Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन्। उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ। लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल पनि त्यता गएका छन्। रास्वपा स्रोतका अनुसार उनीहरु नयाँ दिल्लीमा पार्टी शुभेच्छुकहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

Read More

धनगढी : त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटनालाई लिएर अहिले चर्चा परिचर्चा भइरहेको छ। कसैले प्रहरीमाथि त कसैले अध्यागमन कार्यालका कर्मचारीमाथि दोष लगाइरहेका छन्। हिजो (शुक्रबार) दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए। यसैबीच, नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गर्नु गलत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरीले गाली खान र सहन सिक्नु पर्ने बताएका हुन्। उनले हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने दिनैपिच्छे मानिस मारिने बताएका छन्। अध्यागमनमा जे भयो त्यो प्रहरीको…

Read More

काठमाडौं : त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन भएको छ। हिजो (शुक्रबार) दिउँसो अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा चेकजाँचमा खटिएका प्रहरीबीच कुटपिट भएको थियो। उक्त घटनाको छानिबनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमक संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्। समितिलाई सोमबारको उक्त घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए। शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले…

Read More

धनगढीः माओवादी केन्द्रको कोटाबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको छ। उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र राज्यमन्त्री गीतादेवी माललाई फिर्ता बोलाउने तयारी भएको हो। तीनै जना मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाउने गरि माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेको हो। उनीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै फिर्ता बोलाउन आन्तरिक गृहकार्य भइरहेको माओवादीका एक प्रदेश सभा सदस्यले जानकारी दिए। ती सदस्यका अनुसार माओवादीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउन घनिभुत रुपमा छलफल जारी छ। हिजो (शुक्रबार) मात्र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको छ।

Read More

धनगढी : जिल्ला समन्वय समिति बझाङले चालु आर्थिक वर्षमा गरेको वित्तीय सुशासन जोखिम मूल्यांकनमा छबिसपाथिभेरा गाउँपालिका पहिलो भएको छ । विभिन्न १०० वटा सूचकका आधारमा गरिएको अध्ययनमा छबिसपाथिभेराले ६७ अंक पाउँदै शीर्ष स्थान कायम गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा जिल्लाको बुगंल नगरपालिका भने सबैभन्दा कम अंक पाउँदै पुछारमा परेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनमा बुगंलले जम्मा ४६.५ अंक प्राप्त गरेको छ । बझाङमा दुई नगरपालिका सहित १२ स्थानीय तह छन् । छबिसपाथिभेरा पहिलो बन्द ६५ अंक सहित केदारस्युँ गाउँपालिका दोस्रो र ६४.२५ अंक सहित थलारा गाउँपालिका तेस्रो स्थानमा रहेको छ । कुल १०० पूर्णांकको सो परीक्षणमा स्थानीय तहको…

Read More

धनगढी : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको सल्लाहकारबाट सात जनाले राजीनामा दिएका छन् । अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणमा नेतृत्वले नैतिकता नदेखाएको भन्दै सल्लाहकारका राजीनामा दिएका हुन । सल्लाहकार सह संयोजक धना देबी चोखालसहित अन्य ६ जनाले राजीनामा दिएका हुन् । यस्तै राजीनामा दिनेहरुमा सल्लाहकार सदस्य टिकाराम आचार्य , आनन्द भट्ट ,गणेश बोगटी, धर्मसिँ कुँवर, राम सापकोटा र नैनसिँ कार्की रहेका छन् । महोत्सवमा २८ वटा ठेली नक्कली टिकट भेटीएका थिए । एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो। दुर्गालक्ष्मकी…

Read More

काठमाडौं : नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ। गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रबार सरुवा गरेको हो। उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि देहाय अनुसार लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निदेशन दिइएको छ। सूचीः यहाँ क्लिक गर्नुस् Download

Read More

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ। सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो।  आयोजनाका लागि संरचना निर्माण गरिए पनि किसानको खेतमा भने पानी पुग्न सकेको छैन। वि.सं.२०७२ मा निर्माण प्रारम्भ गरिएको आयोजनाको काम वि.सं २०७३ मङ्सिरमा सम्पन्न भएको जनाइएको छ। सिँचाइ आयोजनाका लागि पाइपलाइन बिच्छ्याउने काम पूरा नगरीकनै निर्माण व्यवसायीले भुक्तानी लिएर गएपछि आयोजना सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ। नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना (सिआइपी) कञ्चनपुर अन्तर्गत ४४ लाख ६१ हजार नौ सय ७२ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजना निर्माण गरिएको हो।…

Read More

कञ्चनपुरः कञ्चनपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गर्ने एक जना पक्राउ परेका छन्। औषधी व्यवस्था विभागको ईजाजत पत्रविना सञ्चालनमा रहेको कृष्णपुर  नगरपालिका–२ बंकमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक सोहि पालिकाको–१ नम्बरका देवसिंह धामी पक्राउ परेका हुन्। जोखिमयुक्त औषधीहरू ६ थान बोरासहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। धामी भीमदत्त नगरपालिका–१२ पक्कीपुलबाट पक्राउ परेका हुन्। शुक्लाफाटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, वंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृतरुपमा सञ्चालन भएका भन्दै प्रहरी कार्यालयमा जनगुनासो आएका थिए। शुक्रबार इलाका प्रहरी कार्यालय झलारीले उक्त क्षेत्रमा रहेका नौ वटा मेडिकलहरु चेकजाँच गरेको थियो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन्। डीआईजी रवीन्द्र केसीले हिजो (शुक्रवार) मातहतका हाकिमहरुलाई आवश्यक निर्देशन दिएका हुन्। उनले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिएको बताइएको छ। जसमा हिजो ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङमार्फत निर्देशन दिइएको हो। सो क्रममा डीआइजी केसीले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा छलफल गरेको बुझिएको छ। यस्तै सो सम्बन्धना मातहत कार्यालयमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिइएको छ।

Read More