन्। दिउँसो १२ बजेतिर भीरबाट लडेकी उनी अन्दाजी ५० मिटर तल खस्दा मुख र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।  घाइते चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए। 

Read More

काठमाडौं : पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक बदली रहनेछ। यस्तै कोशी र बागमतीका पहाडी भेगमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Read More

डोटीः अछामका एक युवा डोटीमा लागूऔषधसहित पक्राउ परेका छन्। अछामको चौरपाटी गाउँपालिका–४ का १९ वर्षीय विपिन्न भट्ट पक्राउ परेका छन्। उनको साथबाट १.१७ ग्राम लागुऔषध जस्तो देखिने खैरोहिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डएिसपी) निशान्त श्रीवास्तवले बताए। प्रहरी नायव उपरीक्षक (डएिसपी) श्रीवास्तवका अनुसार ती युवा दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पौष ११ गते पक्राउ परेका हुन्। भट्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौँ : काठमाडौं जिल्ला अदालतले ​क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेपछि पीडित गौशाला २६ ले लड्दा न्याय पाउने रहेछ भन्ने आज थाहा भएको प्रतिक्रिया दिएकी छिन्। बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेपछि छोटो प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले खुसी दिएको बताइन्। उनले आफूलाई न्याय मिलेको भन्दै मुद्दा लड्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्। ‘सबैलाई लड्ने यस्तै हिम्मत जुटोस् लडेपछि न्याय पाइने रहेछ’, उनको प्रतिक्रिया छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

Read More

धनगढी: पूर्व पत्रकारसमेत रहेका रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिमस्थित समितिमा जिम्मेवारी फेरबदल भएको छ। प्रदेश समितिको उपसभापति र महामन्त्रीले राजीनामा दिएपछि नयाँ मान्छेलाई जिम्मेवारी दिइएको हो। रास्वपा सुदूरपश्चिमका तत्कालीन महामन्त्री भोजराज जोशी (क्वालिटी) ले राजीनामा दिएपछि उनको स्थानमा पारश बाहुनलाई ल्याइएको छ। बाहुन रास्वपा डडेल्धुराका पूर्व जिल्ला संयोजकसमेत हुन्। क्वालिटीले पार्टी समितिलाई समय दिन नसक्ने भएपछि बाहुनलाई जिम्मेवारी दिइएको रास्वपा सुदूरपश्चिमका सभापति इन्जिनियर प्रकाश विष्टले बताए। यस्तै उनका अनुसार पार्टीकी उपसभापति श्रृष्टी महराले पनि पदबाट राजीनामा दिएकी छन्। तर उनको स्थानमा कसलाई ल्याउने भन्ने विषयमा भने आन्तरिक छलफल जारी रहेको बताइएको छ। राजीनामा दिएका उनीहरु दुबैजना…

Read More

दार्चुला : दार्चुलाको व्यासँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको सरुवा भएको छ । उनको महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकामा सरुवा भएकोे हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बमलाइ भिमदत्त नगरपालिकामा सरुवा गरेको जनाएको छ । गत बैशाखमा मात्रै व्यासँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका बमको ८ महिनामै व्यासँ गाउँपालिकाबाट सरुवा गरेको छ । यस अघि लिखु गाउँपालिका नुवाकोट जिल्लामा कार्यरत रहेका बमलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको व्यासँ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएको थियो । सरुवा भएर गएका बमले विदाई कार्यक्रममा बोल्दै मन्त्रालयले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक विताएको प्रतिक्रिया दिएका छन ।…

Read More

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ । उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनोट हुन सफल भएको छ । प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा आज डोटीलाई छ विकेटले हराउँदै बझाङ छनोट भएको हो । जितका लागि पाएको ८६ एक सय रनको लक्ष्य बझाङले २९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । त्यसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे । सनम खेलका म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटीले…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहरिएसँगै उनी जेल जाने भएका छन् । तर, उनले जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् । कानून अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न सकिन्छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । ३ (ङ) को व्यवस्था १८ वर्षभन्दा माथिको युवतीलाई जबरजस्ति करणी गर्दा आकर्षित हुन्छ । यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ । सजाय निर्धारणका लागि २५ गते अर्को पेशी तोकिएको छ ।…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन । अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो । सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।

Read More