Author: महेन्द्रनगर पोष्ट

धनगढीः युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका कैलालीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाह रहेका छन्। उनको लडाइँको क्रममा युक्रेन र रुसको सीमामा मृत्यु भएको हो। उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र खवर भएका थिए। लडाइँमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएको परिवारका सदस्य मंगल शाहले बताए। मंगलका अनुसार दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएको थिए।रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा…

Read More

दाङ : दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन्। शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो। सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ। मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्। सोही क्रममा आइतबार बिहानदेखि सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका-६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हो। टिपर व्यवसायी र पीडित…

Read More

धनगढी : कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई) को निधन भएको छ। धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोल बस्ने अनुसन्धान सहायक रबिन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको जानकारी दिए। उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए। बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको थियो। भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए। भट्टको पहाड घर डडेल्धुराको अजयमेरु गाउँपालिका–३ भद्रपुर मटेला हो। र, यो पनि : धनगढीमा छतबाट खसे गुप्तचरका…

Read More

डडेल्धुराः डडेल्धुराको बागबजारबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट २०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित अमरगढी नगरपालिका–१ का एक किशोर पक्राउ परेका हुन्। उनी नाबालक भएकोले प्रहरीले उनको परिचय खुलाएको छैन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी शनिवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता कुसुम नायकले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेको ‘झुलाघाट (बैतडी)– चिवाभञ्ज्याङ (पाँचथर) मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धि संकल्प पदयात्रा आज समापन हुँदैछ। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको पदयात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो। संकल्प यात्राको अन्तिम दिन आज एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली पूर्वी विन्दु चिवाभञ्ज्याङ पुग्दैछ। चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । चिवाभञ्ज्याङको कार्यक्रम सकेर टोली साँझ फिदिम फर्किने र भोली काठमाडौँ प्रस्थान गर्ने बताइएको छ।

Read More

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

पोखरा: पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ। आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका- १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो। मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको छ। रत्नहरि मेमोरियल अस्पताल तनहुँमा सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई,…

Read More

टीकापुर : स्थानीय र प्रदेश सरकारबिच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन् । प्रदेशसभाका पूर्व सदस्य उमादेवी बादी स्थानीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध राम्रो नभएको अनुभव आफूले पनि गरेको बताइन्। “ प्रदेश सरकारका कमजोरीसमेत सुधार हुन आवश्यक छ”, उनले भनिन् “थुप्रै कानुन बनेका छन्, राम्रा काम पनि भएका छन्, थोरै बजेट आए पनि हाम्रै पालिकामा आयो भनी स्थानीय सरकारले पनि प्रदेशलाई सघाउनुपर्छ ।” उनले दुई सरकारबीच समन्वय नहुँदाको असर विकासमा परेको बताइन् । “प्रदेश सरकारलाई बलियो बनाउनुपर्छ, प्रदेश सरकारले स्थानीय सरकारले गर्न नसकेका विकासका कार्य प्राथमिकता दिनुपर्छ”, उनले भनिन्, “स्थानीय सरकारभन्दा सानो–सानो बजेटका योजना प्रदेशमा…

Read More

धनगढी : कञ्चनपुरमा जङ्गली जनावरलाई विद्युतीय पासोमा पारेर मार्ने एक जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मणिकाधाम टोलका ४० वर्षीय सुवास धामी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । धामीलाई विद्युतीय पासो थाप्न प्रयोग गरिएको तीन सय मिटर तारसहित प्रहरीले पक्राउ गरिएको हो । पक्राउ परेका धामीमाथि अनुसन्धानको कार्य भइरहेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट ५.५९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१ बस्ने ३४ वर्षीय जिवन डगौरासहित दुई जना पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा डगौराले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेका अवस्थामा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुले प्रयोग गरेको मोटरसाईकल एकथान समेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More