Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकास्तरीय १० शैय्याको अस्पताल निर्माण कार्य सुरु भएको छ । अस्पताल कुन ठाउँमा निर्माण गर्ने भन्ने विवादले लामो समयदेखि रोकिएको अस्पताल निर्माण कार्य शनिबारदेखि सुरु भएको हो ।  शनिबार एक कार्यक्रमकाबीच पञ्चेश्वर गाउँपालिका ४ स्थित आमचोरमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले १० शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन् । अस्पताल निर्माणका लागि मल्टिटेक न्यू श्री केदार जेभीले १३ करोड ८२ लाख ५५ हजार ८५६ रुपैयाँमा ठेक्का पाएको छ । आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने अध्यक्ष चन्दले बताए । आगामी दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने लक्ष्य रहेको छ । जिल्लाको दुर्गम…

Read More

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडकको कालोपत्रको कार्य तीन महिनापछि मात्रै हुने भएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत कालोपत्र भइरहेको सडकको बन्साहा जङ्गलबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण र चानदेवबाट कालागौडीसम्मको तीन किलोमिटर सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण कालोपत्र हुनसकेको छैन । उक्त सडकको नौ दशमलव एक किलोमिटर कालोपत्रको कार्य आगामी फागुनदेखि सञ्चालन गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले बताए । “मौसम प्रतिकूल हुँदा कालोपत्रको काम अगाडि बढ्न सकेको छैन”, उनले भने, “चिसो हट्दै गएपछि कालोपत्रको कार्य सुरु हुन्छ ।” त्यसअघि सडकमा बेस र सवबेस राख्ने कार्य सुरु हुने उनको भनाइ छ…

Read More

कैलाली : पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुशवाहले बताए । उनका अनुसार सदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ४२ हजार तीन सय ७३ पुगेको छ । स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा दुई लाख ८० हजार नौ सय ५७ पुगेको छ भने कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार चार सय ८३ जनाले स्वास्थ्य…

Read More

डोटी: डोटीमा एक जनाको शव फुला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक खोलामा पुरुषको शव फेला परेको हो। वडा अध्यक्ष जगत बहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेका पुरुषको शव फेला परेको छ।  जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले  शव देखेपछि खबर गरेका थिए। वडा सदस्य र स्थानीय प्रहरी घटना गएका थिए। 

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

Read More

धनगढीः कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समुह ‘बि’ बाट युथ अफ टीकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको हो। शनिबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली बहुमुखि क्याम्पसलाई पराजित गर्दै समुह चरणमा जितसँगै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। युथ अफ टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन बनाउन सक्यो। खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै युथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो। साथै टीकापुरका गौतम केसी प्लेयर अफ द…

Read More

डडेल्धुरा : समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मतबहादुर सिंह चयन भएका छन्। शनिबार धनगढीमा भएको प्रथम प्रदेश अधिवेशनमा सिंह निर्विरोध अध्यक्षमा चयन भएका हुन्। १५ सदस्यीय समितिको उपाध्यक्षमा तपेन्द्र कुँवर, उपाध्यक्ष (समावेशी)मा शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोषप्रसाद जैसी र कोषाध्यक्षमा समिक्षा जोशी चयन भएका छन्। यस्तै, सदस्यमा उमेश शाही, जनक थापा, निशा साउँद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउँद र राजेन्द्र बिक चयन भएका छन्। अध्यक्षमा चयन भएपछि सिंहले संगठन निर्माणका लागि सधैं तत्पर भएर लाग्ने प्रतिक्रिया दिए। उनले एकल निर्णयभन्दा पनि संगठनसँगै लागेर हरेक निर्णय गर्ने बताए।

Read More

रौतहट : ११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा रौतहटमा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय माधवनारायण नगरपालिका(७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हो। खेत जोतिरहेका बेला एक्कासी करेन्ट प्रवाह भएको ११ हजार भोल्टको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ। रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार उक्त स्थानमा पहिले पनि विद्युत सर्ट भएर आगो देखिने गरेको थियो। स्थानीयले विद्युत प्राधिकरणको लापरबाही रहेको आरोप लगाएका छन्।

Read More

काठमाडौं: पक्राउ पूर्जी जारी भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । जिल्ला अदालत काठमाडौंबाट उनलाई पक्राउ पूर्जी जारी भएको थियो । अदालतले मंसिर १८ गते प्रकाण्डसहितलाई प्रकाउ पूर्जी जारी गरेको थियो । रुाज्यविरुद्धको कसूर भन्दै उनीसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पूर्जी जारी गरिएको थियो ।

Read More

मन्थली : दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा १४ वर्षअघिदेखि निर्माणाधीन शान्तिपार्क निर्माणकार्य सम्पन्न नहुँदा अलपत्र परेको छ । विसं २०६६ देखि यो पार्क निर्माणका नाममा नेपाल सरकारबाट रु दुई करोड ५० लाख बजेट खर्च भइसकेको भए पनि यो योजना सम्पन्न हुन सकेको छैन । योजना सम्पन्न नभएपछि सबै निर्माणाधीन संरचना अलपत्र अवस्थामा छन् । निर्माणका लागि प्रयोग भएका फलामे समान हराउन र चोरी हुन थालेका छन् भने बालुवा र सिमेन्टमार्फत बनेका संरचना भत्किसकेका छन् । दोरम्बा–२ दोरम्बा बजार नजिक सल्लेनी वनमा निर्माणाधीन उक्त शान्तिपार्कका लागि क्रमागत बजेट आउने आशामा विनियोजित बजेटभन्दा बढीको लागत अनुमान गरेपछि निर्माण कार्य सम्पन्न नभई अलपत्र परेको…

Read More