Author: महेन्द्रनगर पोष्ट

डोटी : डोटीमा एक नवजात शिशुको बेवारिसे शव अझै पहिचान हुन सकेको छैन्। गत महिना जिल्लाको शिखर नगरपालिका–६ तिलतालिस्थित सेती नदीमा फेला परेको नवजात शिशुको शव अझै पहिचान हुन नसकेको हो। कात्तिक १ गते बुधवार साँझ सेती नदीमा पानी जमेको ठाउँमा अन्दाजी ८/९ महिनाको शिशुको शव फेला परेको थियो। उक्त नवजात शिशु फेला परेको ४९ दिन बितिसकेको भएपनि शव अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिए। ‘अझै पनि शिशु कसले, किन र कसरी फालेको हो ? भन्ने बारे कुनै तथ्य फेला परेको छैन्। शिशुको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको…

Read More

धनगढी: काठमाडौंको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ७ किलो अवैध सुन बरामद गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम भइरहेको र त्यसअघि एकिन परिमाण आउनेछ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । उक्त सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौँ: नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले कम हो। त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रति तोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरे । भेटका बेला उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन…

Read More

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकामा आइतबारदेखि सुरु भएको एकीकृत घुम्ती शिविर अन्तर्गत मंगलबारसम्म पालिकाका तीन वडाका ९६७ जनालाई सेवा दिइएको छ। ‘लिएर सेवाका सबै प्रकार, जनताको घरघरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ गएको गाउँपालिकाले एकीकृत घुम्ती शिविर वडा नम्बर १ बाट सुरु गरेर हिजो वडा ३ मा सम्पन्न गरेको छ। आज गाउँपालिकाको वडा ५ मा घुम्ती शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। भौगोलिक विकटताका कारण पालिका केन्द्रमा आएर सेवा लिन नसक्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा दिन लागिएको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए। गएको आइतबार वडा नम्बर १ भर्तोलाबाट सेवाको थालनी गरिएको उनले बताए। गाउँपालिकाले शिविरमार्फत शिक्षा,…

Read More

काठमाडौं: १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेहरूमा खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी, केशवराज ढकाल र कमान सिंह खत्री रहेका छन्। यसैगरी विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिगांस अधिकारी पनि बढुवा सिफारिसमा परेका छन्।

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिका -५ मा स्तनपान कक्ष सञ्चालन भएको छ। मंगलवार २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले प्रारम्भिक बाल सिकाई र स्तनपान कक्षको उदघाटन् गरेकी थिइन्। उपाध्यक्ष चौधरीले वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राही महिलालाई सहज हुने बताइन्। उनले भनिन्, ‘स–साना बच्चा लिएर सेवा लिन आउनु पर्ने महिलाहरुको बाध्यता रहेको हुन्छ। स्तनपान कक्ष स्थापना भएपछि अब आफ्ना नानीबाबुलाई स्तनपान गराउन सहज हुने भएको छ।’

Read More

काठमाडौं: नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका सुदूरपश्‍चिम र कर्णाली प्रदेश यात्रा सकेको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुदूरपश्चिम र कर्णाली प्रदेशको यात्रा सकेर हिजो साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको छ। हिजो यात्राका क्रममको सबैभन्दा लामो दुरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए। हिजोको यात्रामा सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुमका जनतासँग साक्षात्कार र अन्तरिक्रया गरिएको छ। राति करिब ९ बजेतिर टोली पूर्वी रुकुम पुगेको हो।

Read More

काठमाडौं : छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्। उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो। उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गएका छन्। प्रधानमन्त्री दाहाल बुधबार बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए ।

Read More

धनगढीः धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ। धनगढी छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन्। तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।   मानवीय क्षति भने भएको छैन। एम एच ४ सी टी ९६५४ नम्बरको उक्त गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

Read More