Author: महेन्द्रनगर पोष्ट

बझाङ : डोटी र बझाङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । बझाङको केदारस्युँ गाउँपालिका–१ बिलैका २५ वर्षीय रामकुमार भण्डारी मृत अवस्थामा फेला परेका हुन् । शनिबार आफ्नै खेतमा सिँचाई गर्न गएका उनी सोही स्थानको चौडाम बगरको कान्द्वाल भन्ने भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै डोटीको जोरायल गाउँपालिका–१ स्थित सिद्धबाबा मन्दिर नजिकैको खोलामा पुरुषको शव फेला परेको हो। शनिबार साँझ पहिचान नखुलेको अवस्थामा पुरुषको शव फेला परेको वडा अध्यक्ष जगतबहादुर मल्लले बताए । जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि खबर गरेका थिए ।

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न ठाउँबाट अवैध सामान बरामद गरिएको छ। आइतवार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट भन्सार छली ल्याएका अन्दाजी करिब ४२ हजार १३० मुल्य बराबरको चिनी, मिश्री,नरिवल, खुर्सानी, ललिपप,मटर लगायतका सामान प्रहरीले बरामद गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका–२ कटानबाट करिब १६ हजार चार सय मुल्य बराबरको चनी, बिडी, सुर्ती, मिठाई, नरिवल, बिष्कुट लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Read More

कञ्चनपुरः शिवशिखर वहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारलाई प्रहरीले पक्राउ गरेको छ। शिवशिखरको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन्। पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले आफुले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए। सहकारी विरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन्। उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी…

Read More

चितवन : चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको छ । हात्तीलाई रेडियोकलर जडान गर्नका आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको छ । उनले भने “हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोष्टमा सूचना…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले आफूले २० गते नै राजीनामा बझाएको बताए । तर, उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए ।

Read More

काठमाडौं : एक जना जनप्रतिनिधि परस्त्रीसँग आपत्तिजनक (शारीरिक सम्बन्ध राखिरहेको) अवस्थामा पक्राउ परेका छन्। सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन्। नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ। उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बताए। उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ। ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन्। एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका…

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका तत्कालिन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। बस्नेतले भारतको माध्यमिक शिक्षा परिषद्बाट लिएको नक्कली प्रमाणपत्र पेश गरेर विभागको सहायक निरीक्षकमा पदमा नियुक्ति लिएका थिए । केही समयपछि बढुवासमेत भएका उनले अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा लिएको अख्तियारको आरोप छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुरमा कैद र जरिवानाको माग गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।

Read More

काठमाडौं : काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ। तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतवार बिहान ९ः३१ मा काठमाडौंबाट १ हजार १२६ केजी सामान लिएर उडेको थियो। जहाजमा क्याप्टेन अमृत गुरुङ र दुई यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उक्त जहाज लुक्लामा अवतरण गरिसकेपछि एमर्जेन्सी एक्जिटको अगाडिको सिसा झरेको देखिएको बताइएको छ।

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। यसअघि पनि यो मुद्दा पटक पटक स्थगित हुँदै आएको थियो। सो मुद्दा आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा एक नम्बरमा रहेको थियो। तर, नेपाल बार एसोसिएसनको चितवनको सौराहामा गोष्ठी भएका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि सुनुवाइ स्थगित गरिएको बताइएको छ। यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट मगाएको थियो। दुवै पक्षबाट गत शुक्रबार बहस नोट पेस भएपछि आजका लागि सुनुवाइको पेसी तोकिएको थियो। सन्दीप प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद मुख्य विषय बनेको छ।

Read More

मकवानपुर : मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो। तीनै जनाले गत मंसिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनै जना आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो। घटनाको मुख्य योजनाकार निश्चल रहेको उनले बताए। ‘निश्चलले नै सूर्यप्रसादको…

Read More