कैलाली : कैलालीमा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ माघी स्थित मौवारी सामुदायिक वनभित्र एक नाले भरुवा बन्दुक एक थान प्रहरीले फेला पारि बरामद गरेको हो। शुक्रबार प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
दाङ: दाङ प्रहरीले तुलसीपुरमा बालविवाह गर्ने दुलाहा र पण्डितलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार डा. केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो। पक्राउ परेका दुई…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशबाट उनले शुक्रवार सफाइ पाएकाे सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले अदालतको फैसलालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो। द्वन्द्वकालीन मुद्दाबारे २०७३ जेठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिका कारण उनीमाथि अदालतको अपहेलना मुद्दा लागेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अदालतको अवहेलना भएकाले कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।
काठमाडौँ : नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा मनोनीत भएका भण्डारीको गृहजिल्ला बैतडी हो। मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए।
काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठ सरूवा भएका छन्। गृह मन्त्रालयबाट आन्तरिक प्रशासन महाशाखामा रहेका थिए। यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको एसएसपी शेखर खनालको सरूवा भएको छ। शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। बालकुमारी घटनापछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखको सरूवा भएको थियो। एसएसपी सिद्धीविक्रम शाहलाई प्रहरी हेडक्वार्टर तानिएको थियो।
काठमाडौं : टी-२० विश्वकपमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह डीमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले वेष्ट इण्डिजमा विश्वकप खेल्ने छ। टी-२० विश्वकप आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ। भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन्। उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन्। समूह एको खेल अमेरिका हुने छ। समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन्। यस्तै समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्। हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष…
काठमाडौं: नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो। बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामबारे प्रारम्भीक छलफल भएको जानकारी दिए। उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए। त्यस्तै, बैठकले भारतसँग भएका केही सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ। राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका…
धनगढी : बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ । बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने बाजुरेली सेवा समाजले जानकारी दिए । धनगढीमा एक पत्रकार सम्मेलन कार्यक्रम गर्दै बाजुरेली सेवा समाजले पुष २० गते देखि २५ गते सम्म प्रतियोता टिम दर्ता गराउन आग्रह गरेको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए । प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतिय, तृतिय हुने टिमलाई पुरस्कार दिइने आयोजकले बताएको छ ।
काठमाडौं : चेकजाँच गर्ने बहानामा एक चिकित्सकले युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । ग्रान्डी अस्पतालका डाक्टर जसवन शाक्यविरुद्ध जिल्ला अदालत काठमाडौंमा उजुरी दर्ता भएको हो । उनले स्वास्थ्य परीक्षण गर्न एक नाबालिगमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ । असोज ३ गते परामर्श र स्वास्थ्य परीक्षणका लागि जाँदा उनले महिला नर्स वा अन्य सहायक कर्मचारी अनुपस्थितिमा नाबालिगको भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ । डा. शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ । उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ ।