Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) डीआइजी भरतबहादुर बोहराको सरुवा भएको छ । मंगलबार गृह मन्त्रालयले डिआईजी बोहरालाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठ्माडौंमा सरुवा गरेको हो ।बोहराको ठाउँमा डिआईजी रबिन्द्र केसी आउने भएका छन् ।

Read More

धनगढी : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सभामुखको शपथ लिएको २४ घण्टा नबित्दै राप्रपाले फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार प्रदेशसभाबाट निर्वाचित भएका विष्टलाई राप्रपा केन्द्रिय निर्देशन समितिले फिर्ता बोलाउने निर्णय गरेको हो । बिष्टले मंगलबार मात्रै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् ।

Read More

धनगढी : गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा गरेको छ । सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् । स्रोतका अनुसार कोशी प्रदेशमा डिआईजी चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतिमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ । यस्तै भरतपुर तालिम केन्द्रका डिआईजी सुरेन्द्र मैनालीको सरुवा भएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेद्वारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । सत्तारुढ गठबन्धनबाट आपांगतातर्फ सोमबार उम्मेद्वारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपांगताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले भट्टले किर्ते आपांगता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको जनाएको छ । उक्त उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरिसक्नुपर्नेछ ।

Read More

धनगढी : हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। ‘१२ दिनसम्म उनको अवस्था ठीकठाकै थियो। परिवारले पनि राम्रो हेरचाह गरेको थियो। सोमबार बिहान उनको स्वास्थ्य अचानक बिग्रियो,’ मृतकका दाजु कर्णबहादुरले भने। अन्शुलाई सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेको कर्णबहादुरले बताए । ‘हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी रहिछन्। नुहाएर फर्किएपछि सासूआमालाई टाउको दुख्यो,…

Read More

अछाम: अछामको बान्नीगढी गाउँपालिकामा गज्जवको रमिता देखिएको छ । गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले दोहोरो सुविधा लिएको तथ्य सार्वजनिक भएको छ । गाउँपालिकाबाट उनले सवारी साधनसंगै सवारी भाडासमेत लिने गरेको खुलेको हो। गाउँपालिकाबाट खरिद गरिएको सरकारी स्कुटर,सरकारी तेल,स्कुटर मर्मत लगायतको सुविधामा मात्रै बार्षिक लाख बढी खर्च हुने गरेको स्रोतले बताएको छ। स्थानीय जनप्रतिनिधिको सेवा सुविधासम्वन्धी सुदूरपश्चिम प्रदेश सरकारको कानुनअनुसार गाउँपालिका उपाध्यक्षले मासिक यातायात सुविधाबापत ९ हजार पाउने हो। तर उनले कानुनलाई चुनौती दिँदै सवारी साधनसंगै यातायात सुविधा लिइरहेकी छन्। उनलाई दोहोरो सुविधा बापतको रकम भुक्तानीम लेखा अधिकृत नारदप्रसाद खनालले सहयोग गर्दै आएको बताइएको छ। राजनीतिक आस्था नमिलेका कर्मचारी र जनप्रतिनिधिले प्रकृया…

Read More

धनगढी: कैलालीमा नेपाल प्रहरीका सहायक हवल्दार नै पक्राउ परेका छन्। हिजो (सोमबार) लागुऔषधसहित प्रहरी सहायक हवल्दार विष्णु चौधरी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढीस्थित नेपाल प्रहरीको गणमा कार्यरत (ड्राइभर) सहायक हवल्दार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ। उनलाई ८ सय मिलिग्राम लागुऔषध (ब्राउनसुगर) सहित समातिएको बुझिएको छ। उनले विगतदेखि नै ड्रग्स डिलरसँग कनेक्सन जोडेर धन्दा थालेको प्रहरी स्रोतको दाबी छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताए । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उनको भनाइ थियो । “यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन् । दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो”, नासु…

Read More

काठमाडौँ : काठमाडौँ जिल्लास्थित बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर (करार) टीकाराज राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । टंगालबाट खटिएको आयोगको टोलीले राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गत मङ्सिर १४ गते नियन्त्रणमा लिएको थियो । सवइन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएका घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार घुस माग गरी लिएको पुष्टि भएको भन्दै आयोगले राईलाई ८० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना…

Read More