Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ…

Read More

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा जारी आठौं जिल्ला स्तरीय ‘इन्टरनेशनल कप’ फुटबल प्रतियोगिताको उपाधी रौलेश्वर मावि बेल्डाँडीले जितेको छ । शनिबार महेन्द्रनगरस्थित खुलामञ्चमा भएको फाइनल खेलमा आयोजक इन्टरनेशनल पब्लिक स्कूललाई २–१ गोलले पछि पार्र्दै रौलेश्वरी माविले उपाधी जितेको हो । उपाधी जतेसंगै रौलेश्वरी मावि रु ५० हजार पुरस्कारसहित पुरस्कृत भएको छ । समापन समारोहमा कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले उपाधी बिजेता टिमलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरे । उनले खेलकुद स्वास्थ्यका लागि मात्रै नभई इज्जत र अवसर रहेकाले खेलाडीहरुले अनुशासनलाई समेत ख्याल गरेर खेल जीवनमा अग्रसर हुनुपर्नेमा जोड दिए । त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान हात परेको इन्टरनेशनल…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल सिजन ३ का दुई अडिसन सम्पन्न भएका छन्। शनिवार प्रदेश युवा परिषद एसईई आइडलको १८ औं अडिसन कैलाली जिल्लाको चुरे गाउँपालिका–१ मा रहेको शिव माध्यामिक विद्यालयमा सम्पन्न भएको छ। त्यसैगरी १९ औं अडिसन डोटी जिल्ला जोरायल गाउँपालिका–६ मा रहेको दुर्गा माविमा सम्पन्न भएको छ। शनिवार शिव माविमा सम्पन्न अडिसनमा गाएन र नृत्य विधामा १९ जनाको सहभागिता रहेको थियो। दुर्गा माविमा भएको १९ औं अडिसनमा नृत्य र गायन विधामा २० जनाले सहभागिता जनाएका थिए। दुबै अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको थियो। यस…

Read More

अछाम : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन्। डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम पुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गरेका हुन्। उनले उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताउँदै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरे। गैरिटाँड–कमलबजार–बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ। उक्त आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार छ।

Read More

धनगढी : सुदूरपश्चिमका एक मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो। सो भाइरल भिडिओ एक मिनेट ५० सेकेन्डको रहेको छ। उक्त भिडिओमा शर्मा भिडिओ कल गरेर अश्लील गतिविधि गरेको देखिन्छ। तर, उक्त भिडिओ हेर्दा शर्मालाई स्क्यामरले फसाएको जस्तो देखिन्छ। पछिल्लो समय स्क्यामरले भिडिओ कलले गर्दा थुप्रैको जीवन उजाडिएको छ। स्क्यामरले विभिन्न प्रलोभनमा पारेर कल गर्दा अश्‍लील गतिविधि गर्न लगाइ भिडिओ रेकर्ड गरेर ब्ल्याकमेल गरी पैसा नदिए भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै आइरहेका छन्। यसबारे बुझ्न शर्मालाई…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए । पीडित परिवारजनसँग…

Read More

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौँको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र…

Read More

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । पूर्व राजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको पहलमा खैरेन्द्रपुर चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेयर हुन् । शालिक अनावरण गर्न पूर्व राजा शाह र नाति हृदयेन्द्रसहित कपिलवस्तु पुगेका थिए ।

Read More

काठमाडौं : सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ स्थित भगवती सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनले आन्तरिक आयबाट केही रकम अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको हो । पाँच वर्षदेखि आठ जना अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा रु एक हजारका दरले भत्ताबापतको रकम उपलब्ध गराइँदै आइएको सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले बताए । “आवश्यक कागजपत्र जुटाउन नसक्ने अवस्थाका, सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित रहेका अपाङ्गता भएका व्यक्तिलाई छनौट गरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेका छौँ”, उनले भने, “आयआर्जनसँग जोडिने इच्छा भएका दुई जनालाई बाख्रापाला र कुखुरा पालनका लागि अनुदान रकम…

Read More