Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ। तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको हो । महानगर प्रहरीले भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि हटाएको छ। क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई सजाएर राख्ने चलन छ।

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलाली इन्चार्ज उमेश तुलाचन तोकिएका छन्। युवा संघको केन्द्रीय कमिटीले तुलाचनलाई कैलाली इन्चार्जको जिम्मेवारी दिएको हो। यस्तै अछाम जिल्लाको इन्चार्ज बखतबहादुर शाही बनेका छन्। केन्द्रीय सदस्यद्वय तुलाचन र शाहीलाई केन्द्रिय कमिटीको निर्णयबाट जिम्मेवारी दिइएको हो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले हिजो(बिहिवार) एक बुटिकको उद्घाटन गरेका छन्। उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको रोयल कम्प्लेक्समा सञ्चालन गरिएको यू लाइक बुटीक एण्ड सप्लायर्सको मन्त्री साउँदले उद्घाटन गरेका हुन्। उक्त बुटिक उर्मीला कुँवर र ललित साउँदले सञ्चालनमा ल्याएका हुन्। उद्घाटनमै दिन जाने भयो भनेर यतिबेला उनको चर्को आलोचना भइरहेको छ।

Read More

कैलाली: कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण सुरु हुने भएको छ। २ पुससम्म चल्ने महोत्सवका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। हिजो बिहीबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्प कुँवरले दिउँसो साढे १२ बजे प्रधानमन्त्री दाहालले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ काठमाडौँ फर्किने छन्। महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए। झण्डै २ करोडको लगानीमा सञ्चालन हुने महोत्सव ५ लाख जनाले अवलोकन गर्ने उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सवमा…

Read More

बैतड: बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने उनले  बताए। राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो। प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ। कार्यालयका अनुसार सबैलाई संगै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण…

Read More

काठमाडौं : नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुलेको छ। प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान भएको होम।। प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा ८८ जनाका लागि भर्ना खुलेको छ। यसैगरी मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ। समाचार सम्पादक/बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ। दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ।

Read More

कैलाली : कैलालीको  टीकापुरबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। हिजो (बिहीवार) दिउँसो टीकापुर नगरपालिका–७ सत्तीबाट सोहि नगरपालिकाको वडा नम्बर–८ बटनपुरका २८ वर्षीय बिजय बुढा, २५ वर्षीय विशाल साउद र २४ वर्षीय निशान्त साउद पक्राउ परेका छन्। उनीहरु १ ग्राम ३५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। यस्तै सोहि नगरपालिका–१ सामुदायिक चोकबाट लम्कीचुहा नगरपालिका–४ का २८ वर्षीय गणेश थापा र १० नम्बर वडाका २४ वर्षीय प्रतुस वडलाई ७७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। 

Read More

कैलालीः टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु गरेको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ। कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपीडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ। अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ। हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन्। अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ।

Read More

काठमाडौं: अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीेय रमेश न्यौपाने बिहीवार काठमाडौँमा पक्राउ परेका हुन्। न्यौपानेले अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। न्यौपानेलाई बिहीवार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले बताए।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा फ्लाइ दुबईबाट बिहीबार राति काठमाडौं उत्रिएका गोरखाका चन्द्र घले हुन्। सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ।

Read More